मेचीनगर । सिद्धी खोला सिंचाई जल उपभोक्ता संस्थाको ५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरिएको छ । मेचीनगर २ बौद्धमोडस्थित मेची जनसाधारण माविको सभाहलमा आयोजित सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले कृषि क्षेत्रमा विकास गर्नसके मात्रै देशमा आर्थिक समृद्धि सम्भव रहेको बताए । साथै उनले कृषिमा सफलता […]
भद्रपुर । झापाको भद्रपुरले अन्तरक्रियात्मक कार्यक्रमका साथ आइतबार अन्तर्राष्ट्रिय बालश्रम विरुद्धको दिवस मनाएको छ । प्रदेश १ कै पहिलो बालमैत्री स्थानीय तह घोषणा भइसकेको भद्रपुरले विगतमा भए–गरेका बालमैत्री अभियान र नगरमा बालश्रमको अवस्थाको समीक्षासहित अन्तरक्रिया गरेको हो । नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद, १ नं प्रदेशका समन्वय अधिकृत सुमन अधिकारीले […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ८ मा रहेको किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समूहलाई बाख्रा वितरण गरेको छ । नगरको पशुपन्छी तथा मत्स्य विकास शाखाको नियमित कार्यक्रम मेयरपकेट बाख्रा साटासाट अन्तर्गत आज शुक्रबार आयोजित कार्यक्रममार्फत् बाख्रा वितरण गरिएको हो । १५ जना कृषकहरु जनहीलाई ३ वटाका दरले ४५ वटा र समूहलाई एउटा बोयर जातको […]
झापा । बिर्तामोड नगरपालिकामा दर्ता शिविर सुरु भएको छ । वडा नम्बर १को किराँत याक्थुङ चुम्लुङ जिल्ला कार्यसमितिको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले निस्सा प्रदान गरेर शिविरको उद्घाटन गरेका हुन् । वडाध्यक्ष अग्नीप्रसाद पाण्डेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा विवाह दर्ता र वसाईसराईको निस्सा वितरण गरीएको थियो । चन्द्रप्रसाद ढकाल र […]
मेचीनगर । मेचीनगर क्षेत्रमा रहेका नेपाल बैंक लिमिटेडका दुईवटा शाखाले बुधबार मेचीनगर नगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुखलाई कार्यकक्षमा नै आएर बधाईसहित कार्यसफलताको शुभकामना दिएको छ । बैँकका पदाधिकारीले नगरपालिका पुगेर नवनिर्वाचित स्थानीय सरकारका प्रमुख र उपप्रमुखलाई बधाई भेट गरेको हो । नगरप्रमुखको कार्यकक्षमा सम्पन्न वधाई तथा परिचायत्मक भेट कार्यक्रममा नेपाल बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर […]
झापा । प्रदेश १ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रको विकासको लागि प्रादेशिक कृषि विकास रणनीति तय गर्ने उल्लेख छ । यस्तै दिगो कृषि विकासका […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका तर हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई काममा नलगाउन निर्देशन दिएको छ । अख्तियारले मंगलबार सरकारलाई निर्देशनसहितको पत्र पठाउँदै २०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निलम्बनकै अवस्थामा राख्न निर्देशन दिएको हो । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार कैलालीको […]
झापा । नेपाल कम्युनिष्ट पार्टी एमालेले जिल्ला समन्वय समिति झापाको प्रमुखमा दमकका विश्वनाथ बराल र उपप्रमुखमा बिर्तामोडका शान्ता रोकालाई उम्मेदवार लाई बनाउने भएको छ । नेकपा एमोले प्रदेश १ कमिटीका सचिव चिन्तन पाठकले झापा, मोरङ र धनकुटामा जिल्ला समन्वय समितिमा पार्टीको तर्फबाट तय गरिएको उम्मेदवारको नाम फेसबुक स्टाटस बनाउँदै सार्वजनिक गरेका हुन् । प्रमुखमा उम्मेदवार […]
झापा । बिर्तामोड नगरपालिका र चितवनको रत्ननगर नगरपालिकाको मेलमिलाप केन्द्र विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अध्ययन अवलोकनका लागि झापा आइपुगेको मेलमिलाप केन्द्रको टोलीले सोमबार बिर्तामोडमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । नगरको न्यायिक क्षेत्रमा भएका गतिविधिहरुको विषयमा अनुभव साँटासाँटको लागि टोली बिर्तामोड आएको मेलमिलाप विज्ञ कविता अधिकारीले बताइन् । […]
काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम मतगणना परिणाम आएर जनप्रतिनिधिले काम सुरु गरिसक्दा पनि मत बदरको विवरण आउन सकेको छैन । निर्वाचन आयोगले यसको विवरण आउन अझै केहि दिन लाग्न सक्ने बताएको छ । आयोगको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भने– ‘अहिले मतगणनामा के ट्रेन्ड देखिएको छ भने त्यस्ता ठाउँहरुमा मत बदर बढी भएको छ, जहाँ दुई […]