Sajhamanch Archive

बुद्धशान्ति वडा नं. ५ मा राष्ट्रिय युवा संघ गठन

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on बुद्धशान्ति वडा नं. ५ मा राष्ट्रिय युवा संघ गठन.

बुद्धशान्ति । राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्ति वडा नं. ५ को प्रथम ऐतिहासिक अधिवेशनले सन्जिब राईको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । संघको उपाध्यक्षमा दिलिप लिम्बू, सचिव डिल्ली भट्टराईसहित २१ सदस्यीय कमिटी गठन भएको हो । युवा संघ गाउँ कमिटी अध्यक्ष सुजन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका सदस्य […]

इटहरीमा जनप्रतिनिधिले गरे ‘ड्रिम प्रोजेक्ट’को शिलान्यास

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on इटहरीमा जनप्रतिनिधिले गरे ‘ड्रिम प्रोजेक्ट’को शिलान्यास.

इटहरी । इटहरी उपमहानगरपालिकाको नगर गौरवको सबैभन्दा ठूलो योजना कोल्ड स्टोरसहितको आधुनिक कृषि बजारको आज शिलान्यास गरिएको छ । इटहरी वडानम्बर ९ हाटखोलामा उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले संयुक्तरुपमा आधुनिक कृषि बजारको शिलान्यास गरेका हुन् । इटहरी उपमहानगरपाकिाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार २५ करोड ६ लाख ५ हजार रुपैयाँको लागतमा कोल्ड […]

महेन्द्रपार्कमा निर्माणाधिन सार्वजनिक शौचालय अलपत्र

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on महेन्द्रपार्कमा निर्माणाधिन सार्वजनिक शौचालय अलपत्र.

भद्रपुर । झापाको सदरमुकाम चन्द्रगढी–भद्रपुर क्षेत्रमा अतिआवश्यक सार्वजनिक शौचालय निर्माण कार्य थालेर पनि लामो समयदेखि अवरुद्ध छ । झण्डै एक वर्षअघि सुरु भएको शौचालय निर्माणकार्य अलपत्र हुँदा सरकारी काम लिएर सदरमुकाम आउने सेवाग्राही शौचको पीडा पाल्न बाध्य छन् । रोटरी क्लब अफ भद्रपुरले दुई महिनामा निर्माण सम्पन्न गर्ने गरी गत वैशाख ८ गतेबाट निर्माण थालेको […]

कनकाई प्याब्सनले गर्यो शैक्षिक व्यक्तित्व सम्मान

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कनकाई प्याब्सनले गर्यो शैक्षिक व्यक्तित्व सम्मान.

कनकाई । प्याब्सन कनकाई नगर समितिले शैक्षिक व्यक्तित्व सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शिक्षासेवी चन्द्रप्रसाद मैनालीसहित मरणेपरान्त स्व.गंगाप्रसाद उप्रेती र स्व. लक्ष्मण सुवेदीलाई सम्मान गरिएको हो । शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका, तत्कालिन कनकाई मावि सुरुङ्गाका प्रधानाध्यापक चन्द्रप्रसाद मैनालीले सरकारी सेवाबाट अवकास पछि पनि संस्थागत विद्यालय सञ्चालन गरेका थिए । आफ्ना परिवारका सदस्यहरुको […]

प्रेस चौतारी बिर्तामोड कमिटी गठन

Published: (Updated: ) in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on प्रेस चौतारी बिर्तामोड कमिटी गठन.

बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराईले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै पार्टी कमिटी तथा जनवर्गीय संगठन विस्तार गरिरहेको बताएका छन् । बुधबार बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलन तथा बिर्तामोड नगर भेलालाई सम्बोधन गर्दै उनले पत्रकारले सकारात्मक र वास्तविक समाचार प्रकाशन गर्नु व्यावसायिक धर्म भएको बताए । नगरकमिटीको गठन पछि […]

सर्वसाधारणका लागि खुला भयो भक्तपुरको रानीपोखरी

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on सर्वसाधारणका लागि खुला भयो भक्तपुरको रानीपोखरी.

काठमाडौं, भक्तपुरको ऐतिहासिक रानीपोखरी ९न्हू पुखू० आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको मंगरबार उद्घाटन गरे । सो अवसरमा उनले ‘जीर्णोद्वार’ पुस्तक पनि सार्वजनिक गरे । अध्यक्ष बिजुक्छेँले नेपाल संवत् ७५० मा जगज्योति मल्लको पालामा निर्माण भई राजा जितामित्र मल्लले पुनःनिर्माण गरेको रानीपोखरीको […]

इटहरीमा छात्रावास सहितको सुविधा सम्पन्न भवनको निर्माण कार्य सुरु

Published: in समाज, स्थानीय तह by . Leave a Comment on इटहरीमा छात्रावास सहितको सुविधा सम्पन्न भवनको निर्माण कार्य सुरु.

इटहरी । इटहरी उपमहानगरपालिकाको नगरगौरवको योजना अन्र्तगत कचना वुढिगंगा स्कुल इटहरी ४को छात्रावास सहितको सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ । इटहरी उपमहानगरपाकिाका प्रमुख द्वारिकलाल चौधरीले भवनको शिलान्यास गरेका हुन् । १५ करोड ४४ लाख ७७ हजारका लागतमा दुई बर्षभित्रमा छात्रावास सहितको तीन तले भवन निर्माण हुने उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । […]

योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी.

विर्तामोड । हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन (एम डि ए ० कार्यक्रम अन्तर्गत नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी बिर्तामोडमा सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न गोष्ठीमा फागुन २८ गतेदेखि सञ्चालन हुने हात्ति पाइले रोग विरुद्वको औषधी सेवन अभियानका बारेमा छलफल गरीएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन […]

कमल गाउँपालिका वडा नम्बर ४ द्वारा वालमैत्री घोषणा अभियानलाई तिब्रता

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिका वडा नम्बर ४ द्वारा वालमैत्री घोषणा अभियानलाई तिब्रता.

कमल । झापाको कमल गाउँपालिकाले वडा नम्वर ४ ले आफ्नो वडालाई वालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा कार्यक्रमलाई तिव्रता दिदै आज मोटरसाईकल र्याली गरेको छ । आगामी फागुन २३ गते वालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा कार्यक्रम अन्तरगत आज मगलवार वडालाइ वडाका सबै टोल विकास सस्थामा सचेतानमुलक मोटरसाईकल र्याली गरेको हो । कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल […]

इटहरीमा वाइपास गर्न मिल्ने तीन पुल निर्माण

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on इटहरीमा वाइपास गर्न मिल्ने तीन पुल निर्माण.

इटहरी । इटहरीचौकमा ट्राफिक चाप वढिरहेको वेला राजमार्गवाट वाइपास गर्न मिल्ने तीन वटा पुल निर्माण भएका छन । ती मध्ये दुइवटा पुलको पूर्व मुख्यमन्त्री भीम आर्चायले उदघाटन गरेका छन् । इटहरी वडा नम्वर ५ र १७ को सिमानामा रहेको सुकुमारी खोलापुल र वडा नम्वर ४ स्थित टेंग्राखोला पुल उदघाटन गरिएको हो । वडा नम्वर ४ […]