Sajhamanch Archive

निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाइयो

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाइयो.

काठमाण्डौ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ, सट्टामा नयाँ कर्मचारीलाई ल्याएको छ । आयोगले हिजो जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ हिजोदेखि नै हटाइएको हो । उनीहरूको ठाउँमा […]

भोलि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on भोलि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने.

काठमाडौं । निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । निर्वाचनको तयारीवारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले सम्भवतः शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्नेछ । ‘सम्भवतः आज अथवा भोलि बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्णय गर्ने’ निर्वाचन आयोग उच्च स्रोतले जानकारी दिएको छ । ‘निर्वाचन सुरु हुन करिबकरिब एक […]

शिवसताक्षी १० को वडाध्यक्षमा हर्कबहादुर सिगु उम्मेद्वार

Published: (Updated: ) in राजनीति by . Leave a Comment on शिवसताक्षी १० को वडाध्यक्षमा हर्कबहादुर सिगु उम्मेद्वार.

शिवसताक्षी । नेकपा एमाले वडा नं. १० मा आसन्न निर्वाचनका लागि वडा अध्यक्ष लगायत सदस्यहरुको नाम टुंगो लागेको छ । अध्यक्षको उम्मेद्वारका लागि हर्कबहादुर सिगुलाई सर्वसम्मत वडाले चयन गरेको हो । अध्यक्ष पदका आकाक्षी दीपक पोख्रेल र रोहिता भट्टराईले उमेद्वारी सुचिबाट नाम हटाएपछि सिगु एक मात्र उमेद्वार बनेका हुन् । वडा समितिको बैठकले वडा कार्यपालिका […]

नेकपा एमाले शिवसताक्षी ११ को वडाध्यक्ष पदका लागि आङ्गबो सर्वसम्मत

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on नेकपा एमाले शिवसताक्षी ११ को वडाध्यक्ष पदका लागि आङ्गबो सर्वसम्मत.

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी वडा ११ नं. वडाले वडाध्यक्ष लगायत सदस्यहरुको उम्मेद्वारका लागि नाम टुंगो लगाएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि वडा नं. ११ मा वडाध्यक्षको उम्मेद्वारमा बहादुर आङ्गबो नाम सर्व सम्मत टुंगो लागेको हो । वडाध्यक्ष पदको आकाक्षीमा डिल्लीरमण खतिवडा, देवेन्द्र खरेल र बहादुर आङ्गबोको नाम परे पनि डिल्लीरमण र देबेन्द्र […]

बार अध्यक्षमा घिमिरेको अग्रता कायमै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on बार अध्यक्षमा घिमिरेको अग्रता कायमै.

काठमाण्डौ । नेपाल बार एसोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिको चुनावको मतगणनामा वृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ । घिमिरेले अहिलेसम्म गणना भएकामध्ये नौ सय पाँच मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले चार सय ४७ मत प्राप्त गर्नुभएको […]

एमाले अध्यक्ष ओली तेस्रो पटक वीरगञ्जमा, पार्टी प्रवेश निरन्तर

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमाले अध्यक्ष ओली तेस्रो पटक वीरगञ्जमा, पार्टी प्रवेश निरन्तर.

वीरगन्ज । पर्सामा विभिन्न पार्टीबाट विजय भएका तीनवटा स्थानीय तहका उपप्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा यहाँको बहुदरमाई नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका र धोबीनी गाउँपालिकाका उपप्रमुख एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अबिर तथा माला लगाएर स्वागत गरेका छन् […]

आचारसंहिताबारे निर्वाचन आयोगको बैठकमै नाराबाजी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आचारसंहिताबारे निर्वाचन आयोगको बैठकमै नाराबाजी.

काठमाडौं । निर्वाचन आचारसंहिता कार्यान्वयन बारे छलफल गर्न आयोगले कार्यकक्षमा बोलाएको बैठकमा आज नाराबाजी भएको छ। आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएको भन्दै सना दलका नेताहरुले विरोध जनाएका हुन्। आयोगले आज आचारसंहिताबारे छलफल गर्न ७९ दललाई बोलाएको थियो। आचारसंहिताबारे छलफल नगरी हस्ताक्षर गर्न आयोगले दबाब दिएको नेपाली जनता दलका अध्यक्ष हरिचरण शाहले […]

नेपाल बारको चुनावः शनिबार मतदान, मंगलबार मतगणना सुरु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाल बारको चुनावः शनिबार मतदान, मंगलबार मतगणना सुरु.

काठमाडौं । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बिहान ९ बजेदेखि मतगणना सुरु गर्ने भनि तापनि व्यवस्थापन मिलाउँदा यति समय लागेको हो । बारको यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न […]

न्याय निरुपणमा बिर्तामोड नगरपालिका उत्कृष्टः उपप्रमुख प्रसाई

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on न्याय निरुपणमा बिर्तामोड नगरपालिका उत्कृष्टः उपप्रमुख प्रसाई.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतारा प्रसाईले आफ्नो संयोजकत्वमा रहेका नगरपालिकाका विषयगत शाखाहरुको कार्य प्रगति विवरण आज सार्वजनिक गरेकी छन् । २०७४ साल असार १४ गतेको निर्वाचनबाट निर्वाचित भई असार २५ गतेदेखि उनले उपप्रमुखको जिम्मेवारी सम्हालेको जनाइन् । नगरपालिका प्रवेश गर्दा आफूहरुसँग काम गर्नका लागि कानुनको तर्जुमा नभएकाले सुरुमा असहज भएपनि क्रमशः कानूनको […]

चितवनका ७ वटै पालिकामा गठबन्धन गर्ने पाँच दलको निर्णय

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on चितवनका ७ वटै पालिकामा गठबन्धन गर्ने पाँच दलको निर्णय.

झापा । चितवनका पाँच वटा राजनीतिक दलले आउँदो स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । आज सोमवार बिहान बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले वैशाख ३० गते हुने चुनावमा चितवनका सात वटै पालिकामा गठबन्धन गर्ने निर्णय गरेको हो । कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको […]