काठमाण्डौ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ, सट्टामा नयाँ कर्मचारीलाई ल्याएको छ । आयोगले हिजो जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ हिजोदेखि नै हटाइएको हो । उनीहरूको ठाउँमा […]
भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले नगरभित्रका युवालाई व्यावसायिक रुपमा बेमौसमी खेती गर्न प्रोत्साहित गर्दै उद्यमी बनाउने उद्देश्यले टनेल वितरण गरेको छ । नगरपालिकाले नगरप्रमुख लघु उद्यम कार्यक्रममार्फत भद्रपुरका १० वटै वडाबाट ६–६ जना युवा कुषि उद्यमी छनोट गरी ६० जनालाई निःशुल्क रुपमा टनेल वितरण गरेको हो । आज बिहान नगरपालिका परिसरमा आयोजित एक […]
माईजोगमाई । इलामको माईजोगमाई गाउँपालिकाको धार्मिक एवम् पर्यटकीय क्षेत्र नयाँबजारको दुर्गा मन्दिर प्राङ्गणमा गणेश भगवानको प्रतिमा शिलान्यास गरिएको छ । करिब २१ फिट अग्लो प्रतिमा स्थापनाका लागि स्थानीय युवा व्यवसायी मुकेश भण्डारीले खर्च गर्ने भएका हुन् । उक्त प्रतिमा निर्माण र मन्दिर निर्माणको काम सम्पन्न हुँदा करिब १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको भण्डारीको […]
विर्तामोेड। प्रदेश तथा स्थानीय तह कानुन निर्माण र कार्यान्वयनको अवस्था विषयक एक दिने विचार गोष्ठी कनकाई नगरपालिका सुरुङ्गामा आयोजना गरिएको छ । प्रदेश सभा सचिवालयको आयोजनामा भएको उक्त कार्यक्रममा शिवसताक्षी नगरपालिका क्षेत्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी गरि ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लामीले स्थानीय, प्रदेश […]
कमल, चैत २१ । झापाको चारपाने स्थित साहारा नेपाल बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज विभिन्न कार्यक्रम गरी २७ औं वार्षिक उत्सव मनाएको छ । यसैक्रममा सस्थाको सेवाकेन्द्र दमकले समेत विभिन्न कार्यक्रम गरी २७ औं वार्षिक उत्सव मनाएको हो । सहारा नेपालले बचत तथा ऋणको मात्र कारोवार नगरेर समाज परिवर्तमा थुप्रै कार्यक्रम गर्नेगरेको छ […]
भद्रपुर । टाइफाइट बिरूद्ध भद्रपुरमा १७ हजार ९ सय १६ जना बाल बालिकालाई खोप लगाइने भएको छ । स्वास्थ्य शाखा भद्रपुरको आयोजनामा भएको राजनीतिक दल, सरोकारवाला शाखा प्रमुख तथा सञ्चारकर्मी सितको अन्र्तक्रिया कार्यक्रममा नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान अन्र्तगत बाल बालिकालाई विद्यालयमै पुगेर खोप लगाइने भएको हो । १५ महिना देखि १५ वर्षसम्म […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतारा प्रसाईले आफ्नो संयोजकत्वमा रहेका नगरपालिकाका विषयगत शाखाहरुको कार्य प्रगति विवरण आज सार्वजनिक गरेकी छन् । २०७४ साल असार १४ गतेको निर्वाचनबाट निर्वाचित भई असार २५ गतेदेखि उनले उपप्रमुखको जिम्मेवारी सम्हालेको जनाइन् । नगरपालिका प्रवेश गर्दा आफूहरुसँग काम गर्नका लागि कानुनको तर्जुमा नभएकाले सुरुमा असहज भएपनि क्रमशः कानूनको […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगर समृद्धको आधार मानेको रिङ्गरोड सडक पाँच वर्षमा १० किलोमिटर कालो पत्रे गरेको छ । नगर गौरवको आयोजनामा समेटिएको ३९ किलोमिटर सडकको १० किलोमिटर कालोपत्रे सम्पन्न गरेको हो । नगरपालिकाको धरमपुरबाट वडा नं. हुँदै सुरु भएको सडक माइधर सम्म आउँदा नगर सबै वडाहरुलाई छुने गर्दछ । सडकको काम गएको पाँचवर्षमा पुल, […]
कमल । राजनीतिक गतिविधिमा कुनै पनि दलले बालबालिकाको प्रयोग गर्न नहुने यहाँ आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले स्वीकार गरेका छन् । कमल बाल सञ्जालको आयोजनामा भएको कार्यक्रममा राजनीतिक दलका जिम्मेवार नेताहरुले राजनीतिक क्रियाकलापमा बालबालिकाको संलग्नता नरहने प्रतिवद्धता गरेका हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग हुने र यसले बालबालिकालाई असर […]
शिवसताक्षी । झापाको शिवताक्षीमा जनता आवाश कार्यक्रम अन्तर्गत बनाएको घरबार विहीन सुकुम्बासीलाई हस्तान्तरण गरिएको छ । आइतबार शिवसताक्षीका घरबार विहीन पाँच परिवारलाई नगरप्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपालले घरको चावी हस्तान्तरण गरेका हुन् । घर प्राप्त गर्ने सुकुम्बासीहरुमा शिवसताक्षी न.पा. ११ का धनबहादुर गुरुङ्ग, रामकुमारी मण्डल, प्रेम भेट्वाल, होमबहादुर सार्की र शिवसताक्षी न.पा. ८ की […]