Sajhamanch Archive

बिर्तामोडलाई फोहोरमुक्त, सुरक्षित र समृद्ध बनाउने नगरप्रमुखका उम्मेदवारहरुको उद्घोष

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडलाई फोहोरमुक्त, सुरक्षित र समृद्ध बनाउने नगरप्रमुखका उम्मेदवारहरुको उद्घोष.

बिर्तामोड । बिर्तामोड नगरपालिकाको नगरप्रमुख पदका उम्मेदवारहरुले नगरलाई फोहोरमैला मुक्त र सुरक्षित शहर बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् । बिर्तामोडको व्यापारिक गतिविधिलाई थप बढाउने गरी खेलकुद, पर्यटन र कर प्रणाली व्यवस्थापनतर्फ विशेष योजना लागू गर्ने दाबी पनि गरेका छन् । उनीहरुले भौतिक पूर्वाधारसंगै सम्भावना बोकेका क्षेत्रको विकास गर्न नसक्दा बिर्तामोडले हासिल गर्नुपर्ने विकासको […]

झापा बजारमा गाउँपालिकास्तरीय एमालेको चुनावी सभा हुँदै

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on झापा बजारमा गाउँपालिकास्तरीय एमालेको चुनावी सभा हुँदै.

शरणामति । झापा गाउँपालिकामा आफ्ना अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सहितको नेकपा एमालेको समूहगत घरदैलो कार्यक्रमले पहिलो चरण पूरा गरेको छ । झापा गाउँपालिका एमाले युवा नेता बिक्रम बानियाँले दिएको जानकारी अनुसार गाउँपालिकाका ७ वटै वडामा अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार लिएर जनसमक्ष जाने कार्यक्रम पूरा भएको हो । वैशाख २५ गते बाँकी रहेका बस्ती र […]

मेचीनगरमा जंगली हात्तीबाट भोग्दै आएको समाधान गर्ने एमालेका उम्मेदवारहरुको प्रतिवद्धता

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा जंगली हात्तीबाट भोग्दै आएको समाधान गर्ने एमालेका उम्मेदवारहरुको प्रतिवद्धता.

मेचीनगर । नेकपा एमाले मेचीनगरका उम्मेदवारहरुले मानवीय र भौतिक क्षति नहुने गरी जंगली हात्तीको समस्यालाई समाधान गर्न नीति नै बनाएर अघिबढ्ने प्रतिवद्धता जनाएका छन् । शनिबार मेचीनगर–४ बाहुनडाँगीमा एमालेको चुनावी घरदैलो कार्यक्रममा मेचीनगरको नगरप्रमुख पदका उम्मेद्रवार गोपालचन्द्र बुढोथोकी, उपप्रमुख पदका उम्मेदवार मिना पोखरेल उप्रेती र वडाध्यक्षका उम्मेद्वार अर्जुनकुमार कार्कीले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । […]

हल्दिबारीको समग्र विकासमा एमालेले छलाङ मारेको दावी

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on हल्दिबारीको समग्र विकासमा एमालेले छलाङ मारेको दावी.

हल्दिबारी । स्थानीय तह निर्वाचन २०७९ मा हल्दिबरी गाउँपालिकामा नेकपा एमाले उम्मेद्बारहरुले वडा नम्बर ३ का विभिन्न स्थानमा घरदैलो तथा कोणसभा सम्पन्न गरेका छन् । गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित घरदैलोमा निस्किएका उम्मेदवारहरुले वडा नम्बर ३ को मेजर्नी चौक, ढडुवा, लक्ष्मी स्कुलचोक लगायतका स्थानमा र्याली, कोणसभा र घरदैलो गरेका हुन् । सो कार्यक्रममा उम्म्ेदवारहरुले सम्बोधन गर्दै जनताका […]

जनताले गराए नेतालाई तमसुक

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on जनताले गराए नेतालाई तमसुक.

झापा । स्थानीय निर्वाचन आउन अब ६ दिन मात्र बाँकी छ । दलहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा मतदातालाई लोभ्याउने बुँदा धेरै छन् । विकासका कुरादेखि नागरिकको दैनिकीसँग जोडिएका विषयलाई कुनै दलले पनि छुट्ट्याएका छैनन् । तर, चुनावमा जिताएर गाउँका सिंहदरबारमा एकपटक जनप्रतिनिधि पुयाइसकेका मतदाताले अहिले घोषणा पत्रलाई विश्वास गर्न छाडेका छन् । घोषणापत्रमा एउटा र जितेपछि […]

भद्रपुरको समृद्धिका लागि नगरप्रमुखका सबै प्रत्यासीको समान प्रतिबद्धता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on भद्रपुरको समृद्धिका लागि नगरप्रमुखका सबै प्रत्यासीको समान प्रतिबद्धता.

