मोरङ । ३३ प्रतिशत महिला उम्मेद्ववार सुनिश्चित गर्न माग गर्दै नेपाल महिला संघ मोरङले विराटनगरमा प्रदर्शन गरेको छ। उम्मेदवार मनोनयन सुरु हुनुअघि आइतबार बिहान विराटनगरस्थित नेपाली काँग्रेस प्रदेश १ को कार्यालय परिषरमा महिला संघले प्रदर्शन गरेको हो। गठबन्धनका कारण महिलाहरुले पाउने ३३ प्रतिशत पनि कुण्ठित हुने अवस्था आएपछि महिला संघले स्थानीय तह निर्वाचनमा कम्तिमा ३३ […]
झापा । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरे। विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो। […]
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिर्तामोड नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित १० वटै वडाका अध्यक्ष र सदस्य उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । नगरप्रमुखमा ध्रुव उप्रेती र उपप्रमुखमा रन्जु प्याकुरेललाई उम्मेदवार बनाइएको हो । त्यस्तै वडाध्यक्षमा वडा नं १ मा जनक खड्का, २ मा शंकर रिजाल, ३ मा किरण पौडेल, ४ मा यज्ञराज प्रसाई (राजन), ५ […]
मेचीनगर । निक्कै रस्साकस्सीपछि नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको नगर प्रमुख र उपप्रमुखका उम्मेद्वारको टुंगो लगाइएको छ । शनिवार मध्यरातमा मात्र यी पदका उम्मेदवारको नाम टुंगो लगाइएको जनाइएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नगरप्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मीना पोखरेल उप्रेतीको नाम नेकपा एमाले १ नम्वर प्रदेश कमिटीले टुंगो लगाएको […]
काठमाडौं । सत्तारुढ गठबन्धनले आइतबार बेलुकामात्रै कहाँ चुनावी तालमेल गर्ने र कहाँ नगर्ने भन्नेबारे निर्णय लिने भएको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनमा देशभर चुनावी तालमेल गर्ने निर्णय गरेका छन् भने महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाट तालमेल गरेका छन् । अब […]
काठमाडौं । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरु टुंगो लगाएको छ । एमाले केन्द्रीय सचिवालय बैठकबाट महानगरपालिकातर्फ विराटनगर र उपमहानगरपालिकातर्फ जनकपुर र जितपुर सिमरा बाहेक अन्य पालिकाको प्रमुख उपप्रमुख उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंमा केशव स्थापित प्रमुख र सुनिता डंगोललाई उपप्रमुखको उम्मेदवार बनाइएको छ । ललितपुरमा हरिकृष्ण ब्यञ्जनकार प्रमुख र […]
झापा । नेकपा एमाले प्रदेश कमिटीले झापाको विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको नाम टुङ्गो लगाएको छ । प्रदेश १ का इन्चार्ज देवराज घिमिरेका अनुसार बिर्तामोड नगरपालिकाको प्रमुखमा हालका उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई उम्मेद्वार बनाइने छ । उपप्रमुखमा हाल वडा नं. २ का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौलालाई उम्मेद्वार बनाउने निर्णय भएको घिमिरेले जनाएका छन् । यस्तै […]
काठमाडौं । स्थानीय निर्वाचन नजिकिँदै जाँदा दल परिवर्तनको होडबाजी चलिरहेको छ। विशेष गरि नेपाली कांग्रेस सहित सत्तारुढ दलहरू पाँच दलीय गठबन्धनलाई स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने बताउन थाले पछि पार्टी परित्यागको लहर नै चलेको छ। आज नेपाली कांग्रेसकी नेतृ तथा नेपाल महिला सङ्घकी पूर्व केन्द्रीय सदस्य कुमारी आभा शर्मा नेपाली कांग्रेसका नेताहरूले सत्ता र पदका […]
कमल । कमल गाउँपालिकामा स्थानीय निर्वाचन सम्पन्न गर्न स्थापित निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचनको लागि राजनीतिक दल तथा सञ्चार प्रतिष्ठानले पालना गर्नुपर्ने आचारसंहितका विषयमा छलफल गरेको छ । स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनसँग सम्बन्धित आचारसंहितका विषयमा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीसँग छलफल गरेको हो । निर्वाचनका […]
झापा । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका तथा आफ्नो दलले उम्मेदवार बनाउने छनक पाएका जनप्रतिनिधिहरुले हिजोआज धमाधम राजीनामा दिने लहर चलेको छ । निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरे बमोजिम फेरि जनप्रतिनिधि बन्न बहालवालाहरुले राजीनामा दिएका हुन् । यही सन्दर्भमा आज बिर्तामोड नगरपालिकाका २९ जना […]