अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ४ को कार्यालय भवन निर्माणका लागि २४ लाख मूल्य बराबरको ४ कट्ठा जग्गा जमिन निःशुल्क प्राप्त भएको छ । वडा कार्यालय भवन निर्माणका लागि बिर्तामोड १ निवासी लक्ष्मण बस्नेतले चलनचल्तीमा २४ लाख रुपैयाँ पर्ने ४ कट्ठा जमिन प्रदान गरेका वडाध्यक्ष दुर्गाप्रसाद दाहालले जानकारी दिए । वडा नं. ४ स्थित […]
अर्जुनधारा । ऐतिहासिक शनिश्चरे बजारका व्यापारीहरु र अर्जुनधारा नगरपालिकाबीच शनिश्चरे बजारको विषयमा सकारात्मक छलफल भएको छ । अर्जुनधारा नगरपालिकामा रहेका शनिश्चरे बजारका व्यापारीहरुले आफूहरु ‘विकास विरोधी’ नभएकोले सकारात्मक रुपले बुझ्न छलफलमा बताएका थिए । नगरप्रमुखको कार्यकक्षमा नगरप्रमुख हरिकुमार रानासँग भएको कुराकानीमा व्यापारीहरुले हार्दिकतापूर्ण र सौहार्दपूर्ण कुराकानी भएको जनाएका छन् । शनिश्चरे बजारको विविध समस्या कसरी […]
कचनकवल । कचनकवल गाउँपालिका भित्रका ११ वटा माद्यमिक विद्यालयहरुको सहभागितामा आजदेखि फुटबल प्रतियोगिता सुरु भएको छ । ‘प्रथम कचनकवल अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियोगिता’ नाम दिइएको सो विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन प्रदेशसभाका सांसद बसन्त बानियाँले गरेका हुन् । सत्यनारायण यादवको अध्यक्षतामा आयोजित फुटबल प्रतियोगिता उद्घाटन समारोहमा प्रमुख अतिथि बानियाँ, गाउँपालिका अध्यक्ष अन्जार आलम, उपाध्यक्ष निमसरी […]
भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले वडा नं ६ का विपन्न १० परिवारलाई आय आर्जनका लागि उन्नत जातका बाख्रा निःशुल्क प्रदान गरेको छ । नगरपालिकाको पशु सेवा शाखाको वार्षिक कार्यक्रम अन्तर्गत ६ नं वडा कार्यालयको संयोजनमा एक परिवारलाई एक माउ र एक पाठा प्रदान गरिएको वडा सदस्य प्रकाश शर्माले जानकारी दिए । आइतबार वडा कार्यालय परिसरमा […]
हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. ४ जलथलले स्थानीय अगुवा कृषकहरुलाई तरकारी तथा पशुपालनका लागि अनुदान रकम वितरण गरेको छ । वडा कार्यालयमा व्यवसायिक कृषि उत्पादन अनुदान वितरण कार्यक्रमको आयोजना गरी च्याउ खेती, तरकारी खेती र बाख्रापालक कृषकहरुलाई अनुदान रकम वितरण गरेको हो । सोही कार्यक्रममा स्थानीय ५ जना स्वयंसेवीकालाई १–१ थान साइकलसमेत प्रदान गरिएको […]
कचनकवल । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारीसहित स्थानीयको नाममा झापा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरे पनि राजनीतिक संरक्षणका कारण प्रहरीले आरोपीलाई पक्राउ गरी कारवाही गर्न सफलता पाएको छैन । भारतीय नागरिक ३५ वर्षीय भुपाल गुरुङलाई नागरिकता बनाउन आर्थिक प्रलोभवनमा परी सर्जिमिनमा बस्ने स्थानीय, जन्मदर्ता बनाई सिफारिस दिने जनप्रतिनिधि र […]
सुरुङ्गा । झापा कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले आफ्नो एक बर्षको तलव वापतको रकम स्थानीय मजदुरको हितकोषलाई प्रदान गरेका छन् । पोखरेलले १ सय ३० आंै अन्तराष्ट्रिय मजदुर दिवशको अवसर पारेर आफ्नो बर्ष दिन वापतको रकम ३ लाख २५ हजार चार सय ६० रुपैँयाको चेक बुधवार हस्तानतरण गरेका हुन् । पोखरेलले नगरभित्रकै मजदुरको स्वास्थ्य उपचारकालागि […]
भद्रपुर । १३०औं विश्व मजदूर दिवसको अवसर पारेर भद्रपुर जेसीजले भद्रपुर नगरपालिकामा कार्यरत मजदूरलाई सरसफाई र जनस्वास्थ्य सम्बन्धी सचेतना प्रदान गरिएको छ । भद्रपुर–८ स्थित जेसीज भवनमा जेसीजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा सरसफाई मजदूरलाई सरसफाई र जनस्वास्थ्यका विषयमा जानकारी गराउनुका साथै जेसीजको तर्फबाट एक–एक थान टि–सर्ट पदान गरिएको थियो । भद्रपुर नगरपालिकाका प्रमुख […]
मेचीनगर । मेची नदीमा बनाइँदै गरेको नयाँ पूलका कारण भोगचलन गरिरहेको जमिन नासिएपछि विस्थापितको सूचीमा परेकाहरुमध्ये चार घर परिवारलाई मंगलबार मुआवजा वापतको रकम प्रदान गरिएको छ । मेचीनगर नगरपालिकाको मुआवजा निर्धारण समितिको निर्णयानुसार निर्धारित रकम चार घर परिवारलाई प्रदान गरिएको हो । निर्धारित रकम एक करोड १७ लाख २० हजार रुपैयाँमध्ये दुई लाख ९३ हजार […]
अर्जुनधारा । अर्जुनधारा ६ कप्तानवाडीमा आदिवासी मेचे समुदायले श्री ग्राम शिवा पूजा तथा बैशागु कार्यक्रम सम्पन्न गरेका छन् । प्रत्येक वर्ष सो समुदायले मनाउने परम्परा अनुसार श्री ग्राम शिवा पूजा तथा बैशागु कार्यक्रम सम्पन्न गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी रहेका वडाअध्यक्ष लोकनाथ गौतमले ग्राम थान मात्रमा सिमित नभई मेचे समुदायले पुराण लगाएर त्यसको आस्था र […]