Sajhamanch Archive

धान दिवसको अवसरमा किसानलाई ट्रयाक्टर

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on धान दिवसको अवसरमा किसानलाई ट्रयाक्टर.

भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले २१ औं धान दिवसको अवसर पारेर भद्रपुरको एक सहकारी संस्थालाई ट्रयाक्टर प्रदान गरेको छ । नगरपालिकाले भद्रपुर–१० स्थित कलबलगुरी कृषि सहकारी संस्थालाई खेत जोत्ने प्रयोजनको लागि खेत जोत्ने औजारसहितको १२ लाख मूल्य बराबरको ट्रयाक्टर प्रदान गरेको हो । नगरपालिकाको कृषि शाखा र कलबलगुरी कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा आइतबार सम्पन्न […]

यस्तो छ सन्दकपुरको वृत्तचित्र

Published: (Updated: ) in भिडियो, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on यस्तो छ सन्दकपुरको वृत्तचित्र.

फिक्कल । सन्दकपुर गाउँपालिकाको वृत्तचित्र ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को पब्लिक च्वाइस अवार्डको लागि भिडियो सार्वजनिक गरिएकोछ । वि विल राइज फाउन्डेसनले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गत जनवरीदेखि सुरु गरेको सो अभियानको भिडियो गत असार ९ गते आयोजकको फेसबुक पेज र युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । भिडियोमा आएको लाइक÷रियाक्ट र […]

शिवसताक्षीका विपन्न परिवारका लागि घर निर्माण सुरु

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीका विपन्न परिवारका लागि घर निर्माण सुरु.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ स्थित माझी बस्तीका बासिन्दाहरुका लागि घर निर्माण सुरु भएको छ । विपन्न, गरिब र सिमान्तकृत नागरिकहरुकालागी प्रदेश सरकारको भौतिक योजना मन्त्रालय शहरी बिकास तथा भवन निर्माण कार्यक्रम अन्र्तगत घर निर्माण सुरु भएको हो । बिहीबार प्रदेश सांसद झलकसिं दर्लामी, शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा लगायतले घर निर्माणको […]

बाह्रदशी ५ मा खानेपानीका दुईवटा ट्याङ्की निर्माण सुरु

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बाह्रदशी ५ मा खानेपानीका दुईवटा ट्याङ्की निर्माण सुरु.

बाह्रदशी । बाह्रदशी गाउँपालिका वडा नं. ५ को मुक्तिटोलमा खानेपानी ट्याङ्कीको आज शिलान्यास गरिएको छ । मुक्तिटोलको दुर्गा पाञ्चायन मन्दिर परिसरमा झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्गदेनले पानी ट्याङ्कीको शिलान्यास गरिदिएका हुन् । एक करोड ४३ लाख रुपैयाँको लागत इष्टमेटमा निर्माण गरिने दुईवटा खानेपानी ट्याङ्कीको आठ महिना भित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष […]

डेंगु संक्रमणको उच्च जोखिममा बिर्तामोडः यो वर्ष झापाका २६ जना संक्रमित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on डेंगु संक्रमणको उच्च जोखिममा बिर्तामोडः यो वर्ष झापाका २६ जना संक्रमित.

झापा । सन् २०१९ को जुन महिना सम्ममा झापाका २६ जना डेंगु ज्वरोबाट संक्रमित भएका छन् । पहिले पहिले अगष्ट महिना पछिमात्र डेंगु ज्वरोका रोगी भेटिने गरेको भए पनि यो वर्ष हिउँदबाटै रोग फैलिएको हो । जनस्वास्थ्य कार्यालय झापाका डेंगु फोकल पर्सन जीवन चौंलागाईंले यो वर्ष आजसम्मको तथ्याङ्कमा २६ जना डेंगु ज्वरोका कारण प्रभावित भएको […]

शिवसताक्षी नगरपालिका, नगर कार्यपालिकाको प्रेस विज्ञप्ती

Published: in विज्ञापन, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिका, नगर कार्यपालिकाको प्रेस विज्ञप्ती.

आज मिति २०७६ साल असार १० गतेका लागि निर्धारित यस शिवसताक्षी नगरपालिकाको चौथो नगरपरिषद उद्घाटन समारोहमा प्रमुख आतिथ्यताको विषयमा आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका विषयमा यस नगरपालिकाको ध्यानाकर्षण भएको छ । सबै स्थानीयतहले हरेक वर्ष असार १० गते भित्रै बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने व्यवस्था अनुसार नगर कार्यपालिका बैठकमा तयारीबारे छलफल […]

कमलमा ६१ करोड ७९ लाख ९२ हजार रुपैयाको बजेट सार्वजनिक

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कमलमा ६१ करोड ७९ लाख ९२ हजार रुपैयाको बजेट सार्वजनिक.

कमल । झापाको कमल गाउँपालिकाले आर्थिक वर्ष २०७६ । ०७७ को लागी बजेट सार्वजनिक गरेको छ । पाचैंाँ गाउँसभाले आगामी आर्थिक वर्षका लागी नीति तथा कार्यक्रम समेत सार्वजनकि गरेको हो । चालु आर्थिक वर्षका लागि पुजीगत र चालु खर्चका गरि ६१ करोड ७९ लाख ९२ हजार रुपैयाको बजेट सार्वजनिक गरिएको छ । कमल गाउँपालिकाका अध्यक्ष […]

बुद्धशान्ति गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on बुद्धशान्ति गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत.

बुधबारे । बुद्धशान्ति गाउँपालिकाले पाँचौ गाउँसभामा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ । गाउँसभामा ‘संमृद्ध बुद्धशान्तिको आधार ः कृषि, पर्यटन र दिगो पूर्वाधार’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलको सभापतित्वमा भएको गाउँसभामा उपाध्यक्ष मिरा भुर्तेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । […]

मेचीनगर नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on मेचीनगर नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक.

मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सङ्घीयताको मर्म एवम् भावना अनुरुप नगरको समग्र विकासमा वडास्तरको भूमिकालाई अझ बढी प्रभावकारीे बनाउने उद्देश्यका साथ वजेट नीति तथा कार्यक्रम प्रस्तावित गरिएको छ । नेपालको संविधान २०७२ वमोजिम स्थानीय तहको निर्वाचनबाट यस नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले पद वहाल गरी सके […]

प्रमुख अतिथि सम्बन्धी भएको प्रचार अतिरञ्जितः शिवसताक्षी नगरपालिका

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on प्रमुख अतिथि सम्बन्धी भएको प्रचार अतिरञ्जितः शिवसताक्षी नगरपालिका.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका झापाको चौथो नगरसभा उद्घाटनका लागि कसलाई प्रमुख आतिथि बनाउने भन्ने विषयमा खासै छलफल नभएकाले आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित भएका समाचारहरु तथ्यहीन, कपोलकल्पित र भ्रामक भएको नगरपालिकाले जनाएको छ । शिवसताक्षी ७ का वडाध्यक्ष तथा प्रवक्ता नविन इजमले आज नगर कार्यपालिकाको तर्फबाट प्रेस विज्ञप्ती जारी गर्दै उल्लेखित विषयमा आएको सबै […]