Sajhamanch Archive

गौरीगञ्जका विद्यालयहरुमा खानेपानी शुद्धीकरण परियोजना सञ्चालन पछि हस्तान्तरण

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह, by . Leave a Comment on गौरीगञ्जका विद्यालयहरुमा खानेपानी शुद्धीकरण परियोजना सञ्चालन पछि हस्तान्तरण.

गौरीगञ्ज । दक्षिणी झापाको सिमावर्ती गौरीगञ्ज गाउँपालिकाका विद्यालयमा खानेपानी शुद्धिकरण परियोजना अन्तर्गत वायोस्याण्ड फिल्टर प्लाण्ट निर्माण गरी हस्तान्तरण गरिएको छ । गाउँपालिकाको वडानम्बर ६ मा अवस्थित चिलारा प्राथमिक विद्यालय, आधारभूत जनकल्याण प्राथमिक विद्यालय, जनता आधारभूत विद्यालय, जनता प्राथमिक विद्यालय, तारा प्राथमिक विद्यालय, आदर्श प्राथमिक विद्यालय र मदरशा इस्लामिया हाफिजुल उलुममालाई वायोस्याण्ड फिल्टर प्लाण्ट निर्माण गरी […]

कमल गाउँपालिकामा सात दिवशीय कफि बनाउने तालिम सुरु

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा सात दिवशीय कफि बनाउने तालिम सुरु.

कमल । झापाको कमल गाउँपालिकाले स्थानीय युवाहरुलाई सात दिवशीय सीपमुलक तालिम दिन आजबाट सुरु गरेको छ । स्थानीय युवलाई सीपमुलक तालिम दिएर व्यवसायिक बनाउनने उद्देश्यले कफि बनाउने तालिम दिन सुरु गरको हो । पछिल्लो समय गाउँपालिकाले गाउँमै रहेका वेरोजगार युवा तथा कोभिडका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवालाई शीपमुलक तालिम प्रदान गरी गाउँ मै रोजगारी सृजना […]

स्थानीय तह चुनावको यथाशीघ्र मिति तोक्न निर्वाचन आयोगको आग्रह

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on स्थानीय तह चुनावको यथाशीघ्र मिति तोक्न निर्वाचन आयोगको आग्रह.

काठमाडौं । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार आयोगले एक विज्ञप्तिमार्फत तत्काल चुनावको मिति तोक्न सरकारलाई आग्रह गरेको हो । निर्वाचनको मिति तोक्न जति विलम्ब हुँदै जान्छ निर्वाचन व्यवस्थापनको काम त्यति नै जटिल बन्दै जाने भन्दै आयोगले छिटो निर्वाचनको मिति तोक्न आग्रह गरेको हो । प्रवक्ता शालिग्राम […]

अर्जुनधारा नगरपालिकामा अब आंशिक सेवामात्र

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on अर्जुनधारा नगरपालिकामा अब आंशिक सेवामात्र.

अर्जुनधारा । नगरमा कोभिड संक्रमण तिव्ररुपमा फैलिएको र स्वास्थ्यकर्मीसमेत संक्रमित भए पछि अर्जुनधारा नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक सेवा बाहेकका अन्य काम बन्द गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको हो । कोभिड नियन्त्रण र स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राख्दै नगरस्तरीय कोभिड संकट व्यवस्थापन समितिको माघ ६ गतेको सिफारिस […]

उपमहानगरपालिकाद्वारा विद्यार्थीलाई शैक्षिक प्रोत्साहन प्रदान

Published: in समाज, स्थानीय तह by . Leave a Comment on उपमहानगरपालिकाद्वारा विद्यार्थीलाई शैक्षिक प्रोत्साहन प्रदान.

इटहरी । इटहरी उपमहानगरपालिकाले क्याम्पस पढने दलित समूदायका विद्यार्थीलाई दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गरेको छ । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले प्रति विद्यार्थी २४ सयका दरले आज ३८ जना विद्यार्थीलाई प्रोत्साहन प्रदान गरेकी हुन् । उपमहानगरपालिकाले ६१ जना दलित विद्यार्थीका लागि एक लाख पचास हजार प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम अन्र्तगत आज ३८ जनालाई […]

इटहरीको भोटिया खोलामा पक्की पूल शिलान्यास, दुई वर्षमा निर्माण सम्पन्न हुने

Published: in प्रदेश तह, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on इटहरीको भोटिया खोलामा पक्की पूल शिलान्यास, दुई वर्षमा निर्माण सम्पन्न हुने.

