झापा । नेकपा एमालेका तर्फबाट बिर्तामोड नगरपालिकाको नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले अवका दिनमा विकास निर्माणसंगै उद्यमशिलता र रोजगारीको श्रृजना गर्न आवश्यक रहेको बताएकी छिन् । स्थानिय तह निर्वाचन प्रचार अभियानका क्रममा आज शुक्रवार वडा नम्बर ७ मा आयोजना गरीएको चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार प्रसाईले शिक्षा, पर्यटन, स्वास्थ्यको हबसंगै बिर्तामोडलाई उद्यमशिलता र व्यवसायिक करिडोरको […]
अर्जुनधारा । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले राष्ट्रिय आवश्यकताका आधारमा गठबन्धन भएको दावी गर्दै इमान्दारीपूर्वक पालना गर्न कांग्रेस कार्यकर्तालाई निर्देशन गरेका छन् । गठबन्धन दलका तर्फबाट अर्जुनधारा नगरपालिकाका लागि प्रमुखका उम्मेद्वार रञ्जिता कार्की, उपप्रमुख पदका उम्मेद्वार जितेश योन्जन, १० नम्बर वडाध्यक्षका उम्मेद्वार नारायण तामाङ एवं वडा सदस्यहरुको घरदैलो कार्यक्रममा पुगेका सभापति थेवेले १० नं. […]
कनकाई । स्थानीय तह निर्वाचनका लागि झापाको कनकाई नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले नगरको बेरोजगारी समस्या समाधान, नगरभित्रै रोजगारीको व्यवस्था तथा नगरवासीलाई गुणस्तरीय तथा सुलभ रुपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न आफू उम्मेदवार बनेको दाबी गरेका छन् । आफू निर्वाचित भए पछि कनकाई नगरपालिकालाई सुशासनयुक्त नगर बनाउने उनीहरुले दाबी प्रस्तुत गरेका हुन् । […]
अर्जुनधारा । आसन्न स्थानीय तह निर्वाचनमा अर्जुनधारा नगरपालिकाको प्रमुख पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या पहिलो प्राथमिकताका साथ समाधान गर्ने आश्वासन दिएका छन् । नेकपा एमालेबाट नगरप्रमुख पदका प्रत्यासी गोम्देनले चुनावी प्रचार अभियानमा बोल्दै अर्जुनधारामा रहेका भूमिहिन जनताहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासमा रहेकाहरुलाई जग्गा धनिपूर्जा वितरण गर्न आफू नेतृत्वको […]
झापा । स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र शुक्रबार सबै जिल्लामा पुग्ने भएको छ। निर्वाचन आयोगले मधेसबाहेकका जिल्लाको मतपत्र ढुवानी सकिएको जानकारी दिएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलले मधेसका जिल्लामा शुक्रबार साँझसम्म मतपत्र पुग्नेगरी ढुवानीको व्यवस्था मिलाएको जानकारी दिए। आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत तथा अन्य कर्मचारीलाई अति जरुरी, […]
झापाको कमल गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षको उम्मेदवार अग्निप्रसाद कोइराला भविष्य बोकेका एक सशक्त नेता हुन् । भवानीप्रसाद कोइराला र नरमाया कोइरालाको सन्तानका रुपमा २०३१ साल असार ३० गते उनको जन्म भएको हो । तत्कालीन तोपगाछी गाविस वडा नं. ७ हाल कमल गाउँपालिका वडा नं. ३ केर्खामा जन्मेका कोइरालाले दमक क्याम्पसमा […]
शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगरले बृहत र्याली सहित घरदैलो कार्यक्रम गरेको छ । शिवसताक्षीको दूधेबजारबाट सुरु भएको र्याली वडा नं. ९ को विभिन्न स्थानहरुमा कोणसभा गरी दूधेमा आएर कोणसभा सहित समापन गरिएको थियो । कोण सभामा बोल्दै नेकपा एमाले शिवसताक्षीका मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (रोशन)ले एमालेमा चुनावी आँधी आइसकेकाले अव कुनै शक्तिले पनि […]
भद्रपुर । स्थानीय तह निर्वाचनका लागि भद्रपुरमा सहकार्य गरिरहेका सत्तारुढ दलहरूको गठबन्धनले प्रचार प्रसारलाई तीव्र पारेका छन् । झापा सदरमुकाम तथा नेपालको पुरानो नगरपालिकाको ऐतिहासिक पहिचान बनाएको भद्रपुर नगरको समृद्धिको खाकासहित चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीको संयुक्त गठबन्धनले नगरका १० वटै वडामार्फत समय तालिका मिलाएर प्रचारप्रसार तीव्र गतिमा […]
शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले स्थानीय निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । सम्बृद्ध नगर बनाउने उद्देश्यले बनाइएको ६ पृष्ठको घोषणा पत्र आज शिवसताक्षीको दुधेमा आयोजना गरिएको कोण सभामा सार्वजनिक गरिएको हो । चुनावी प्रचारप्रसारका क्रममा शिवसताक्षी ९ घर दैलो कार्यक्रम समापनको क्रममा उक्त घोषणा पत्र माननीय संसाद एलपी साँवा लिम्बु र राजिव घिमिरेले […]
मेचीनगर । नेकपा एमाले मेचीनगरले वडा नं. २ का तीन जनालाई पार्टीविरोधी गतिविधि गरेको अभियोगमा पार्टीको सदस्यता समेत नरहने गरी निष्काशित गरेको छ । नगरका पार्टी अध्यक्ष राजु पोखरेलले आज प्रेस विज्ञप्ति जारी वडा नं. २ का भानु ढुंगेल, तुलसा धिताल र हरिचरण चौलागाईलाई पार्टीबाट निष्काशित गरिएको जनाए । वडा नं. २ को अध्यक्ष पदमा […]