काठमाडौं । बिमा कम्पनी खारेजीमा जाँदा सुरुमा विमित(ग्राहक) ले भुक्तानी पाउने सुविधा खोसिन लागेको छ। प्रस्तावित बिमा ऐनको विधेयकमा बिमितभन्दा अघि सरकार, बिमा समिति(प्रस्तावित बिमा प्राधिकरण) लगायतले भुक्तानी व्यवस्था पापउने व्यवस्था थपिएपछि यस्तो अवस्था आएको हो। विद्यमान व्यवस्था(बिमा ऐन ०४९० अनुसार कुनै कारणले बिमा कम्पनी खारेजीमा जाँदा सुरुमा दामासाहीमा लागेको खर्च र त्यसपछि बिमितले भुक्तानी […]
काठमाडौं । शस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी)अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको छ । बढुवालगायत अन्य वृत्तिविकासमा समेत उनीहरु अब निकै पछि पर्नेछन्। सशस्त्र प्रहरी उपरीक्षकद्वय कृष्ण ढकाल र मनिष थापाको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको हो। ढकाल सिसुका मोरङ […]
काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानवीन गर्न गठित छानवीन समितिले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित छानवीन समितिले ७ सय ५२ पेज भन्दा लामो प्रतिवेदन बुझाएको छ । समितिले ७५ जना बिरुद्ध मुद्धा दायर गरेको छ भने ४५ […]
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले देखाएको नाफामै महालेखाले आशंका व्यक्त गरिरहेको बेला सञ्चालन समितिले भने फेरि कर्मचारीलाई करोडौं बोनस बाँड्ने निर्णय गरेको छ । महालेखाको ५५ औं बार्षिक प्रतिवेदनमा नाफा सम्बन्धमा फरक फरक हिसाब आएकोले कर्मचारीलाई वोनस वितरण गर्नु गैरकानुनी हुने उल्लेख छ । तर, प्राधिकरण सञ्चालन समितिले केही साता अघि वोनस वितरणको निर्णय गर्दै स्वीकृतिका […]
काठमाडौं । मोबाइल हराएर तनावमा हुनुहुन्छ? हराएका मोबाइल पत्ता लगाउन यसअघि प्रहरी कार्यालयसमम जानुपर्ने र त्यसका लागि नियमित धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको ‘इक्विपमेन्ट आइडेन्टी रजिस्ट्रर(उपकरण पहिचान दर्ता) परियोजना अन्तर्गत हराएको मोबाइल खोज्नका लागि अनलाइनमै दर्ता गर्न सकिने व्यवस्था लागू गरेको हो। मोबाइल हराएको छ भने […]
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एक वर्षको अवधिमा विदेश भ्रमण गएका एक हजार पाँचसय भन्दा बढी कर्मचारीको भ्रमण औचित्यमाथि छानबिन थालेको छ। गत आर्थिक वर्ष २०७४ साल १ साउनदेखि २०७५ असार मसान्तसम्म विदेश भ्रमणमा गएका कर्मचारीबारे छानबिन थालिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार एक वर्षको अवधिमा विदेश गएकामध्ये अधिकांशको विवरण प्राप्त भइसकेको […]
काठमाडौं । असार मसान्तभित्र सबै स्थानीय तहमा बैंक पुर्याउने केन्द्रीय बैंकको निर्देशन भए पनि ११७ वटामा अझै बैंक पुगेका छैनन्। आवश्यक पूर्वाधार नभएकोलगायतका कारण देखाएर बैंकहरूले शाखा स्थापनामा ढिलाइ गरेको छ। राष्ट्र बैंकको निर्देशनअनुसार सबैं बैंकको निर्देशनअनुसार सबै बैंकहरूले तोकिएको स्थानमा शाखा खोलेका भए गत असारमै ७५३ स्थानीय तहमा बैंक पुग्ने थिए। तर, यथार्थमा यस्तो […]
नेकपामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि सांसदहरू भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ । उनीहरूमध्येबाटै एकजना मन्त्री हुने सम्भावना देखिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ । ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढकाल मोरङ ३, पोखरेल चितवन २ र नेम्वाङ पाँचथरबाट निर्वाचित भएका थिए । प्रधानमन्त्री […]
पुर्वीचौकी गाउँपालिका ५ काडामाडौं बालबालिकाको दुषित खोपका कारण ज्यान गएको ठहर सर्वोच्च अदालतले गरेको छ । ०६९ साल भदौ ३ गते डोटीको पुर्वीचौकी गाउँपालिका ५ साबिकको काडामाडौं गाविस मा दादुराको खोप लगाएपछि चारजना बालबालिकाको ज्यान गएको थियो । मृतक बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपुर्ति दिन सरकारलाई सर्वोच्च अदालतले आदेश थिएको छ । खोपकै […]
राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकाअन्तर्गत पर्छ मुसहरनियाँ गाउँ, मुख्य बजार क्षेत्रबाट झन्डै ५ किलोमिटर दक्षिणपूर्वमा पर्छ । पक्की सडक नभए पनि सदरमुकाम क्षेत्रसँग सहज आवतजावत हुन सक्ने गाउँ हो यो । गत जेठ २६ गते राति यसै गाउँका सुरज भनिने सूर्यनारायण साह, उनकी पत्नी र पाँच वर्षीया छोरीको सामूहिक हत्या भयो । घटना भएको […]