झापा । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइनलाई शनिबारको बैठकमार्फत स्वीकृत गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइन तयार पारेको छ, […]
कमल । झापाको कमल गाउँपालिकाले वडा नम्वर ३ ले आफ्नो वडालाई वालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा कार्यक्रम अन्तरगत आज वडामा रहेका विद्यालयहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा आज वडा नम्वर ३ को केराधाप स्थित कन्चनजङ्गा आधारभुत विध्यालयको अगुगमन गरेको हो । जनप्रतिनिधी, राजनितीदलका प्रतिनिधी ,बालक्लवका प्रतिनिधी, संघ सस्थाका प्रतिनिधी ,वडाकार्यलयका कर्मचारी र संचारकर्मि सहितको […]
बिर्तामोड । आज मंगलबार बिर्तामोडका दुईवटा धार्मिक विद्यालयका विद्यार्थीहरुलाई नगरपालिकाले पोशाक वितरण गरेको छ । बिर्तामोड २ मा रहेको साङ्गवेद संस्कृत विद्याश्रमका ३१ जना र बिर्तामोड ६ मा रहेको हरिहर आश्रमका २९ जना विद्यार्थीहरुलाई गुरुकुलीय पोशाक कमिज सुरुवाल प्रदान गरिएको हो । संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले विद्यार्थीलाई कपडा प्रदान गरेका हुन् । सो […]
अर्जुनधारा । घरघर जाऔं कांग्रेस जिताऔं अभियान अन्तर्गत अर्जुनधारा १, २ र ३ नम्बर वडाको संयुक्त प्रशिक्षण कार्यक्रम खुदुनाबारीको शान्तिचोकमा आज सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर २ प्रदेश खका सभापति किरण श्रेष्ठको सभापतित्व एवम् नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाइको प्रमुख आतिथ्यमा कार्यक्रम सप्पन्न भएको हो। कार्यक्रममा पार्टीको इतिहास, संगठन र […]
दमक । भोलिदेखि सुरु हुने दमक गोल्डकपको अन्तिम तयारी पूरा भएको दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले जनाएको छ । दमक नगरपालिका वडा नं. ३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा प्रतियोगिता सञ्चालन गरिोछ । प्रतियोगितामा चार विदेशी टोलीसहित १० टिमको सहभागिता रहनेछ । साविक विजेता नेपाल पुलिस क्बल, त्रिभुवन अर्मी फुटबल क्लब, मनाङ मस्र्याङ्दी […]
भद्रपुर । सरसफाई तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाले भद्रपुर नगरपालिकामा सरसफाई सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ । गतवर्ष भद्रपुरको केही वडामा कार्यक्रम गरिएपछि कोरोना भाइरसको तेस्रो लहरका कारण रोकिएको कार्यक्रमलाई आज सोमबारदेखि निरन्तरता दिइएको क्लिन झापाका सचिव तथा सरसफाई योद्धा रुद्रबहादुर न्यौपानेले जानकारी दिएका छन् । सोमबार भद्रपुर वडा नं १० अन्तर्गत […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित श्रीकृष्ण टोल र पाथीभरा सिने प्लाजा टोल जोड्ने गरी अन्धुुवा खोलामा पूल निर्माण गरिने भएको छ । खोला वारीपारी गर्न समस्या भोग्दै आएका सो क्षेत्रका बासिन्दाको माग अनुसार फलामे पूल निर्माण गर्न लागिएको हो । आज सोमबार तत्कालीन संविधानसभाका सदस्य मनकुमार गौतम, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ८ मा आजदेखि ४ दिवसीय व्यक्तित्व विकास तथा माइन्युट लेखन तालिम सुरु भएको छ । १५ वटा टोल विकास संस्थाहरु रहेको वडा नं. ८ का करिब ४० जनाको सहभागितामा सञ्चालित उक्त तालिममा सहभागीहरुले औपचारिक कार्यक्रममा बोल्ने, कार्यक्रम सञ्चालन गर्ने एवम् माइन्युट लेख्ने सीप सिक्ने लक्ष्य लिएको जनाइएको छ । […]
विराटनगर । हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान अन्तरगत मोरङ जिल्लामा ११औं पटक अभियान संचालन भइरहेको छ । १०औं पटकसम्म संचालन भएको अभियान सफल हुन नसकेपछि ११औं पटक अभियान संचालन गरिएको हो । यस पटकको अभियानलाई प्रभावकारी बनाउन मोरङ जिल्लाका पालिकाहरूले विशेष अभियान संचालन गरेको बताएका छन् । अभियानलाई सफल बनाउन घरघरमा स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीको […]
बिर्तामोड । अनारमनी पब्लिक क्याम्पस बिर्ताबजारमा यही चैत ७, ८ र ९ गते वृहत खेलकुद महोत्सव गरिने तय भएको छ । करिब २ वर्ष लामो कोभिड–१९ को सन्त्रास एवम् महामारीले विद्यार्थीमा गिरेको मनोबललाई उँचो बनाउन तथा उनीहरुको आत्मबलमा वृद्धि गर्न खेलकुद प्रतियोगिता गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । क्याम्पसले आज बिहान पत्रकार […]