झापा । स्थानीय तह निर्वाचन हुनुभन्दा ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ। भारतको मधुवनी जिल्लास्थित जयनगरमा आज बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो। खुल्ला सीमा नाकाका […]
भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले भद्रपुर नगरपालिकाको प्रमुखमा नवराज पनेरू ’राजु’ र उपप्रमुखमा राधा कार्कीलाई उम्मेदवार घोषणा गरेको छ । नगरका १० वटै वडाका सबै पद (प्रमुख–उपप्रमुखसहित ५२ वटै पदमा उम्मेदवारी दर्ता गर्ने गरी उम्मेदवार घोषणा गरेको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि राप्रपाको तर्फबाट पनेरू र कार्की नै प्रमुख उपप्रमुखको उम्मेदवार थिए […]
कनकाई । झापाको कनकाई नगरपालिका स्वास्थ्य शाखामार्फत हालसम्म भएका उपलब्धीहरू सार्वजनिक गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले प्राथमिक स्वास्थ्य केन्द्र स्थापनासहित उपकरण जडान तथा कोरोना भाइरस महामारीको समयमा गरेको कार्यविवरण आज सार्वजनिक गरेको हो । नगरपालिकाले डिआर एक्सरे सञ्चालन, युएसजी सेवा सञ्चालन, इसिजी सेवा सञ्चालन, ल्याब सेवाको विस्तार, चौबिस घण्टे इर्मरजेन्सी सेवा सञ्चालन, स्वास्थ्य बीमा […]
मेचीनगर । प्रदेश १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश)ले धार्मिक आस्था मानिसको व्यक्तिगत स्वतन्त्रता र अधिकार भएको बताएका छन् । काँकरभिट्टामा आयोजित नेपाल बौद्ध धर्म संरक्षण समाज मेचीनगरको प्रथम अधिवेशनमा बोल्दै मन्त्री मगरले धर्मलाई राजनीतिसँग जोडेर हेर्न नहुने अथ्र्याएका हुन् । ‘धर्म र आस्था मानिसको व्यक्तिगत स्वतन्त्रता हो’ उनले भने, ‘धर्म र आस्था राज्यको हुँदैन […]
हल्दिबारी । प्रेस क्लब अफ हल्दिबारीको आयोजनामा आज शनिबारदेखि तीन दिवसीय आधारभूत पत्रकारिता तालिम सुरु गरिएको छ । हल्दिबारी गाउँपालिका न्यायीय समितिको आर्थिक सहयोगमा संचालित तालिममा हल्दिबारी क्षेत्रका ३० जना युवाको सहभागिता छ । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक डम्बरबहादुर गिरीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै […]
झापा । सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेदवारी तालमेललाई निष्कर्षमा पुर्याउन झापामा चार सदस्यीय कार्यदल गठन गरिएको छ । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित कार्यदलमा माओवादी केन्द्रका मोहन टुडु, नेकपा एकीकृत समाजवादीका नीलमणि बराल र जनता समाजवादी पार्टीका गौरीमान राई सदस्य रहेका छन् । गठबन्धन दलका जिल्लास्थित शीर्ष नेताहरुको आज बिर्तामोडमा सम्पन्न बैठकले १० […]
झापा । नेकपा एमालेलाई स्थानीय चुनावमा घुँडा टेकाउन कम्मर कसेर जुटेको पाँचदलीय गठबन्धनले कुनै पनि पालिकामा आजसम्म उम्मेदवार तय गर्न सकेका छैनन् । आज वैशाख २ गते दिउँसो उम्मेदवारहरु निर्धारण गर्न पाँचदलीय गठबन्धनको जिल्ला संयन्त्रको बैठक बसेको थियो । दिउँसो २ बजेदेखि साँझ साढे ५ बजेसम्म चलेको बैठक निश्कर्षमा पुग्न नसकेको जनाइएको छ । गठबन्धन […]
भद्रपुर । नेपाली कांग्रेस भद्रपुर वडा नं. ९ समितिले नयाँवर्ष २०७९ तथा सिरूवा पर्वको अवसरमा आज विविध सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान गरेको छ । वडा सभापति चेतनाथ भट्टराईको सभापतित्व तथा नेपाली कांग्रेस झापा जिल्ला उप–सभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेस झापा ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेल, […]
कमल । झापाको कमल गाउँपालिकाले गत चैत २७ गते हावाहुरी सँगै आएको असिना पानीबाट भएको क्षतिको विवरण संकलन गरी राहत प्रदान गर्ने भएको छ । गाउँपाकिा स्तरिय विपद् व्यवस्थापन समितीको आज बसेको बैठकले हावाहुरी सँगै आएको असिना पानीबाट भएको क्षतिको विवरण संकलन गर्ने र प्राप्त विवरणको आधारमा घरवासमा समस्या भएका जनतालाई पहिलो प्राथमिकतामा राखेर राहात […]
काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरेर २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जनाएको छ । अन्य मतपत्र पनि छाप्ने काम जारी रहेको आयोगको भनाइ छ । आयोगले सबै […]