काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । छ मध्ये तीन महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । विराटनगर, भरतपुर र वीरगन्ज महानगरको मत परिणाम सार्वजनिक भइसकेको छ […]
झापा । प्रदेश १ को निर्वाचन परिणाम आउन अब २ पालिकाको मात्रै बाँकी रहँदा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख कसको बन्ने भन्ने चर्चा सुरु भएको छ । अहिलेसम्मको मत परिणाम अनुसार एमालेले एक्लै झापा, मोरङ र धनकुटामा बहुमत पुर्याएर जिल्ला समन्वय समिति निर्माण गर्ने भएको छ । यस्तै सुनसरी र सोलुखुम्बुमा काँग्रेसको एकल बहुमत […]
झापाका १५ वटै पालिकामा स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरुको टुंगो लाग्यो । सबै ८ वटै नगरपालिकामा प्रमुख–उपप्रमुख र ७ वटै गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष सहित १३१ वडामा जनप्रतिनिधिहरु बहाल भएका छन् । सबै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई मनैबाट हार्दिक बधाई ज्ञापन गर्दछु । आदरणीय पालिकाका नवनिर्वाचित जनप्रतिनिधिज्यूहरु, हाम्रो जिल्लाका स्थानीय सरकारहरु, तपाईंको पालिकामा अतिआवश्यक साधन दमकल छ […]
काठमाडौं । नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली काँग्रेसले ३२२ पालिका प्रमुख तथा अध्यक्ष जितेको छ । निर्वाचन आयोगले हालसम्म मतगणना सकेको ७४० पालिकामध्ये २०२ वटाको अध्यक्ष तथा प्रमुख जित्न एमाले सफल भएको […]
वीरगन्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँचदलीय गठबन्धनका मेयर पदका उम्मेदवारमा जसपाका राजेशमान सिंह ४६ हजार २ सय १५ मत ल्याएर निर्वाचित भएका छन्। २३ हजार ६ सय ७१ मत ल्याएका एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा झडै दोब्बरले मत ल्याएर सिंह विजेता बनेका हुन्। यो ऐतिहासिक जीतसम्म पुग्न वीरगन्जको राजनीतिमा साढे ३ दशकको यात्रा […]
मेचीनगर । मेचीनगर नगरपालिकाकामा आफ्नो गुमेको पुरानो विरासत फर्काउन नेकपा एमाले यसपटक सफल भएको छ । मेचीनगर नगरपालिकामा २०५४ सालमा एमालेका रविन कोइराला मेयरमा निर्वाचित भएका थिए । त्यसपछि २० वर्ष कर्मचारीले नगरपालिका चलाए । जनप्रतिनिधिविहिन रहेको नगरपालिकामा २०७४ सालपछि फेरि जनप्रतिनिधिहरु आए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका विमल आचार्य मेयरमा निर्वाचित […]
बिर्तामोड । वैशाख ३० गते भएको मतदानबाट निर्वाचित बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुले आज सपथग्रहण पछि पदभार ग्रहण गरेका छन् । नगरपालिका कार्यालयको प्राङ्गणमा भएको सपथग्रहण पछि जनप्रतिनिधिहरुले औपचारिक रुपमा आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् । सपथग्रहण समारोहमा नगरप्रमुख पवित्रा महतारा प्रसाईले उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित नवनिर्वाचित ५१ जना जनप्रतिनिधिहरुलाई पद तथा गोपनियताको सपथ गराएकी हुन् […]
कमल । गत वैशाख ३० गते सम्पन स्थानीय तह निर्वाचनको मतगणना पछि नवनिर्वाचित कमल गाउँपालिकाका जनप्रतिनिधिलाई एक कार्यक्रमका बीच आज विजयी भएको प्रमाणपत्र प्रदान गरिएको छ । कमल गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा निर्वाचन अधिकृत प्रकाश गौतमले गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला गौतमसहित सबै विजयी उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । गाउँपालिकाको वडाअध्यक्षहरुमा […]
झापा । दोस्रो चरणको स्थानीय तह सदस्य निर्वाचनमा झापा जिल्लाका पालिकाहरूमा निर्वाचित मेयर तथा अध्यक्षहरूलाई शपथ ग्रहण गराइएको छ । जिल्लाका १५ वटा पालिकामध्ये पहिलो चरणमा ११ वटा पालिकाका मेयर तथा अध्यक्षहरूलाई सोमबार बिहान झापा जिल्ला अदालत भद्रपुरमा एक संक्षिप्त कार्यक्रमका बीच शपथ ग्रहण गराइएको छ । निर्वाचित मेयर तथा अध्यक्षहरूलाई मुख्य निर्वाचित अधिकृत तथा […]
काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत अब २६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ। बढी मतदाता रहेका काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज, महानगरपालिकासहित २६ पालिकाको परिणाम आउन बाँकी छ। २६९ नगरपालिका र ४५८ गाउँपालिका गरी ७२७ स्थानीय तहको अन्तिम परिणाम प्रविष्ट भइसकेको छ। कूल ७५३ पालिकामध्ये करिब ९५ […]