हल्दिबारी गाउँपालिका लागि नेकपा एमालेका उम्मेदवारहरुले पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रलाई पार्टीको निर्देशन र जनताको आवश्यकतालाई ध्यानमा राखेर पालना गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिका अध्यक्षका उम्मेद्बार डम्बरबहादुर गिरी र उपाध्यक्ष पदका उम्मेद्बार शान्तादेवी गौतमले आफूहरु पार्टीको सिपाही र जनताको सेवक भएकाले विकासका लागि प्रतिवद्वतापत्र अक्षरशः कार्यान्वयन गर्ने बताएका हुन् । उनीहरुले आफ्नो ५ वर्षको […]
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा एमालेलाई मतदान गर्न सार्वजनिक रुपमा अपील गरेका छन् । मतदातालाई हस्तलिखित पत्र पठाउँदै उनले एमालेको नेतृत्वमा स्थानीय सरकार बनाउने अभियानमा सहयोग गर्न अपील गरेका हुन् । चिठीमा उनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न एमालेले तीनवटै तहमा स्पष्ट बहुमतसहितको सरकार बनाउन आवश्यक […]
कनकाई । कनकाई नगरबासीको विश्वास, माया, भरोसा र नेकपा एमालेको मजबुत संगठन एवम् समर्पित कार्यकर्ताको बलमा नेकपा एमालेले जीत हासिल गर्ने नगरप्रमुख पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले बताएका छन् । विगत ५ वर्षमा आफू र आफ्नो टिमले गरेका जनमुखी काम तथा नेकपा एमाले कनकाईले अघि सारेका चुनावी प्रतिबद्धता नै आफ्नो जीतको आधार भएको उनको भनार्इ छ […]
झापा । निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरेको छ । तर, आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता गर्दै सबै प्रमुख राजनीतिक दलले आफ्नो भेला तथा र्यालीमा बालबालिकाको निर्बाध रूपमा प्रयोग गरेको पाइएको छ । आचारसंहिताको उक्त व्यवस्थालाई बेवास्ता गरेर […]
मेचीनगर । नेकपा एमालेले आइतबार मेचीनगर–६ नम्बर वडामा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । एमालेका मेयर, उपमेयर पदका उम्मेद्वार सहितको घरदैलो अभियान अन्तरगत मेचीनगर–६ नम्बर वडासहित १३ वटा वडामा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । सोमबार मेचीनगर–२ र ३ नम्बर वडामा घरदैलो अभियान सञ्चालन हुनेछ ।मेचीनगर–६ को भानुटोल, पुरानो भन्सार, शान्ति गाँउ, रमाइलो गाँउ, […]
मेचीनगर । नेकपा एमालेबाट मेचीनगर मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले काँकरभिट्टामा बहुतलिय बहुउद्देश्य बसपार्क बनाउने योजना रहेको बताएका छन् । आइतबार मेचीनगर–६ स्थित काँकरभिट्टामा एमालेको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासी उम्मेद्रवार बुढोथोकील यस्तो कुरा बताएका हुन् । उनले साँघुरो बसपार्कका कारण साना–ठुला सवारी साधन तथा व्यापारिक भवनहरु नभएकाले पनि बहुतलिय बहुउद्देश्य बसपार्क […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाको लागि नेकपा एमालेका उम्मेदवारहरुले पार्टीले सार्वजनिक गरेको प्रतिवद्धता पत्रलाई अक्षरशः पालना गर्ने मतदातालाई विश्वास दिलाएका छन् । नगरप्रमुख पदका उम्मेदवार पवित्रा महतारा प्रसाईले चुनावी प्रचार अभियान अन्तर्गत वडा नं. ८ का विभिन्न स्थानमा भएका कोणसभालाई सम्बोधन गर्दै नगरको विकासका लागि प्रतिवद्धतापत्र हबहु कार्यान्वयन गर्ने बताएकी हुन् । विजयी भएर कार्यपालिका हाँकेको […]
राजगढ । नेकपा एमाले बाह्रदशीले घरदैलो अभियानलाई अन्तिम चरणमा पुराएको छ । वडा नं. १ देखि ५ नम्बरसम्म सम्पन्न घरदैलो आजबाट ६ नम्बरमा शुरु गरिएको अनेरास्ववियुका नेता सुरज कोइरालाले जानकारी दिए । उनका अनुसार घरदैलोमा एमालेप्रति आम मतदाताको सकारात्मक शुभेक्षा प्राप्त भइरहेको छ । गाउँपालिकाका अध्यक्षका उम्मेद्वार देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता खरेल, वडाध्यक्ष र […]
कमल । कमल गाउँपालिकामा अध्यक्ष पदका लागि ७ जना र उपाध्यक्ष पदका लागि आठ जना चुनावी मैदानमा उत्रेका छन् । यो पटकको स्थानिय तहको चुवावि प्रतिस्पर्धामा नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रेको छ भने । नेपाली काग्रेस , नेकपा माओवादी केन्द्र, नेकपा एस ,संघिय लोकतान्त्रिक राष्ट्रिय मन्च, लोकतान्त्रिक समाज वादी पाटी, मंगोल नेशनल अर्गनाईजेसन लगायत […]
मेचीनगर । मेचीनगर वडा नं. ७ मा मंगोल नेसनल अर्गनाइजेसनबाट वडा सदस्य पदमा उम्मेद्वार बनेकी तारादेवी दर्जी एमाले प्रवेश गरेकी छन् । उनले आजै नेकपा एमालेका उम्मेद्वारहरुलाई समर्थन गरेको वक्तब्य जारी गर्दै वडा सदस्यको उम्मेद्वारी फिर्ता लिएको समेत घोषणा गरेकी छिन् । “जनताको प्यारो पार्टी नेकपा एमालेका उम्मेद्वारहरुलाई जिताउन पर्छ भन्ने लागेर मैले उम्मेद्वारी फिर्ता […]