Sajhamanch Archive

अविरल वर्षाका कारण शिवसताक्षीका विद्यालयहरु तीन दिन बन्द

Published: (Updated: ) in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on अविरल वर्षाका कारण शिवसताक्षीका विद्यालयहरु तीन दिन बन्द.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगरभित्र सञ्चालित विद्यालयहरु तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । अविरल वर्षाका कारण विद्यार्थीलाई विद्यालय आउन समस्या र सबै ठाउँमा विद्यालयको बस जान नसक्ने भएकाले नगरले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यायलसम्म पनि वर्षाका कारण आउन विद्यार्थीहरुलाई कठिनाई भएकाले १५ गतेबाट १७ गतेसम्म विद्यालय बन्द […]

शिवसताक्षी ८ का विपन्न परिवारलाई बाख्रा वितरण

Published: in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ८ का विपन्न परिवारलाई बाख्रा वितरण.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका ८ का अति विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ। शिवसताक्षी नगरपालिका पशु सेवा शाखाको आर्थिक सहयोगमा   ५० घरपरिवारको आयस्तर वृद्धि तथा जीवनयापनका लागि २ लाख ५० हजार बराबरको बाख्रा वितरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । गरिएको हो। शिवसताक्षीका अन्य वडामा झै यस वडामा पनि बाख्रा वितरण गरिएको नगरपालिकाका पशु […]

बाढीबाट विस्तावित परिवारलाई शिवसताक्षी नगरपालिकाद्वारा तत्काल राहत वितरण

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बाढीबाट विस्तावित परिवारलाई शिवसताक्षी नगरपालिकाद्वारा तत्काल राहत वितरण.

शिवसताक्षी । गएराति देखि अविरल वर्षाका कारण आएको बाढीबाट विस्तावित बनेका शिवसताक्षीका स्थानीयलाई नगरपालिकाले तत्काल राहत वितरण गरेको छ । बाढीका कारण त्रिभुवन माध्यामिक विद्यालयमा राखिए शिवसताक्षी नगरपालिका वडा नं. ४ का ३३ विस्तावित परिवारलाई शिवसताक्षी नगरपालिकाले राहत वितरण गरेको हो । जसमा ३५ महिला, २१ पुरुष,२८ बाल, २२ बालिका, ३५ महिला मध्ये ४ सुत्केरी […]

वर्षाका कारण शिवसताक्षी ७ र ८ जोड्ने कजवेमा क्षति, भानु माविका २ सय विद्यार्थी प्रभावित

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on वर्षाका कारण शिवसताक्षी ७ र ८ जोड्ने कजवेमा क्षति, भानु माविका २ सय विद्यार्थी प्रभावित.

शिवसताक्षी । गएराति देखि परेको अविरल वर्षाका कारण निर्माणाधिन सतासीधाम होकलबारीको लालझोडा सडक खण्डमा पर्ने कजवेमा क्षति पुगेको छ । झिलझिले खोलामा आएको बाढीले झापा शिवसताक्षी –७ लालझोडा स्थित कजवेमा क्षति पुर्याएको हो । कजवेमा क्षति पुगेपछि सवारी साधानको आवगम बन्द भएको छ । लालझोडा स्थित भानु माध्यमिक विद्यालयमा अध्ययनरत २ सय विद्यार्थीहरुलाई प्रभावित हुने […]

दक्षता हासिल गरे कोही बेरोजगार बस्नु पर्दैनः नगर प्रमुख बुढाथोकी

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on दक्षता हासिल गरे कोही बेरोजगार बस्नु पर्दैनः नगर प्रमुख बुढाथोकी.

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले व्यवसायिक सीप अहिलेको आवश्यकता रहेको बताएका छन् । बेरोजगर युवाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा सीप सिकेर दक्ष बन्ने हो भने कोही पनि बेरोजगार बस्नु नपर्ने उनको भनाई छ। प्रतिभा युवा परिवार मेचीनगरले आयोजना गरेको तीन महिने प्लाम्विङ तालिम समापन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले नेपालमा दक्ष जनशक्तिको अभाव […]

७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on ७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट.

काठमाडौं । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जुन कुल स्थानीय तहको ३३.६ प्रतिशत मात्र हो । बाँकी ५०० स्थानीय तहले हालसम्म बजेट ल्याउन सकेका […]

झापामा बाढीको वितण्डा सुरु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापामा बाढीको वितण्डा सुरु.

चाँजु खोलाले सुँगुरको खोर बगायो, बनियानीले गौरीगञ्ज १ बस्तीहरु डुबानमा दमक । गएराति देखिको भारी वर्षाका कारण झापाको कमल गाउँपालिका ५ स्थित चाँजु खोलामा आएको बाढीले सुँगुरका दुईवटा खोर बगाएको छ भने करिब आधा दर्जन घर कटानको उच्च जोखिममा परेका छन् । स्थानीय सुँगुरपालक दुईजना किसानहरु घनश्याम धिमाल र धनमाया तामाङले बनाएका दुईवटा खोर बगाएको […]

बढीबाट कटान रोक्न कमल गाउँपालिकाका हरेक वडामा पाइलिङ नै पाइलिङ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बढीबाट कटान रोक्न कमल गाउँपालिकाका हरेक वडामा पाइलिङ नै पाइलिङ.

कमल । लगातारको वर्षासँगै आएको बढीबाट क्षति हुन नदिनका लागि कमल गाउँपालिकाले विभिन्न ठाउँमा बाँसको पाइलिङ निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ स्थित रतुवा खोलामा आएको बढीलाई नियन्त्रण गर्न १० लाख रुपैयाँ खर्चेर पाइलिङ निर्माण गरेको हो । वडा नम्वर ५ कै चाँजु खोलामा आएको बाढीलाई नियन्त्रण गर्न तथा बाढीबाट हुने क्षतिबाट जोगाउनका […]

हल्दिबारीमा महिला अधिकार र विद्यमान कानून सम्बन्धी कार्याशाला

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on हल्दिबारीमा महिला अधिकार र विद्यमान कानून सम्बन्धी कार्याशाला.

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकामा महिला अधिकार र विद्यमान कानून सम्बन्धी दुई दिने कार्यशाला शुरु भएको छ । टाइम्स मिडिया नेटवर्क बिर्तामोडको आयोजना र हल्दिबारी गाउँपालिकाको सहयोगमा महिलाहरुलाई कानूनी अधिकारका बारेमा जानकारी दिन कार्यशाला आयोजना गरिएको हो । हल्दिबारी गाउँपालिकाको ५ वटै वडाबाट महिला जनप्रतिनिधि, अगुवा महिलाहरु र विद्यार्थीको सहभागितामा कार्यशाला शुरु भएको हो । […]

प्याब्सन एन प्याब्सनका नाममा भइरहेका गतिविधि नसच्याए इस्टु भद्रपुरले आन्दोलन गर्ने

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on प्याब्सन एन प्याब्सनका नाममा भइरहेका गतिविधि नसच्याए इस्टु भद्रपुरले आन्दोलन गर्ने.

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले प्याब्सन एन प्याब्सनका नाममा भद्रपुर नगरभित्र प्रचलित नियम कानुन विपरितका गतिविधि बढेको ठहर गर्दै यथाशीघ्र नसच्याइए आन्दोलनमा जाने चेतावनी दिएको छ । संस्थागत विद्यालयलाई संस्थागत बनाउन राज्यले तय गरेर विद्यमान नियम कानुन विपरित मनपरी ढंगबाट विद्यालय सञ्चालन गर्ने प्रवृत्ति बढेको ठहर गर्दै समितिले यस्ता क्रियाकलाप […]