Sajhamanch Archive

एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा, आजै चारवटा चुनावीसभालाई सम्बोधन गर्ने

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा, आजै चारवटा चुनावीसभालाई सम्बोधन गर्ने.

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज गृहजिल्ला झापाका चारवटा चुनावीसभालाई सम्बोधन गर्न कार्यक्रम तय भएको छ। चन्द्रगढी उत्रिए लगत्तै उनले भद्रपुर नगरपालिकाको ज्ञानेचोकमा आयोजित सभालाई ११ः३० मा सम्बोधन गर्ने छन् । एमाले झापाका प्रचार विभाग प्रमुख गोपाल काफ्लेका अनुसार दिउँसो १ः३० बजे हल्दिबारी गाउँपालिकाको गोलधाप, दिउँसो ३ बजे मेचीनगर नगरपालिकाको धुलाबारी र […]

समुदायका समस्या समाधान एमालेको पहिलो प्राथमिकता : बलदेव गोम्देन

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on समुदायका समस्या समाधान एमालेको पहिलो प्राथमिकता : बलदेव गोम्देन.

अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकामा नगरप्रमुख पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले समुदायस्तरमा देखिएको समस्या समाधान आफ्नो पहिलो प्रथमिकता हुने बताएका छन् । चुनावी घरदैलोका क्रममा अर्जुनधारा ३ खुदुुुुनाबारीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै गोम्देनले समुदाय स्तरमा देखिएको समस्याहरुको समाधान आफ्नो पहिलो प्राथमिकता हुने दोहोर्याएका हुन् । एमालेका उम्मेदवार गोम्देनले खुदुनाबारीको भूगोलमा भइरहने जंगली हात्तीको […]

मेचीनगरमा नगरप्रमुख पदका उम्मेदवार गोपालचन्द्र बुढाथोकीलाई नजिकबाट चिनौं

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा नगरप्रमुख पदका उम्मेदवार गोपालचन्द्र बुढाथोकीलाई नजिकबाट चिनौं.

वि.सं. २०३८ सालदेखि नेपालको कम्युनिष्ट राजनीतिमा सुपरिचित नाम हो गोपालचन्द्र बुढाथोकी । २०३८ सालमा झापाको धुलाबारी माविबाट विद्यार्थी हुँदाका बखत सुरु गरेको राजनीति यात्रामा बुढाथोकीले झापालाई कर्मथलो बनाउँदै थुप्रै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् । औपचारिक शिक्षामा आईएसम्म अध्ययन गरेका बुढाथोकीले आफ्नो परिवारको आर्थिक कमजोरीका कारण वि.सं. २०४१ सालमा औपचारिक शिक्षालाई छोडेर यातायात मजदुरका रुपमा […]

झापा गाउँपालिकामा एमालेको बढ्दो प्रभाव

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on झापा गाउँपालिकामा एमालेको बढ्दो प्रभाव.

झापा । झापा गाउँपालिकामा नेकपा एमालेले मतदातासँग घरघरमा नै पुगेर साक्षात्कार गर्ने कार्यलाई निरन्तरता दिएको छ । यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन लक्षित घरदैलो तथा भेटघाटलाई एमालेले तीब्रता दिएको हो । जनताको घरआँगनमा गई उनीहरूका माग, दुःख–अप्ठ्यारा सुन्दै चुनावी अभियानलाई एमालेले अघि बढाइरहेको हो । एमाले जिल्ला कमिटी सदस्य मनोज ताम्ली, झापा […]

‘महिलाले आसन पाए सुशासन कायम हुन्छ’ : खड्गमाया पराजुली

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on ‘महिलाले आसन पाए सुशासन कायम हुन्छ’ : खड्गमाया पराजुली.

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको उपप्रमुख पदका उम्मेदवार खड्गमाया पराजुलीले महिलाले आसन पाए सुशासन कायम हुने बताएकी छन् । नेकपा एमालेबाट उपप्रमुख पदमा उम्मेदवार बनेकी पराजुलीले आज अर्जुनधारा ३ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै सुशासनका लागि महिलालाई नेतृत्व अनिवार्य भएको बताएकी हुन् । अहिलेको परिस्थितिमा महिलालाई नेतृत्व गर्नका लागि आसन चाहिएको छ भन्दै उपप्रमुख पदका […]

बुढाथोकी जनताको मात्र कुरा सुन्ने लोकप्रिय नेताः अग्नी खरेल

Published: in राजनीति, विविधा by . Leave a Comment on बुढाथोकी जनताको मात्र कुरा सुन्ने लोकप्रिय नेताः अग्नी खरेल.

मेचीनगर । नेकपा एमाले झापा इन्चार्ज अग्नी खरेलले मेचीनगरको मेयर पदका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी नेताहरुको कुरा नसुन्ने बरु जनताको कुरा मात्र सुन्ने लोकप्रिय नेता भएको बताएका छन् । सोमबार मेचीनगर–१३ स्थित चारआली चोकमा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । एमालेका पोलिटव्युरो सदस्य समेत रहेका नेता खरेलले ०७४ को स्थानीय […]

कनकाईको मेयरका प्रत्यासी बनेका पोखरेलको नेतृत्व भारी मतले विजयी हुनेः नेता खरेल

Published: in राजनीति, समाज by . Leave a Comment on कनकाईको मेयरका प्रत्यासी बनेका पोखरेलको नेतृत्व भारी मतले विजयी हुनेः नेता खरेल.

कनकाई । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज अग्नी खरेलले कनकाईको मेयरका प्रत्यासी बनेका राजेन्द्र पोखरेलको नेतृत्व भारी मतका साथ विजय हुने बताएका छन् । एमालेको नेतृत्वमा बनेको सरकारबाट भएको असल कर्मकै कारण फेरी पनि जनताले एमालेको नेतृत्व चाहेको भन्दै नेता खरेलले कनकाईमा एमालेको जीत सुनिश्चित भएको दावी गरे । नेकपा एमाले कनकाईले […]

को हुन् तुलसी खतिवडा ?

Published: in राजनीति, विविधा by . Leave a Comment on को हुन् तुलसी खतिवडा ?.

नेपालको कम्युनिष्ट आन्दोलनको एक अविचलित योद्धा हुन् तुलसी प्रसाद खतिवडा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.२ र ३ को दोसाँध खुदुनावारीमा उनको घर पर्छ । खतिवडाले शान्ति सामुदायिक वनको अध्यक्षको नेतृत्व समालेपछि अर्जुनधारा वडा –२ मा थप लोकप्रिय र मजबुत भए । सामाजिक संघसंस्थामा काम गर्दा कुशलतापूर्वक, आर्थिक पारदर्शिता सहित काम गर्न कुशल मानिने खतिवडा […]

स्थानीय तह निर्वाचनका लागि गठबन्धनको भद्रपुर प्रतिबद्धता सार्वजनिक

Published: in राजनीति by . Leave a Comment on स्थानीय तह निर्वाचनका लागि गठबन्धनको भद्रपुर प्रतिबद्धता सार्वजनिक.

भद्रपुर । स्थानीय तह निर्वाचनका लागि भद्रपुरमा सहकार्य गरिरहेका दलहरूको गठबन्धनले १३ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेका छन् । झापा सदरमुकाम समेत रहेको नेपालको पुरानो नगरपालिकाको ऐतिहासिक पहिचान बनाएको नगरको समृद्धिको खाका सहित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीको सम्युक्त गठबन्धनले साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । गठबन्धनका तर्फबाट प्रतिबद्धता पत्र […]

नमुना मतपत्रमा चिह्न नरहेको भन्दै उम्मेदवारले दिए निर्वाचन कार्यालयमा धर्ना

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on नमुना मतपत्रमा चिह्न नरहेको भन्दै उम्मेदवारले दिए निर्वाचन कार्यालयमा धर्ना.

धनुषा । नमुना मतपत्रमा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न नरहेको भन्दै स्वतन्त्र उम्मेदवारहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा बसेका छन् । सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा रहेको मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारहरु धर्नामा बसेका हुन् । नेपाली काँग्रेसबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा बागी बनेर लडेका स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले निर्वाचन कार्यालयबाट चुनाव चिन्ह पाएको दुई दिन […]