इटहरी । नगरपालिकाको दक्षिणी सिमामा पर्ने वडा नम्बर १५ स्थित भोटिया खोलामा आज पक्की पूलको शिलान्यास गरिएको छ । इटहरी उपमहानगर पालिकाका प्रमुख द्वारिकलाल चौधरीले पूलको शिलान्यास गरेका हुन् । निर्माण कम्पनीसँग ४ करोड १६ लाख ४१ हजार रुपैयाँको लागतमा दुई वर्षमा पूल निर्माण गरिसक्ने सम्झौता छ । इटहरी र इनरुवा जोड्ने सो पूलको निर्माण […]

गोलधापमा लकडाउन

Published: in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on गोलधापमा लकडाउन.

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. १ ले शुक्रबारदेखि आफ्नो भूगोलमा लकडाउन गरेको छ । हल्दिबारी गाउँपालिका वडा नं. १ अन्तरगत कोरोना रोकथाम नियन्त्रण समितिसहितको सर्वदलीय बैठकले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि लकडाउन घोषणा गरेको हो । गोलधाप बजारमा रहेको जनजागृति माध्यमिक विद्यालयका शिक्षकसहित स्थानीय २१ जनालाई कोरोना संक्रमण देखिएपछि हल्दिबारी गाउँपालिका– १ नम्बर वडा […]

कमलनगर जेसीजको भवन शिलान्यास, निर्माण सहयोग धमाधम घोषणा

Published: in समाज, स्थानीय तह by . Leave a Comment on कमलनगर जेसीजको भवन शिलान्यास, निर्माण सहयोग धमाधम घोषणा.

कमल । कमलनगर जेसीजको सचिवालय शिलान्यास गरिएको छ । कमल गाउँपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको जेसीज भवनको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले शिलान्यास गरिदिएकी हुन् । भवन शिलान्यास पछि बोल्दै पालिका अध्यक्ष काफ्लेले युवाको व्यक्तित्व तथा क्षमता विकासमा काम गर्दै आएको एवम् सामाजिक गतिविधिमा सक्रिय पवित्र संस्थाको भवन निर्माणका आफूले संघ र […]

गौरादहमा खेले, बिर्तामोडबाट लिए पुरस्कार

Published: in खेलकुद, शिक्षा, स्थानीय तह by . Leave a Comment on गौरादहमा खेले, बिर्तामोडबाट लिए पुरस्कार.

बिर्तामोड । गौरादह नगरपालिका खेलकुद विकास समितिले संचालन गरेको प्रथम मेयरकप अन्तरपालिका स्तरीय कराते प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण गरेको छ। पौष २३ र २४ गते सम्पन्न प्रतियोगितामा बिर्तामोड नगरपालिकाबाट १० जना खेलाडी विजयी भएका थिए । आयोजकले विजेता खेलाडीहरुको पदक, ट्रफी र प्रमाणपत्र बिर्तामोड नगर खेलकुद विकास समितिलाई एकमुष्ट प्रदान गरेकोले आज यहाँ खेलाडीहरुलाई […]

बुद्धशान्तिका फोकल पर्सनलाई बालक्लब गठन सम्बन्धी तालिम

Published: in लोकप्रिय, शिक्षा, स्थानीय तह by . Leave a Comment on बुद्धशान्तिका फोकल पर्सनलाई बालक्लब गठन सम्बन्धी तालिम.

बुद्धशान्ति । बालमैत्री पालिका निर्माण अभियान अन्तरगत बुद्धशान्ति गाउँपालिका भित्रका विद्यालयका फोकल पर्सनलाई आज प्रशिक्षण दिइएको छ । समय संजाल मिडियाको आयोजना तथा बालबालिका तथा शिक्षा संचार मञ्च नेपालको समन्वयमा सो प्रशिक्षण गराइएको हो । सो कार्यक्रममा सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका शिक्षक प्रतिनिधि फोकल पर्सनहरुको सहभागिता थियो । गाउँपालिकाको सहयोगमा सम्पन्न प्रशिक्षणलाई संस्थाका अध्यक्ष […]