कमल । झापाको कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभराम्भ भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छनोट भएका युवा युवतीलाई अभिमुखिकरण तालिम दिएपछि काममा खटाईएको कमल गाउँपालिकाले जनाएको छ । कमल गाउँपालिकामा १ हजार ३ सय ७० जनाले रोजगारीका लागि फारम भएका थिए । जसमा एक सय जना छनोट भएको संयोजक तिवारी बताए । गाउँपालिकामा […]
बिर्तामोड । आगामी आर्थिक वर्षका लागि बिर्तामोड नगरपालिकाले बनाउने सहकारी नीति तथा योजनाका सम्बन्धमा सहकारीकर्मीहरुसँग आज वृहत अन्तरसम्वाद गरिएको छ । नगरप्रमुख ध्रुबकुमार शिवाकोटीको अध्यक्षतामा आयोजित अन्तरसम्वाद कार्यक्रममा बिर्तामोड नगरक्षेत्रमा सञ्चालित १३० वटा सहकारी संस्थाहरु, जिल्ला संघ एवम् विषयगत संघहरुलाई प्रतिनिधित्व गराएर नीति तथा योजना सम्बन्धी अन्तर सम्वाद गरिएको हो । कार्यक्रममा नगरपालिकाका सामाजिक तथा […]
मेचीनगर । मेचीनगर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ सय ५२ जनाले रोजगारी पाएका छन् । रोजगार संयोजक कृपा रेग्मीका अनुसार रोजगारीका लागि नगरभित्रबाट ४ हजार १ सय ६७ वटा आवेदन परेको थियो । जसमा २ सय ५२ जना रोजगार कार्यक्रमको मापदण्ड अनुसार छनोट भएको रोजगार संयोजक रेग्मीले जानकारी दिईन् । नगरपालिका प्रेस संयोजक लक्ष्मी […]
दूधे । शिवसताक्षी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १४४ ले रोजगारी पाएका छन् । आइतबार नगरपालिकाको कार्यालयमा एक कार्यक्रम आयोजना गरी श्रमिकलाई कामको लागि आवश्यक पर्ने सामाग्री प्रदान गरिएको छ । श्रमिकलाई ज्याकेट, हेल्मेट, फरुवा, बेल्चा, ठेला गाडी, मार्तल, आरी जस्ता सामाग्री नगरप्रमुख चन्द्रकुमार शेर्माले प्रदान गरेका थिए । श्रमिकले सोमबारदेखि नगर भित्रका सडक मर्मत […]
झापा । शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि आज झिलझिलेमा सूचना सम्वाद कार्यक्रम सम्पन्न गरिएको छ । सझामञ्च मिडिया प्रालि बिर्तामोडको आयोजनामा भएको सूचना सम्वादको सहजीकरण खोज पत्रकारिता केन्द्रका सम्पादक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेले गरेका थिए । प्रविधिको विकासको कारण आजको सूचना प्रवाहले विविधता पाइरहेको सन्दर्भ कोट्याउँदै गाउँलेले अब जनप्रतिनिधिले […]
बाहुनडाँगी । मेचीनगर नगरपालिका वडानम्बर—४का वडावासीले स्थानीय तहलाई जन र प्रविधिक मैत्री बनाउन वडा सरकारलाई सुझाव दिएका छन् । विहीवार वडा कार्यालय बाहुनडाँगीमा आयोजित वडाभित्र रहेका टोल विकास संस्थाहरुको भेला तथा आगामी आर्थिक वर्ष २०६६÷२०७६ का लागि योजना संकलन कार्यक्रममा सहभागी अधिकांशले स्थानीय तह जनमैत्री र प्राविधिक मैत्री बन्न नसकेको गुनासो गरेका थिए । सहभागीहरुले […]
झापा । सहरको रोग पनि भनिने डेंगु झापामा पहिलोपटक सन् २०१२ मा काँकरभिट्टामा फेला परेको थियो । ५०० भन्दा बढी होटलहरु रहेको, बसपार्क पनि भएको र अत्याधिक संख्यामा गाडीका ग्यारेजहरु रहेको शहर काँकरभिट्टामा त्यसबेला डेंगु संक्रमणले प्रकोप कै रुप लिएको थियो । सात वर्षअघि जिल्लामा पहिलोपटक डेंगु फेला परेको थियो सो पछि हरेक वर्षजसो देखिएको […]
कनकाई । कनकाई नगरपालिका वडा नं. ६ चम्पापुरका पशु किसान आफ्ना घरपालुवा पशु रोगी बनेपछि दिक्क थिए । गाई, भैँसी, बाख्रा, इत्यादिमा नाम्ले, जुका, किर्नाको समस्या भएपछि उनीहरु चिन्तित भएका थिए । तर, ग्रामीण क्षेत्रका पशुपालक कृषकलाई लक्षित गर्दै सहारा नेपाल साकोसले सञ्चालन गरेको पशु स्वास्थ्य शिविरबाट उनीहरुले आज लाभ पाएका छन् । स्थानीय तहको […]
इटहरी । इटहरी उपमहानगरले बाल गायक प्रितम आर्चायलाई बाल सद्भावना दूत घोषणा गरेको छ । आज नगर उपप्रमुख लक्ष्मी गौतमले प्रितमलाई बाल सद्भावना दूत घोषणा गरिएको पत्र प्रदान गरेकी हुन् । सो कार्यक्रममा उपप्रमुख गौतमले इटहरीका बालक प्रितमले इटहरीको नाम विश्वभर चिनाउन योगदान गरेको भन्दै धन्यवाद पनि दिइन् । इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत […]
कमल । कमल गाउँपालिकामा अब कोही पनि बेरोजगार बस्न नपर्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले दावी गरेकी छन् । कमल गाउँपालिकाको वित्तीय सहयोगमा नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तीन महिने मोटरसाइकल मर्मत तालिम समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष काफ्लेले यस्तो बताएकी हुन् । ‘गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको थालनी भइसकेकोले अब आफ्नो […]