काठमाडौं । फौजदारी अपराधपीडितले अब क्षतिपूर्ति पाउने भएक छन् । यस्तो क्षतिपूर्ति अदालतबाट अपराधमा संलग्न ठहरिएको व्यक्ति वा राज्यले दिनुपर्नेछ । अपराधपीडितको हक कार्यान्वयन गर्न बनाइएको विधेयकमा क्षति मूल्यांकनका आधारमा क्षतिपूर्ति दिने व्यवस्था गरिएको हो । संसदमा आइतबार पेश गर्न लागिएको उक्त विधेयकम फौजदारी अपराधबाट अंगभंग भए, शारीरिक वा मानसिक स्वास्थ्यमा असर परे, मानसिक चिन्ता […]
काठमाडौं । सरकारले गुपचुप रुपमा जसलाई जति समय पनि नजरबन्दमा राख्न सक्ने प्रचलन अब हट्ने भएको छ । सार्वजनिक सुरक्षासम्बन्धी ऐन २०४६ संशोधन विधेयकमा कसैलाई गुपचुप नजरबन्दमा राख्न नपाइने व्यवस्था प्रस्ताव गरिएको छ । संसदमा दफावार छलफलसमेत भई पारित हुने अवस्थामा पुगेको विधेयकमा उल्लेख छ– ‘कुनै व्यक्तिलाई नजरबन्दमा राखिए स्थानीय अधिकारीले त्यसरी नजरबन्दमा राखिएको चौबीस […]
काठमाडौं । बहालवाला सहसचिव र सचिवहरुको स्वार्थअनुरुप निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० पुर्याउने चलखेल तीव्ररुपमा अगाडि बढेको छ । निजामती कर्मचारीको अवकाश हुने उमेर लामो समयदेखि बहसको विषय बन्दै अएको सन्दर्भमा तिनै कर्मचारीको स्वार्थअनुरुप संघीय निजामती सेवा ऐनमा अवकाश पाउने उमेर ६० बर्ष प्रस्तावित गरिएको छ । ऐनको धारा ५० मा ६० बर्ष […]
काठमाडौं । अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्रालयले स्थानीय तहहरुलाई लेखेको पत्रमा कार्यालयका विभिन्न सूचना एवं जानकारी अडियो नोटिस […]
काठमाडौं । नेपालमा पर्यटकीय गतिविधि र आर्थिक आम्दानीमा वृद्धि हुन थालेको छ । बाह्य र आन्तरिक दुवै पर्यटकको संख्या बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०७३/७४ मा ९ लाख पर्यटकबाट करिब ५८ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको छ । ०७४/७५ को जेठसम्मको हिसाबमा ६३ अर्ब रुपैयाँ आम्दानी भएको छ । ०७४ मा ५० लाख आन्तरिक […]
काठमाडौं । सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्केपछि यसको गुणस्तरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अख्तियारले छानबिनका लागि शुक्रबार पाँचसदस्यीय समिति गठन गरेको छ । सिक्टाको मूल नहरको गुणस्तरमाथि नै प्रश्न उठेकाले अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । ‘गहिरो अनुसन्धान गर्न पूर्ण अधिकारसहितको पाँच सदस्यीय समिति गठन […]
काठमाडौं । आउँदो भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुँदै छन्। उक्त नयाँ कानुनअनुसार सार्वजनिक स्थानको आवागमनमा बाधा पुर्याउनेलाई अब तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँ जरिवाना तथा दुवै सजाय हुने छ। मुुलुकी अपराध संहिता ऐन (२०७४) अनुसार अब सार्वजनिक सडक, बाटोघाटो, रज्जु मार्ग, केबुलकार मार्ग, विमानस्थल, रेल्वे […]
काठमाडौं । नेपालका अधिकांश पुल परम्परागत शैलीका छन्। तर अब नेपालमा पनि मौलिक संस्कृति र रहनसहन झल्किनेगरी विशेष खालका ‘सिग्नेचर पुल’को निर्माण हुने भएको छ। देशका विभिन्न भागमा निर्माण हुन लागेका यस्ता १० वटा पुलका लागि विश्व बैंकले आर्थिक सहयोग गर्न लागेको छ। त्यसलाई अन्तिम रूप दिन आगामी भदौ ५ गते विश्व बैंक र नेपालका […]
हिमाली जिल्ला ताप्लेजुङमा बलात्कारका घटना बढेका छन् । बुबाले छोरीलाई नातिले हजुरआमालाई समेत बलात्कार गरेको खुलेको छ । नौ बर्षकी बालिकासमेत बलात्कार भएकी छिन् । आठराई त्रिवेणी गाउँपालिकाकी १७ बर्षीया किशोरीलाई उनकै ४० बर्षीय बाबुले पटक—पटक बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ । किशोरीले बलात्कार भएको बताएपछि भागेका बुवालाई प्रहरीले पक्राउ गरेको जिल्ला […]
साउदी अरेबियामा ज्यान गुमाएका ४१ जना कामदारका परिवारले २१ करोड क्षतिपुर्तिवापत प्राप्त गर्ने भएका छन् । साउदीस्थित नेपाली दुतावासले आव ०७४÷७५ मा ७५ वटा ब्लडमनीसम्बन्धी मुद्धा दायर गरेकोमा ४१ वटामा फैसला आएको हो । त्यसबापत जम्मा २१ करोड ४३ लाख रुपैयाँ पीडितले प्राप्त गर्नेमा ११ करोड ४३ लाख रुपैयाँ नेपाल पठाईसकिएको साउदीस्थित नेपाली राजदुत प्रा. […]