Sajhamanch Archive

कमलमा निर्वाचन कार्यालयद्वारा आचारसंहिता सम्बन्धी छलफल

Published: in राजनीति, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कमलमा निर्वाचन कार्यालयद्वारा आचारसंहिता सम्बन्धी छलफल.

कमल । कमल गाउँपालिकामा स्थानीय निर्वाचन सम्पन्न गर्न स्थापित निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचनको लागि राजनीतिक दल तथा सञ्चार प्रतिष्ठानले पालना गर्नुपर्ने आचारसंहितका विषयमा छलफल गरेको छ । स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनसँग सम्बन्धित आचारसंहितका विषयमा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीसँग छलफल गरेको हो । निर्वाचनका […]

बिर्तामोडका २९ जना र शिवसताक्षीका ६ जना जनप्रतिनिधिले आज एकैदिन दिए राजीनामा

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका २९ जना र शिवसताक्षीका ६ जना जनप्रतिनिधिले आज एकैदिन दिए राजीनामा.

झापा । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका तथा आफ्नो दलले उम्मेदवार बनाउने छनक पाएका जनप्रतिनिधिहरुले हिजोआज धमाधम राजीनामा दिने लहर चलेको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरे बमोजिम फेरि जनप्रतिनिधि बन्न बहालवालाहरुले राजीनामा दिएका हुन् । यही सन्दर्भमा आज बिर्तामोड नगरपालिकाका २९ जना […]

निर्वाचनका लागि मोरङमा नेपाली सेनाको गस्ती सुरु, ४ हजार १ सय कर्मचारी खटिए

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on निर्वाचनका लागि मोरङमा नेपाली सेनाको गस्ती सुरु, ४ हजार १ सय कर्मचारी खटिए.

विराटनगर । प्रदेश १ का १ हजार ८ सय ७७ मतदान स्थलको सुरक्षाका लागि जनशक्ति परिचालनको काम अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश निर्वाचन आयोग विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता रहेका छन् । जसका लागि ४ हजार ५१ वटा […]

पाँच दलीय गठबन्धनका कारण महिला सहभागिता न्यून हुनेमा नेतृहरु चिन्तित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on पाँच दलीय गठबन्धनका कारण महिला सहभागिता न्यून हुनेमा नेतृहरु चिन्तित.

धरान । प्रदेश १ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहकार्यमा जनता मिडिया हव धरानले राजनीतिमा महिलाहरुको उपस्थिति र पहँचका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । आज बिहीबार धरानमा आयोजित अन्तरक्रियामा महिलाहरुलाई राज्यका निर्णायक तहमा पुर्याउन राजनीतिक दलहरु भन्दा माथि उठेर अभियान चलाउनु पर्ने बक्ताहरुले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेशसभा सदस्य सावित्री […]

वडाध्यक्ष भएपछि ‘मच्छड नियन्त्रण गर्ने’ कांग्रेसबाट वडा नं. ८ का उम्मेदवार कार्कीको घोषणा

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on वडाध्यक्ष भएपछि ‘मच्छड नियन्त्रण गर्ने’ कांग्रेसबाट वडा नं. ८ का उम्मेदवार कार्कीको घोषणा.

बिर्तामोड । नेपाली कांग्रेसबाट बिर्तामोड नगरपालिका वडा नं. ८ को वडाध्यक्षमा चिरञ्जिवी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । ‘अहिलेका जनप्रतिनिधिले मच्छडसम्म नियन्त्रण गर्न सकेनन्’ आज बिहान पत्रकार सम्मेलन गरेर उनले आफूलाई नेपाली कांग्रेसको सर्वसम्मत उम्मेदवार भएको सार्वजनिक गर्दै भने, ‘लामखुट्टे नियन्त्रण मेरो पहिलो प्राथमिकता हुनेछ ।’ जनताको सेवा गर्ने अभिष्ट पूरा गर्न वडाध्यक्षमा उम्मेदवारी दिने […]

मतदाता सत्ता गठबन्धन दलको बधुवा मजदुर हैनन्ः सचिव भटराई

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on मतदाता सत्ता गठबन्धन दलको बधुवा मजदुर हैनन्ः सचिव भटराई.

दमक । मतदाताहरु सत्ता गठबन्धन दलको बधुवा मजदुर नभएको नेकपा एमाले केन्द्रीय सचिव योगेश भटराईले बताएका छन्। प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सचिव भटराईले सत्तारुढ गठबन्धन दलले अहिलेका मतदातालाई बधुवा मजदुर बनाएर राख्न नसक्ने, आममतदाताहरु आफै स्वतन्त्र रहेको बताए । उनीहरुले सही विवेक प्रयोग गरेर […]

वडाको चौतर्फी विकासमा शिवसताक्षी ११ का जनप्रतिनिधिको अग्रणी भूमिका

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on वडाको चौतर्फी विकासमा शिवसताक्षी ११ का जनप्रतिनिधिको अग्रणी भूमिका.

शिवसताक्षी । निर्वाचित जनप्रतिनिधिले काम सम्हालेपछि शिवसताक्षी नगरपालिका वडा नं. ११ मा सडक, विजुली, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा उल्लेख्य मात्रामा काम भएको पाइएको छ । वडाका पूल, कल्भर्ट, मठमन्दिर, विद्यालय, पर्यटकीय क्षेत्र, सडक, विद्युत, नदीको कटान रोक्न तटबन्ध, विपन्नलाई आवासजस्ता आयोजनाहरु निर्माण सम्पन्न भएका हुन् । कतिपय वहुवर्षीय योजनाहरु सञ्चालनमा रहेको पाइएको छ । […]

कमल गाउँपालिकाद्वारा कृषकलाई धान रोप्ने मेसिन प्रदान

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाद्वारा कृषकलाई धान रोप्ने मेसिन प्रदान.

झापाको कमल गाउँपालिकाले आज एक कार्यक्रमका बिच कृषकलाई धान रोप्ने मेशीन प्रदान गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत प्रदेश सरकार बाट २५ प्रतिशत लागत साझेदारीमा लखनपुर स्थित साना किसान कृषी सहकारी सस्था मार्फत कृषकलाई धानरोप्ने मेसिन प्रदान गरेको हो । अधिकांश कमल गाउँपालिका बासी कृषिमा निर्भर भएकाले पालिकाले दिएको मेसिन धान रोप्न […]

हल्दिबारी गाउँपालिकामा जनप्रतिनिधिको नेतृत्व राप्रपाले गरे पनि विकासको नेतृत्व एमालेले गरेको उपाध्यक्ष गिरीको दावी

Published: in मुख्य समाचार, राजनीति, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on हल्दिबारी गाउँपालिकामा जनप्रतिनिधिको नेतृत्व राप्रपाले गरे पनि विकासको नेतृत्व एमालेले गरेको उपाध्यक्ष गिरीको दावी.

हल्दिवारी । झापाको हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले आफ्नो विभागीय नेतृत्वमा पाँच वर्षमा गरेका प्रगति विवरण सार्वजनिक गरेका छन् । आज बुधबार बिहान गाउँपालिकाको नयाँ प्रशासनिक भवनको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष गिरीले सिङ्गो पालिकाको प्रगति विवरण पनि समेटेका छन् । हल्दिबारी गाउँपालिकाले पाँच वर्षमा ४३ किलोमिटरभन्दा बढी कालोपत्रे सडक निर्माण गरेको उपाध्यक्ष गिरीले जानकारी […]

कनकाईमा कांग्रेसबाट मेयरका दाबेदार राप्रपामा प्रवेश

Published: (Updated: ) in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on कनकाईमा कांग्रेसबाट मेयरका दाबेदार राप्रपामा प्रवेश.

कनकाई । स्थानीय तहको निर्वाचनको मिति नजिक आइरहँदा पार्टीका जिम्मेवार व्यक्तिबाट दल परिवर्तन गर्ने कार्य पनि बढेको पाइन्छ । विभिन्न पार्टीमा भएको यस्तो गतिविधिले कनकाई कांग्रेसलाई समेत छोएको छ । पाँच वर्ष अघिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस कनकाईबाट मेयरको लाइनमा उभिएका नेता रमेश श्रेष्ठले आसन्न निर्वाचनको संघारमा पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका छन् […]