Sajhamanch Archive

झापाको जामुनखाडीमा दुर्घटना हुँदा एक जनाको ज्यान गयो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on झापाको जामुनखाडीमा दुर्घटना हुँदा एक जनाको ज्यान गयो.

बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नं.१ जामुनखाडीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा भद्रपुर नगरपालिका वडा नं.९ निवासी २६ बर्षिया सुजन पोखरेलको मृत्यु भएको हो । इलामको दानाबारीबाट धरान जाँदै गरेको मे १ ख ७२०४ नम्बरको सिमन यातायातको बसले मे ११ प […]

फोहोरबाट निस्केको धुवाँका कारण बजारबासी हैरान

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on फोहोरबाट निस्केको धुवाँका कारण बजारबासी हैरान.

कमल । फोहोर व्यास्थापन गर्ने भन्दै बजारबाट निस्किएको फोहोर जम्मा गरेर आगो लगाउदा त्यसबाट  निस्किएको धुवाँका कारण स्थानिय बासी तथा सडकमा हिड्ने यात्रु समेत हैरान भएका छन् । झापाको कमल गाउँपालिकाको प्रवेश द्वारा केर्खा बजारबाट निस्किएको फोहोर व्यवस्थापन गर्ने भन्दै राजमार्ग उत्तर रतुवामाई वृक्षारोपण आयोजनामा लगेर आगा लगाउँदा धुवाको मुस्लोले सासै फेर्न गाह्रो परेको स्थानिय […]

देउसीभैलो खेलेर जम्मा गरेको रकमले हाँसपोसामा आत्मनिर्भरता तालिम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on देउसीभैलो खेलेर जम्मा गरेको रकमले हाँसपोसामा आत्मनिर्भरता तालिम.

इटहरी । सुनसरी जिल्लाको इटहरीस्थित हाँसपोसाको आमा समूहले गत तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकमबाट समूहका महिलालाई आत्मनिर्भर बनाउने तालिम दिएको छ । लोकतन्त्र र न्यायका लागि आमा समूहले तिहारमा तीन दिनसम्म देउसीभैलो खेलेर संकलन गरेको एक लाख पैंतालिस हजार रुपैयाँ खर्चेर आत्मनिर्भर उन्मुख तालिम दिइएको समूहकी संस्थापक अध्यक्ष कमला खड्काले जानकारी दिइन् । समूहले […]

प्रदेश १ सरकारविरुद्ध मुद्दैमुद्दा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on प्रदेश १ सरकारविरुद्ध मुद्दैमुद्दा.

विराटनगर । प्रादेशिक संरचनाले पूर्णता नपाइरहेको अवस्थामा १ नम्बर प्रदेश सरकारविरुद्ध अदालतमा मुद्दाको चाप बढेको छ । जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै प्रदेश सरकारलाई विपक्षी बनाएर उच्च अदालत विराटनगरमा मुद्दा दायर हुँदै आएको छ । डेढ वर्षको अवधिमा प्रदेश सरकार र त्यसमातहतका स्थानीय तहविरुद्ध ३९ वटा मुद्दा परेका उच्च अदालतले जनाएको छ । तीमध्ये आठ […]

दाङका २८ वडामा छैनन् वडा सचिव

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on दाङका २८ वडामा छैनन् वडा सचिव.

दाङ । दाङका एकसय वडामध्ये २८ वडामा अझै सचिव पुग्न सकेका छैनन् । दाङका सुगम स्थानीय तहबाहेक विकट क्षेत्रका स्थानीय तहमा अझै पनि वडासचिव नपुग्दा कार्यसम्पादनमा समस्या हुने गरेको छ । वडामा सचिव नआउँदा एउटै कर्मचारीले धेरै वडामा काम गर्नुपर्ने अवस्था छ । अहिले वडा सरकार प्राविधिकले हाकिरहेका छन् । ग्रामीण क्षेत्रमा कर्मचारी जान नमान्ने […]

कांग्रेसी मेयरले एकलौटी गरेको भन्दै नेकपाका पाँच वडाध्यक्षद्वारा राजीनामा

Published: in राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कांग्रेसी मेयरले एकलौटी गरेको भन्दै नेकपाका पाँच वडाध्यक्षद्वारा राजीनामा.

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । प्रचलित नीति नियम र ऐन कानून विपरीत नगर प्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीवार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् । नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी […]

कचनकवलमा एक माद्यमिक विद्यालय एक संकायको नीति खारेजी

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on कचनकवलमा एक माद्यमिक विद्यालय एक संकायको नीति खारेजी.

कचनकवल । झापाको कचनकवल गाउँपालिका शिक्षा समितिले अघि सारेको एक माद्यमिक विद्यालय एक संकायको नीति खारेजीको माग राखेर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनको माग पूरा भएको छ । गाउँपालिकाका अध्यक्ष अन्जार आलमको अध्यक्षतामा आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र प्रधानाध्यापकसहित आज भदौ २ गते बसेको बैठकले एक माद्यमिक विद्यालय एक संकायको नीति अवलम्बन नगर्ने निर्णय गरेको हो […]

प्रदेशको नामाकरण गर्दा ऐतिहासिकता र पहिचानलाई ध्यान दिन आग्रह

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on प्रदेशको नामाकरण गर्दा ऐतिहासिकता र पहिचानलाई ध्यान दिन आग्रह.

बिर्तामोड । लिम्बुवानवादी पार्टीका नेताले प्रदेश १ को नामाकरण गर्दा ऐतिहासिकता र पहिचानलाई ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।  शनिबार झापाको बिर्तामोडमा भएको छलफलमा लिम्बुवानवादी पार्टीका नेताहरुले ऐतिहासिकता र पहिचान जोडिएको नामले मात्र प्रदेश १ बासीलाई अपनत्वको अनुभूति हुने बताए । १ नं. प्रदेशको ऐतिहासिकता, भूगोल, भाषा, धर्म, पहिचानलाई आधार मान्दै प्रदेशका अल्पसंख्यक […]

देवी माविले सिकायो पुराना पुस्ताको सीप

Published: (Updated: ) in टिप्स/जानकारी, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on देवी माविले सिकायो पुराना पुस्ताको सीप.

बिर्तामोड । आधुनिकताले लोकसंस्कृति, सभ्यता र रहनसहन लोप हुँदै गएको अवस्थामा बिर्तामोडमा ज्येष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम आयोजना गरिएको छ । पछिल्लो पुस्तामा आजभन्दा अघिल्ला पुस्ताका सीप, कला तथा संस्कृति हराउँदै गएपछि बिर्तामोडको देवी माविले विद्यालय प्रांगणमा एक कार्यक्रम गरेर सीप जोगाउने प्रयत्न गरेको हो । प्रधानाध्यापक अम्बिका श्रेष्ठका अनुसार यो कार्यक्रम पहिलेका पुस्ताले […]

मेलमिलाप समितिबाट भएका निर्णय हाँसीहाँसी स्वीकारिन्छ

Published: in विचार/ब्लग, समाज, स्थानीय तह, by . Leave a Comment on मेलमिलाप समितिबाट भएका निर्णय हाँसीहाँसी स्वीकारिन्छ.

स्थानीय तहमा न्यायिक समिति गठन भएपछि प्रहरीकहाँ पुग्ने र अदालतमा उजुरी दिने मानिसहरुको संख्या घटेको छ । स्थानीय सरकार गठन भएसँगै न्याय सम्पादनको काम पालिकाका उपप्रमुख वा उपाध्यक्षले गर्ने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ (ख) मा अधिकार प्रत्यायोजन गरेअनुसार न्याय सम्पादन गर्न उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा […]