Sajhamanch Archive

गौरादहमा एमालेको विस्तारित वडा भेला, प्रचार अभियान सशक्त बनाइने

Published: (Updated: ) in राजनीति, स्थानीय तह by . Leave a Comment on गौरादहमा एमालेको विस्तारित वडा भेला, प्रचार अभियान सशक्त बनाइने.

गौरादह । स्थानीय तह निर्वाचन २०७९ मा गौरादहको सिङ्गो नेतृत्व आफ्नो पक्षमा पार्न नेकपा एमाले गौरादह नगर कमिटी सशक्त ढंगले जाने तयारीमा जुटेको छ । आज मंगलबार सम्पन्न बिस्तारित बैठकले यस्तो तयारी थालेको हो । वडा नम्बर १, २, ३ र ४ को आज सम्पन्न बिस्तारित बैठकमा एमाले झापा जिल्ला कमिटीका अध्यक्ष दिपक कार्की, प्रदेश […]

गठबन्धन दलका उम्मेदवारको पराजय भए राम्रो नहुने !

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on गठबन्धन दलका उम्मेदवारको पराजय भए राम्रो नहुने !.

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको प्रमुख पदमा गठबन्धन दलको तर्फबाट उम्मेद्वार बनेकी रञ्जिता कार्कीले आफूलाई जिताएर जनसेवा गर्ने अवसर दिन आग्रह गरेकी छन् । अर्जुनधारा नगरपालिकामा गठबन्धन दलका उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रममा उनले आफू जीवनभर पार्टी र जनताको सेवामा सक्रिय रहने पनि बताएकी छन् । सो कार्यक्रममा उपप्रमुखका उम्मेदवार जितेश योन्जनले गठबन्धन दलको घोषणा पत्रमा नगर विकासको […]

६३ जिल्लालाई पुग्ने मतपत्र छापिसक्यो आयोगले

Published: in स्थानीय तह by . Leave a Comment on ६३ जिल्लालाई पुग्ने मतपत्र छापिसक्यो आयोगले.

काठमाडौं । निर्वाचन आयोगले स्थानीय चुनावका लागि मतपत्र छाप्ने काम धमाधम भइरहेको बताएको छ। सोमबारसम्म एक करोड ५४ लाख ८३ हजार मतपत्र छपाइ गरिएको आयोगले जनाएको छ। ती मतपत्र ६३ जिल्लालाई पुग्छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सकिएको बताए। बाँकी मतपत्र छपाइलाई निरन्तरता दिइएको उनको भनाइ छ। वैशाख […]

देशभर एक लाख ३७ हजारको मनोनय दर्ता

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on देशभर एक लाख ३७ हजारको मनोनय दर्ता.

झापा । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ जनाको मनोनयन दर्ता भएको छ। यस्तै पालिका अध्यक्षमा तीन हजार २६४ र उपाध्यक्षमा दुई हजार २९६ जनाको मनोनयन दर्ता भएको […]

पार्टीका आधिकारिक उम्मेद्वारलाई विजय गराउन देवकुमारले लिए उम्मेद्वारी फिर्ता

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on पार्टीका आधिकारिक उम्मेद्वारलाई विजय गराउन देवकुमारले लिए उम्मेद्वारी फिर्ता.

मेचीनगर । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मेचीनगरका इन्चार्ज देवकुमार राईले स्वतन्त्र हैसियतबाट नगरप्रमुख पदका लागि दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका देवकुमार राईले आज मंगलबार नै उम्मेद्वारी फिर्ता लिएको सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका हुन् । उनले आज बिहान सामाजिक सञ्जालमार्फत आफू नेकपा एमालेको जिम्मेवार […]

बिर्तामोड नगरपालिकाको भावी नेतृत्वमा को ? नगरप्रमुख र उपप्रमुखका उम्मेदवारको सूचीसहित

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाको भावी नेतृत्वमा को ? नगरप्रमुख र उपप्रमुखका उम्मेदवारको सूचीसहित.

बिर्तामोड । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार मनोनयन गर्न दिइएको कार्यतालिका अनुसार वैशाख ११ र १२ गते बिर्तामोड नगरपालिकाको प्रमुखमा १० जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन गर्ने दुई दिनको अवधिमा ५२ पदका लागि बिर्तामोडमा २२३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले बताए । […]

गठबन्धन दलबाट दमकमा मनोनयन दर्ताः नगरप्रमुखमा राप्रपाका थापा र उपप्रमुखमा कांग्रेसका प्रसाई

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on गठबन्धन दलबाट दमकमा मनोनयन दर्ताः नगरप्रमुखमा राप्रपाका थापा र उपप्रमुखमा कांग्रेसका प्रसाई.

दमक । स्थानीय तहको निर्वाचनका लागि आज दमक नगरपालिकामा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दमक नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका तर्फबाट घोषित ५२ जना उम्मेदवारहरुले एकै टोली बनाएर आज मनोनयन दर्ता गराएका हुन् । गठबन्धनबाट नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका […]

भद्रपुरमा काँग्रेस नेतृत्वको गठबन्धन र राप्रपाले दर्ता गरायो उम्मेदवारी

Published: (Updated: ) in राजनीति, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा काँग्रेस नेतृत्वको गठबन्धन र राप्रपाले दर्ता गरायो उम्मेदवारी.

भद्रपुर । भद्रपुर नगरपालिकाको नेतृत्वका लागि तीन दलीय गठबन्धनको तर्फबाट गणेश पोखरेलले नगर प्रमुख तथा शिवकुमार राजभण्डारी उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । भद्रपुरमा गठबन्धन अन्र्तगत नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसले पोखरेलको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको हो । गठबन्धनको भागबण्डा अनुसार नेपाली काँग्रेसले नगरप्रमुख सहित ६ वटा वडाध्यक्ष र २१ जना सदस्य, […]

धरानमा एमालेका उम्मेदवारहरुको मनोनयन दर्ता

Published: in प्रदेश तह, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on धरानमा एमालेका उम्मेदवारहरुको मनोनयन दर्ता.

धरान । धरान उपमहानगरपालिकाकोे प्रमुखमा नेकपा एमालेबाट हालका उपप्रमुख मञ्जु भण्डारी र उपप्रमुखमा २०५४ मा १९ नं. वडाबाट वडाध्यक्षमा विर्वाचित पदम लिम्बूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आज सोमबार बाजागाजसहितको र्याली निर्वाचन कार्यालय धरान–१२ पुगेर नगरप्रमुख–उपप्रमुख र २० वटै वडाका ५–५ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका हुन् । धरान नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक […]

कनकाई नगरमा नेकपा एमालेको झाँकीसहित ४७ पदमा मनोनयन दर्ता

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on कनकाई नगरमा नेकपा एमालेको झाँकीसहित ४७ पदमा मनोनयन दर्ता.

कनकाई । सुरुड्गा बजारमा सोमबार दिउँसो १२ बजे सूर्य चिन्ह अंकित झण्डा बोकेर एमालेका समर्थक तथा कार्यकर्ताहरु भेला भइरहेका थिए । मध्य दिनको चर्को घाममा पनि एक पछि अर्को गर्दै त्यहाँ एमालेका समर्थक थपिँदै गए । सयौं कार्यकर्ता केहीबेरमा नै भेला भए । भेला हुनुको मुख्य कारण थियो पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुको नाम घोषणा । […]