नेपालमा सूर्याेदयको जिल्ला झापाको पूर्वी सिमानामा रहेको मेचीनगर नगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेको तर्फबाट मीना पोखरेल उप्रेती पुनः उम्मेद्वार बनेकी छन् । वि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा शानदार विजयी भई पाँचवर्षे कार्यकाल पूरा गरेकी उप्रेतीलाई नेकपा एमालेले पुनः उपप्रमुख पदको टिकट प्रदान गरेको हो । २०७४ सालको निर्वाचनमा काँग्रेस नेतृ दुर्गादेवी खतिवडालाई अत्याधिक मतले हराउँदै […]
झापा । बिर्तामोड नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने दोहोर्याएकी छन् । स्थानीय तह निर्वाचनको लागि चुनावी प्रचारको क्रममा वडा नम्बर ३ मा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । नगरप्रमुख उम्मेदवार प्रसाईले २०७४ सालको निर्वाचन पछि नगरमा रहेका सामुदायिक विद्यालयहरुको अवस्था फेरिएको […]
भद्रपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बर्चस्व राख्ने दाबी दोहोर्याएका छन् । झापाका विभिन्न पालिकाहरुमा मंगलबार भएका छुट्टाछुट्टै चुनावी सभाहरुमा अध्यक्ष ओलीले एमालेले स्पष्ट नीति तथा कार्यक्रमहरु लिएर जनतामाझ पुगेकाले आफ्नो पार्टीले बर्चश्व कायम गर्ने दावी गरेका हुन् । जिल्ला […]
दमक । जनता समाजवादी पार्टीका प्रदेश १ का अध्यक्ष प्रविण चाम्लिङले आफूहरुको पार्टीले दमक नगरमा उठाएका उम्मेदवार विजयी भएमा दमकमा बन्दै गरेको सभागृहको नाम शिलान्यास कै समयको कायम गर्ने बताएका छन् । दमक ९ मा बन्दै गरेको समुदायिक भवन शिलान्यासको समयमा राखिएको फाल्गुनन्द सभागृह नै कायम गर्ने उनको भनाई छ । दमकमा पार्टीको चुनाव प्रचार […]
शरणामति । नेकपा एमाले झापा गाउँ कमिटीले स्थानीय तह निर्वाचन–२०७९ का लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । झापा गाउँपालिकामा एमालेको सरकार बनाउने उद्घोषका साथ सार्वजनिक उक्त प्रतिबद्धता पत्रमा पूर्वाधार विकास, जनजीविका, वातावरण तथा पर्यटन, रोजगार, सामाजिक सुरक्षा, शिक्षा क्षेत्र, कृषि क्षेत्र लगायतका विषयवस्तु समेटिएको छ । एमाले नेतृत्व विजयी भएपछि जनमुखी कार्यक्रम लागू गरी […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बनेका बलदेव गोम्देन तामाङले आफुहरुको जित सुनिश्चित रहेको बताएका छन। अर्जुनधाराको २ नम्बर वडामा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले अहिलेको चुनावी माहोल जित तिर लम्किरहेकाले आफुहरुको जित निश्चित भएको बतााए । गोम्देनले आफुहरुको जितसंगै अर्जुनधारामा विकासको लहर ल्याउनले बताए ।उनले अर्जुनधारालाई समृद्ध र […]
बाह्रदशी । स्थानीय तह निर्वाचन केन्द्रीत घरदैलोमा एमालेबाट बाह्रदशीको उम्मेद्वार बनेका अध्यक्ष÷उपाध्यक्षलाई जनताको गुनासो सुन्न भ्याइनभ्याई छ । हरेक दिनको घरदैलोमा बाह्रदशीका बासिन्दाले पाँच वर्षको समय बर्वादी भएको सुनाइरहेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्षको कमजोर नेतृत्वका कारण अपेक्षित विकास नभएको गुनासो पोखेका छन् । बाह्रदशीबासी नागरिकको खानेपानी समस्या समाधान गर्न गाउँपालिकाले चासो […]
बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोडको नगरप्रमुख पदको उम्मेदवार पवित्रा महतारा प्रसाईले नगरभित्र निर्माण भएका सबै ज्येष्ठ नागरिक भवन, चौतारीहरुमा फ्रि–वाइफाई र पुस्तकालयको व्यवस्था गर्ने बताएकी छिन् बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी प्रचार अभियानका क्रममा विर्तामोड २मा आयोजना गरीएको कोण सभालाई सम्वोधन गर्दै नगरप्रमुखको उम्मेदवार प्रसाईले यस्तो बताएकी हुन् । उनले भौतिक पुर्वाधार,सडक,स्वास्थ्य,शिक्षा,कृषि,पशुपालन,पर्यटन […]
मेचीनगर । आसन्न बैशाख ३० गतेको स्थानीय तहको चुनावमा एक्लै मैदानमा उत्रेको नेकपा एमाले मेचीनगरका उम्मेद्वारलाई जनताले समस्यै समस्या राखेका छन् । चुनाव आउन ११ दिन मात्र बाँकी रहदा आफ्नो पक्षमा मत माग्न मतदाताको घर, बजार, पसल र बगानसम्म पुगेका एमालेका उम्मेदवारहरुलाई जनताले समस्यै समस्या पोखेका छन् । प्रतिकुल मौसमको पनि कुनै प्रवाह नगरी जनताको […]
काठमाण्डौ । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापित शेरबहादुर देउवाले आज मङ्गलवार केसी र खड्कालाई पार्टी प्रवेश गराउनुभएको हो । यस्तै अर्का कलाकार रवीन्द्र खड्कालाई पनि सभापित देउवाले पार्टी प्रवेश गराउनुभएको छ । अहिले उनीहरूको जिम्मेवारीको बारेमा केही बताइएको छैन ।