काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलका लागि ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसी प्लेइङ इलाभेनमा परेका छन् । जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप छनोटका समूह चरणको खेलमा यी तीनै जनाले खेल्न पाएका थिएनन् । कुशल मल्ल, आरिफ शेख र ललित राजवंशीलाई आराम दिँदै उनीहरुलाई मैदान उतारिएको हो । यूएईविरुद्धको खेलमा नेपालले […]
काठमाडौं । सन् २०२३ को ६ महिनामा चार लाख ७६ हजार पर्यटक नेपाल भित्रिएका छन् ।नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ । बोर्डका अनुसार सन् […]
कोशी प्रदेशमा मूख्यमन्त्री हिक्मत कार्कीको सरकार ढलेपछि बढेको अन्यौलसँगै प्रदेश प्रमुखले आइतबार नयाँ सरकार गठनका लागि आव्हान गरेका छन । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरू परामर्श गरे । प्रदेश प्रमुखले आइतबार बहुमत जुटाएर सरकार गठनका लागि दलहरुलाई आव्हान गर्ने तयारी गरर्ने बुझिएको छ । कोशीमा एमाले राप्रपा गठबन्धन र कांग्रेस, माओवादीलगायतको […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताको जीवनलाई सुखी बनाउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्ने बताएका छन् । त्यसका लागि अहिले सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले गम्भीर रुपमा चिन्तन मनन गर्नुपर्ने उनले बताए । नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई आज भक्तपुरमा सम्बोधन […]
काठमाडौं । धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल, सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ एक दर्जन कम्पनी । दुई दशकअघिसम्म सामान्य व्यवसाय गर्ने ललितपुर धापाखेलका भरत महर्जनले पछिल्लो १० वर्षमा खडा गरेको व्यावसायिक साम्राज्य ‘असाधारण’ नै थियो । आफूलाई स्वयं […]
काठमाडौं । श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ । शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो । आज सबै विमानहरुको परीक्षण गरेपछि सोमबारदेखि भने सबै उडानहरु नियमित रुपमा सञ्चालनमा आउनले […]
मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिका-३ हाँडीखोलामा अजिंगरको आतंकका कारण स्थानीय त्रसित बनेका छन्। दैनिकजसो अजिंगर भेटिन थालेपछि स्थानीय त्रसित बनेका हुन्। हाँडीखोलाको लामिटार जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएका छन्। लामिटारका लक्ष्मण राईको जंगलमा चराउन लगेको बोकालाई आक्रमण गरेपछि स्थानीय युवाले अजिंगर नियन्त्रणमा लिएका हुन्। उक्त अजिंगर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको […]
काठमाडौँ । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो। अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरोमा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले […]
छेन्दु । जनवादी चीनको पाँचदिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी आज श्रेष्ठ स्वदेश प्रस्थान गरेका छन् । उनलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)सिचुवान एयरलाइन्स कमिटीका सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले बिदाइ गरेका थिए । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री […]
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल बन्द नगर्न सरकारलाई आग्रह गरेका छन्। शनिबार स्वतन्त्र पार्टी मकवानपुरको थाहा नगरपालिकाको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले कुनै पनि बाहानमा भ्रष्टाचारसँग सम्बन्धित फाइल बन्द गरे स्वीकार्य नहुने चेतावनी दिएका हुन्। ‘भ्रष्टाचारको फाइल खोल्नका लागि मात्र खोल्ने र विभिन्न बाहानमा बन्द हुने भयो भने २०८४ मा […]