Sajhamanch Archive

शिवसताक्षीमा मत गणना कार्य अघि बढाउन सहमति जुट्यो, एकै साथ ३ वडाको मत गणना गरिने

Published: (Updated: ) in राजनीति by . Leave a Comment on शिवसताक्षीमा मत गणना कार्य अघि बढाउन सहमति जुट्यो, एकै साथ ३ वडाको मत गणना गरिने.

शिवसताक्षी । शिवसताक्षीमा गएको दुई दिन देखि रोकिएको मत गणना सुचारु हुने भएको छ । आज बसेको सर्वदलिय बैठकले मत गणना सुचारु गर्ने निर्णय गरेसँगै वडा न. २, ३ र ४ को मत गणना एकै साथ हुने भएको हो । शिवसताक्षी वडा नं. १ को मत गणनामा मुचल्का गरिएको भन्दा खसेको मत संख्या परक परेपछि […]

मत गणनाका लागि शिवसताक्षीमा सर्वदलिय बैठक जारी, यस्तो छ हालसम्मको नतिजा

Published: in राजनीति by . Leave a Comment on मत गणनाका लागि शिवसताक्षीमा सर्वदलिय बैठक जारी, यस्तो छ हालसम्मको नतिजा.

शिवसताक्षी । शिवतसाक्षीमा मत गणनाको लागि सर्वदलिय बैठक चलिरहेको छ । आइतबार बेलुका देखि स्थगित गरिएको मत गणना सुचारु गर्नका लागि निर्वाचन कार्यालय दूधेमा छलफल जारी रहेको हो । शिवसताक्षी नगरपालिका वडा नं. १ का नेकपा एमालेका प्यानलै विजयी घोषित भएको केही घण्टा पछि गठबन्धनका उम्मेद्वार तथा कार्यकर्ताहरुले मुचुल्कामा उठाइएको मत संख्या भन्दा गणनामा कम […]

अहिलेसम्म २ सय ४६ पालिकाको नतिजा सार्वजनिकः प्रमुखदेखि वडा अध्यक्षसम्म कुन दलको कति ?

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on अहिलेसम्म २ सय ४६ पालिकाको नतिजा सार्वजनिकः प्रमुखदेखि वडा अध्यक्षसम्म कुन दलको कति ?.

झापा । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म २ सय ४६ पालिकाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि रहेको छ । नेपाली कांग्रेसले १ सय १४ वटा पालिकाको प्रमुख जितेको छ । त्यस्तै एमालेले ६८ वटा र माओवादी केन्द्रले ५३ वटा पालिकाको प्रमुख जितेको निर्वाचन आयोगको विवरण छ । एकीकृत समाजवादीले […]

इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेसका केरुङ र उपाध्यक्षमा एमालेका योङहाङ निर्वाचित

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा कांग्रेसका केरुङ र उपाध्यक्षमा एमालेका योङहाङ निर्वाचित.

चुलाचुली । इलामको चुलाचुली गाउँपालिकामा वैशाख ३० गते सम्पन्न मतदानको मतगणना आज बिहान सम्पन्न भएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजेन्द्र केरुङ र उपाध्यक्षमा एमालेका दिलकुमारी लिम्बु योङहाङ निर्वाचित भएका छन् । मंगलबार बिहान ३ः१५ बजे सार्वजनिक अन्तिम मत परिणाम अनुसार आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका ओमनारायण खनाललाई पराजित गर्दै कांग्रेसका […]

धनकुटाको पाख्रीबास नगरपालिकामा गठबन्धन विजयी

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on धनकुटाको पाख्रीबास नगरपालिकामा गठबन्धन विजयी.

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ विजयी भएको छ । गएराति सम्पन्न मतगणना अनुसार ५ हजार ४ सय ९८ मतसहित गुरुङ विजयी भएको हो । निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका उम्मेदवार भीम राईले ५ हजार ५३ मत मात्र प्राप्त गरेका छन । एमाले उम्मेदवार राईलाई ४ सय ४५ मतान्तरले पराजित गर्दै […]

कछुवाको गतिमा मतगणनाः अर्को दुई सातासम्म नसकिने

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on कछुवाको गतिमा मतगणनाः अर्को दुई सातासम्म नसकिने.