भद्रपुर । स्थानीय तह निर्वाचनमा नगरप्रमुख पदमा भद्रपुरमा उम्मेदवारी दिएका ७ वटा दलका प्रत्यासीहरुले समृद्ध भद्रपुर नगरका लागि समान प्रतिबद्धता जाहेर गरेका छन् । भद्रपुर जेसीजको आयोजनामा सम्पन्न सार्थक बहसमा सहभागी उम्मेदवारहरूले झापाको सदरमुकामसमेत रहेको भद्रपुर नगरपालिकाको उन्नतिका लागि उम्मेदवारी दिएको दाबी गर्दै सातै दलका प्रमुख पदका उम्मेदवारले समृद्ध भद्रपुरको प्रतिबद्धता जाहेर गरेका हुन् । […]

नेकपा एमाले शिवसताक्षी ११ मा बृहत चुनावी र्याली, एमालेमा आस्था, विश्वास र भरोसा (फोटो फिचर)

Published: (Updated: ) in फोटो, मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on नेकपा एमाले शिवसताक्षी ११ मा बृहत चुनावी र्याली, एमालेमा आस्था, विश्वास र भरोसा (फोटो फिचर).

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी ११ ले निकालेको चुनावी र्याली र घर दैलो कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले शिवसताक्षीका मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन), उपमेयर पदकी उम्मेद्वार नरमाया कार्की  , वडाध्यक्ष पदका उम्मेद्वार बहादुर आङ्गबो, वडा सदस्य प्रेम भुजेल, पर्शुराम अधिकारी, महिला सदस्य एलिना राई र दलित महिला सदस्य जुनु मोहोरा सहित […]

बिर्तामोड ९ मा शनिबार गठबन्धन दलले गरे घरदैलो

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on बिर्तामोड ९ मा शनिबार गठबन्धन दलले गरे घरदैलो.

बिर्तामोड । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सत्तारुढ गठबन्धन दलले शनिबार बिर्तामोड वडा नं. ९ मा घरदैलो अभियान सम्पन्न गरेको छ । नगरप्रमुख र उपप्रमुख पदका उम्मेदवारहरु तथा वडाका पाँचैजना उम्मेदवारको सहभागितामा विभिन्न टोलमा कोणसभा गर्दै गठबन्धन दलले घरदैलो कार्यक्रम गरेको हो । ‘१० दिन लामो घरदैलो कार्यक्रम हाम्रो वडामा सम्पन्न भएको छ’ […]

‘एमालेले जितेपछि बिर्तामोडलाई १६ वर्षे युवकजस्तो बनाउँछौं’

Published: in मुख्य समाचार, राजनीति, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on ‘एमालेले जितेपछि बिर्तामोडलाई १६ वर्षे युवकजस्तो बनाउँछौं’.

बिर्तामोड । नेकपा एमाले झापा जिल्ला कमिटीका सदस्य तथा बिर्तामोड नगरकमिटीका इञ्चार्ज देवराज कार्कीले अबको ५ वर्षभित्रमा बिर्तामोडलाई सुन्दर र लोभलाग्दो नगर बनाउने बताएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बहुमतका साथ विजयी हुने विश्वास व्यक्त गर्दै उनले २०७४ सालको निर्वाचन अघि कुपोषण लागेजस्तो बिर्तामोडलाई अहिले ३५ वर्षको हट्टाकट्टा […]

तोक्मेबुढा भन्छन् ‘अर्जुनधारामा नगरप्रमुखका उम्मेदवार गोम्देन रिजन र भिजन भएका नेता’

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on तोक्मेबुढा भन्छन् ‘अर्जुनधारामा नगरप्रमुखका उम्मेदवार गोम्देन रिजन र भिजन भएका नेता’.

अर्जुनधारा । हास्यकलाकार विल्सन बिक्रम राई (तोक्मेबुढा)ले अर्जुनधारा नगरपालिकाको विकासका लागि बलदेव गोम्देन सही व्यक्ति भएको बताएका छन् । अर्जुनधारा ७ मिलडाँडा चोकमा आज आयोजित चुनावी कोणसभामा आफ्नो कला प्रस्तुतिसँगै राखेको मन्तब्यमा उनले नगरप्रमुख पदका प्रत्यासी गोम्देन रिजन र भिजन भएका ब्यक्ति भनी प्रशंशा गरेका हुन् । अर्जुनधाराको समग्र विकासका लागि बलदेव उपयुक्त पात्र भएको […]