Sajhamanch Archive

भद्रपुरको नीति तथा कार्यक्रम र ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on भद्रपुरको नीति तथा कार्यक्रम र ९१ करोड ३४ लाख २३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत.

भद्रपुर । भद्रपुर नगरपालिकाको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०७९/०८० को बजेट बिहीबार बसेको नगरसभाले सर्वसम्मतरुपमा स्वीकृत गरेको छ । नगर प्रमुख गणेश पोखरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम तथा उपप्रमुख राधा कार्कीद्वारा पेश गरिएको वार्षिक आय–व्यय समेटिएको बजेट नगरसभाले अनुमोदन गरेको हो । भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ९१ करोड ३४ लाख […]

बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ जारी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ जारी.

झापा । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८’ को कार्यान्वयनमा सहजीकरणका लागि ‘बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९’ प्रेसित गरेको छ । निर्देशिकाले स्थानीय तहहरुले अवलम्बन गर्ने योजना तर्जुमा, बालबालिकासँग सम्बन्धित नीति निर्माण र निर्णय प्रक्रियामा बालबालिका, उनीहरुका अभिभावक तथा बालबालिकासँग सरोकार राख्ने संस्थाहरुको सहभागिता र […]

कमल गाँउपालिकाको एघारौ गाउँसभाबाट नीति तथा कार्यक्रम संशोधनसहित परित

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on कमल गाँउपालिकाको एघारौ गाउँसभाबाट नीति तथा कार्यक्रम संशोधनसहित परित.

कमल । कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले आगामी आर्थिक वर्ष २०७९÷०८० लागी एघारौं गाउँँसभामा पेश गरेको नीति तथा कार्यक्रम गाउँसमाबाट संशोधन सहति परित गरिएको छ । गाउँसभामा अध्यक्ष राईद्वारा प्रस्तुत गरीएको जनस्वस्थ्य, पशुसेवा, लैगिक समानता तथा सामाजिक समावेशकिरण,शिक्षा युवा तथा खेलकुद,संस्थगत विकास तथा सेवा प्रवाह र सुशासन,वस्तिविकास तथा सहरी योजना, भौतिक पुर्वाधार, सामाजिक विकास तर्फ […]

शुक्रबार शिवसताक्षी नगरपालिकामा अतिआवश्यक बाहेकका सेवा बन्द हुने

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on शुक्रबार शिवसताक्षी नगरपालिकामा अतिआवश्यक बाहेकका सेवा बन्द हुने.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा शुक्रबार अतिआश्यक बाहेकका काम बन्द हुने भएको छ। नगरपालिकाका तथा वडा कार्यालयहरुबाट दिइने अति आवश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सेवाहरु भोली शुक्रबार बन्द रहने शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षी नगरपालिको आ.व. २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत हुने भएकाले शुक्रबार वडा तथा नगरबाट दैनिक रुपमा दिइने सेवा बन्द हुने […]

बाल विकास शिक्षक र कर्मचारीले तलब वृद्धिको माग गर्दै कनकाई नगरपालिकामा बुझाए ज्ञापनपत्र

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बाल विकास शिक्षक र कर्मचारीले तलब वृद्धिको माग गर्दै कनकाई नगरपालिकामा बुझाए ज्ञापनपत्र.

कनकाई । कनकाई नगर क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक तथा कर्मचारीहरुले आफ्ना विभिन्न माग राख्दै कनकाई नगरपालिकामा नौ बुँदे ज्ञापन पत्र बुझाएका छन् । नेपाल बाल विकास शिक्षक कनकाईका अध्यक्ष टिकामाया गिरी र विद्यालय कर्मचारी परिषदका अध्यक्ष तीर्थराज ढुङ्गानाको संयुक्त हस्ताक्षरमा ज्ञापनपत्र तयार गरी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल र उपप्रमुख आशा शर्मा […]

कनकाईका १८ जना दलित विद्यार्थीलाई छात्रवृति प्रदान

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कनकाईका १८ जना दलित विद्यार्थीलाई छात्रवृति प्रदान.

कनकाई । यहाँस्थित नेपाल दलित उत्थान सञ्जालले १८ जना दलित, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई आज छात्रवृत्ति प्रदान गरेको छ । सञ्जालले आफ्नो अक्षयकोषबाट प्राप्त ब्याजबाट कनकाई नगरपालिकाका माध्यमिक तहमा अध्ययनरत १८ जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उक्त छात्रवृत्ति रकम प्रदान गरेका हुन् । […]

बिर्तामोड नगरपालिका अगाडिबाट प्रदर्शनकारीहरु पक्राउ

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिका अगाडिबाट प्रदर्शनकारीहरु पक्राउ.

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जना प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिका अगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी रुगमबहादुर कुवरले पुष्टि गरेका छन् । बिर्तामोड–५ स्थित बुधबारे हटियामा अनाधिकृत रुपमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई मिटर माग गर्दै आन्दोलनरत उनीहरुले नगरपालिकामा हुलहुज्जत गर्दै […]

बिर्तामोड नगर कार्यपालिकाको ताजाको निर्णयः बुधबारे हटियाको समस्या समाधानका लागि कार्यदल गठन

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगर कार्यपालिकाको ताजाको निर्णयः बुधबारे हटियाको समस्या समाधानका लागि कार्यदल गठन.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ मा रहेको बुधबारे हटियाका बारेमा केही दिनदेखि भइरहेको दबाव आन्दोलन एवम् मागबारे उत्पन्न समस्या समाधानको लागि कार्यदल गठन गरेको छ । मंगलबार (आज) बसेको कार्यपालिका बैठकले कार्यदल र सल्लाहकार समिति गठन गरेको हो । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठित कार्यदलमा वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई […]

जिल्ला समन्वय समिति झापामा एमालेका सबै उम्मेदवार निर्विराेध निर्वाचित

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on जिल्ला समन्वय समिति झापामा एमालेका सबै उम्मेदवार निर्विराेध निर्वाचित.

झापा । जिल्ला समन्वय समिति झापाका सबै पदहरूमा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गरेका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् । आज असार ७ गते जिल्ला निर्वाचन कार्यालय भाद्रपुरमा मनाेनयन दर्ताको लागि निर्वाचन तालिका ताेकिएकाे थियाे । जिल्ला समन्वय समितिको प्रमुखमा विश्व बराल दमक र उपप्रमुखमा शान्ता रोक्का बिर्तामोडले नेकपा एमालेकाे तर्फबाट मनाेनयन दर्ता गराए । […]

शिवसताक्षी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा राईको इन्ट्री

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा राईको इन्ट्री.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा अमृत बहादुर राईले प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालेका छन् । केही समय अघि प्रशासकीय अधिकृत गीताकुमारी राईको सरुवा भएपछि कार्यालयमा निमित्त प्रशासकीय अधिकृतको रुपमा प्रकास चौधरीले काम काज गर्दै आएका थिए । वि.सं. २०६६ सालमा ताप्लेजुङ्ग जिल्लामा सहायक प्रजिअको रुपमा निजमति सेवामा प्रवेश गरेका राई प्रधानमन्त्री कार्यलय हेल्लो सरकार हुँदै पहिलो […]