झापा । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पर्सि बिहीबारसम्म सकिने भनेको मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने भएको छ। उनले निर्वाचन सकिएलगत्तै गरेको दाबीमा जेठ ५ गतेसम्म निर्वाचनको परिणाम आइसक्छ भनेका थिए । मतगणना यही गतिमा जाने हो भने अझै पूर्ण रूपमा मत परिणाम आउन काठमाडौँ महानगरपालिकालाई एक महिना नै नलाग्ला भन्न सकिन्न। काठमाडौँ […]

हल्दिबारी ३ मा एमालेको प्यानलै निर्वाचित

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on हल्दिबारी ३ मा एमालेको प्यानलै निर्वाचित.

हल्दिबारी। हल्दिबारी गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेद्वार विष्णुप्रसाद ओलीसहित प्यानल विजयी भएको हो । त्यस्तै सदस्यमा खुल्ला अजितकुमार विष्ट ८८८, कर्ण भण्डारी ८५८, महिला सदस्यमा विष्णुमाया तिम्सिना ९१९ र दलित महिला सदस्यमा शर्मिला विश्वकर्मा ९८० मत ल्याई विजयी भएका छन् ।

कनकाई नगरपालिका वडा नं. ४ मा नेकपा एमालेको प्यानलै विजयी

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on कनकाई नगरपालिका वडा नं. ४ मा नेकपा एमालेको प्यानलै विजयी.

कनकाई। कनकाई नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा रोशन सुवेदी निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट सुवेदीसहित एमालेको प्यानल नै विजयी भएको हो । वडाध्यक्ष निर्वाचित सुवेदीसहित एमालेको प्यानलले प्रतिद्वन्द्वीहरुलाई अढाई सयको मतान्तरले पराजित गरेको जनाइएको छ । वडाध्यक्षमा सुवेदीले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलप्रसाद दाहललाई हराएका हुन् । सुवेदीले १,५६८ मत प्राप्त […]

बिर्तामोडमा एमालेका प्रमुख उपप्रमुखको मत अग्रता ५१६ र १५३९ ले

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा एमालेका प्रमुख उपप्रमुखको मत अग्रता ५१६ र १५३९ ले.

बिर्तामोड । बिर्तामोड नगरपालिकाको साँझ १० बजे घोषित मत परिणाम अनुसार हालसम्म जम्मा मत ८,०२३ गणना भएको छ । नगरप्रमुखमा नेकपा एमालेका पवित्रादेवी महतरा प्रसाईंले ३,२१६ मत प्राप्त गरेकी छन् भने गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका भोजराज सिटौलाले २,७०० मत पाएका छन् । यस्तै राप्रपाका ध्रुव उप्रेतीले १,०५६ मत पाएका छन् । यसैगरी उपप्रमुख पदमा […]

कनकाईको मेयरमा एमाले र स्वतन्त्र, उपमेयरमा कांग्रेस र एमालेबीच रोचक प्रतिष्पर्धा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कनकाईको मेयरमा एमाले र स्वतन्त्र, उपमेयरमा कांग्रेस र एमालेबीच रोचक प्रतिष्पर्धा.

कनकाई । कनकाई नगरपालिकाको मतगणनास्थलबाट प्राप्त पछिल्लो मत परिणाम अनुसार हालसम्म १७ हजार ४८९ मत गणना सम्पन्न भएको छ । मतगणना चलिरहँदा नगरप्रमुख र उपप्रमुखका उम्मेदवारहरुले प्राप्त गरेको मत परिणाम निम्नानुसार रहेको छ । नगरप्रमुख : नेकपा एमालेः ५,७१८ । स्वतन्त्र (जेब्रा)ः ४,३६८ । नेपाली कांग्रेसः ४,१२९ । राप्रपाः १,४५७ । विवेकशीलः १०८ । नगर […]