विराटनगर । प्रदेश १ का १ हजार ८ सय ७७ मतदान स्थलको सुरक्षाका लागि जनशक्ति परिचालनको काम अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश निर्वाचन आयोग विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता रहेका छन् । जसका लागि ४ हजार ५१ वटा […]
धरान । प्रदेश १ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहकार्यमा जनता मिडिया हव धरानले राजनीतिमा महिलाहरुको उपस्थिति र पहँचका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । आज बिहीबार धरानमा आयोजित अन्तरक्रियामा महिलाहरुलाई राज्यका निर्णायक तहमा पुर्याउन राजनीतिक दलहरु भन्दा माथि उठेर अभियान चलाउनु पर्ने बक्ताहरुले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेशसभा सदस्य सावित्री […]
बिर्तामोड । नेपाली कांग्रेसबाट बिर्तामोड नगरपालिका वडा नं. ८ को वडाध्यक्षमा चिरञ्जिवी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । ‘अहिलेका जनप्रतिनिधिले मच्छडसम्म नियन्त्रण गर्न सकेनन्’ आज बिहान पत्रकार सम्मेलन गरेर उनले आफूलाई नेपाली कांग्रेसको सर्वसम्मत उम्मेदवार भएको सार्वजनिक गर्दै भने, ‘लामखुट्टे नियन्त्रण मेरो पहिलो प्राथमिकता हुनेछ ।’ जनताको सेवा गर्ने अभिष्ट पूरा गर्न वडाध्यक्षमा उम्मेदवारी दिने […]
बिर्तामोड । झापामा नेकपा समाजवादी गठबन्धनबाट बाहिरिएको छ । गठबन्धनमा रहेको एउटा दल नेकपा समाजबादी बाहिरिएको प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिए । गठबन्धनमा सहमती नभएपछी समाजबादीले १५ पालिकामा उम्मेदवारी दिने तयारी गरेको सिग्देलले बताए । सत्तारूढ दलभित्र भागवण्डामा सहमति नजुटेपछि गठबन्धनमा बिबाद शुरु भएको छ । समाजबादीलाई गठबन्धनले सम्मानजनक ब्यवहार नगरेपछि समाजबादी बाहिरिएको […]
दमक । मतदाताहरु सत्ता गठबन्धन दलको बधुवा मजदुर नभएको नेकपा एमाले केन्द्रीय सचिव योगेश भटराईले बताएका छन्। प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सचिव भटराईले सत्तारुढ गठबन्धन दलले अहिलेका मतदातालाई बधुवा मजदुर बनाएर राख्न नसक्ने, आममतदाताहरु आफै स्वतन्त्र रहेको बताए । उनीहरुले सही विवेक प्रयोग गरेर […]
हल्दिवारी । झापाको हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले आफ्नो विभागीय नेतृत्वमा पाँच वर्षमा गरेका प्रगति विवरण सार्वजनिक गरेका छन् । आज बुधबार बिहान गाउँपालिकाको नयाँ प्रशासनिक भवनको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष गिरीले सिङ्गो पालिकाको प्रगति विवरण पनि समेटेका छन् । हल्दिबारी गाउँपालिकाले पाँच वर्षमा ४३ किलोमिटरभन्दा बढी कालोपत्रे सडक निर्माण गरेको उपाध्यक्ष गिरीले जानकारी […]
काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको छ। आज मध्यान्हदेखि प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ। आजको बैठकमा ११ उपमहानगर भागबन्डा गर्ने तयारी छ। गए राति अबेरसम्म पनि गठबन्धन बैठक बालुवाटारमा बसेको थियो तर सहमतिमा पुग्न सकेको थिएन। जनकपुर उपमहानगरमा कांग्रेस र जसपाले दाबी गरेका […]
काठमाडौं । पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिने सहमति बनेपछि असन्तुष्ट कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाएका छन्। नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै असन्तुष्टि पोखेका हुन्। सचिवद्वयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै […]
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न क्षेत्रका युवाहरूसँगको अन्तरक्रिया सुरु गरेका छन् । गोदावरीको सनराईज हलमा मध्यान्ह १२ बजेदेखि पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पेशागत क्षेत्रका युवासँग देशको समसामयिक परिस्थिती, समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा अन्तरक्रिया गर्न लागेका हुन् । उनको सचिवालयले दिएको जानकारी अनुसार […]
कनकाई । स्थानीय तहको निर्वाचनको मिति नजिक आइरहँदा पार्टीका जिम्मेवार व्यक्तिबाट दल परिवर्तन गर्ने कार्य पनि बढेको पाइन्छ । विभिन्न पार्टीमा भएको यस्तो गतिविधिले कनकाई कांग्रेसलाई समेत छोएको छ । पाँच वर्ष अघिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस कनकाईबाट मेयरको लाइनमा उभिएका नेता रमेश श्रेष्ठले आसन्न निर्वाचनको संघारमा पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका छन् […]