Sajhamanch Archive

मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो.

झापा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको […]

भद्रपुरमा माओवादी केन्द्रः वडा–वडामा वाइसीएल गठन हुँदै

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on भद्रपुरमा माओवादी केन्द्रः वडा–वडामा वाइसीएल गठन हुँदै.

भद्रपुर । माओवादी केन्द्र भद्रपुर नगर कमिटीले संगठन निर्माणलाई तीव्रता दिएको छ । स्थानीय तह निर्वाचन नजिकिएसँगै नगर कमिटीले विभिन्न भातृ संघ–संगठन गठन, पुनःगठनलाई तीव्रता दिएको हो । यसैबीच, नेकपा (माओवादी केन्द्र) २ नं. वडा समितिको आयोजनामा दुर्गा मगर (सञ्जिप) को अध्यक्ष ५१ सदस्यीय वाइसीएल वडा नं. २ कमिटी गठन गरेको छ । नवगठित कमिटीको […]

माधव नेपालसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’ मा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on माधव नेपालसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’ मा.

काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् । सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा […]

माधव नेपालसहित १४ जना सांसद विरुद्ध परेको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on माधव नेपालसहित १४ जना सांसद विरुद्ध परेको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदै.

काठमाण्डौ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसद विरुद्ध परेको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमालेबाट अलग हुनु अघि नै नेपाल सहितका १४ जना सांसदलाई दलबाट कारबाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना जारी नगरेको […]

अखिल नेपाल महिला संघ भद्रपुरको ५१ सदस्यीय कमिटी गठन

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on अखिल नेपाल महिला संघ भद्रपुरको ५१ सदस्यीय कमिटी गठन.

भद्रपुर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) भद्रपुरको नगर कमिटी गठन भएको छ ।नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटीको आयोजना भएको भेलाले सम्झना सत्यालको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो । नवगठित कमिटीको सचिव गंगा लम्साललाई बनाइएको छ । जिल्ला सदस्य शर्मिला खातीको अध्यक्षता र केन्द्रीय सदस्य सरु न्यौपानेको प्रमुख […]

नेपाली कांग्रेसमा स्थानीय चुनावको तयारी तीब्र

Published: in राजनीति by . Leave a Comment on नेपाली कांग्रेसमा स्थानीय चुनावको तयारी तीब्र.

बिर्तामोड । नेपाली कांग्रेसका झापाको आयोजनामा आज सम्पन्न शीर्ष नेताहरुको बैठकले एकताबद्ध भएर स्थानीय तह निर्वाचनमा जान कार्यकर्तालाई निर्देशन गरेको छ । पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले एकताबद्ध भएर झापाका सबै पालिकामा चुनाव जित्ने उद्घोष गरेका हुन् । बैठकमा सहभागी नेताद्वयले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएको हुँदा पार्टीको आन्तरिक […]

गठबन्धनलाई हरिणको संज्ञा दिँदै ओलीले भने- बाघ देखेपछि कुद्छ

Published: in राजनीति by . Leave a Comment on गठबन्धनलाई हरिणको संज्ञा दिँदै ओलीले भने- बाघ देखेपछि कुद्छ.

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनका दलहरूबीच चुनावी तालमेल भए पनि पार्टीलाई खासै फरक नपर्ने बताएका छन्। गठबन्धनलाई हरिणको संज्ञा दिँदै ओलीले एमाले बाघ भएको बताए। बाघअगाडि देखेपछि हरिण भाग्ने गरेको उनको टिप्पणी थियो। ‘गठबन्धन उहाँहरूको छनौट होइन बाध्यता हो,’ स्थानीय तह निर्वाचन प्रतिवद्धता पत्र तयारी कार्यशालालाई आज भर्चुअल रूपमा सम्बोधन […]

चुनावी तालमेलबारे आज निर्णय गर्ने कांग्रेसको तयारी

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on चुनावी तालमेलबारे आज निर्णय गर्ने कांग्रेसको तयारी.

झापा । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा अन्य दलसँग तालमेल गर्ने र नगर्ने भन्नेबारे आज निर्णय गर्ने तयारी गरेको छ । गएको शुक्रवारदेखि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकाले आज बस्ने बैठकले चुनावमा तालमेल गर्ने र नगर्नेबारे निर्णय गर्ने सम्भावना रहेको कांग्रेसका नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठक […]

रवीन्द्र मिश्रलाई कारबाही गर्न केन्द्रीय सदस्यहरू निर्वाचन आयोगमा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on रवीन्द्र मिश्रलाई कारबाही गर्न केन्द्रीय सदस्यहरू निर्वाचन आयोगमा.

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गर्न सोही पार्टीका बहुमत केन्द्रीय सदस्यहरू हस्ताक्षरसहित निर्वाचन आयोग गएका छन् । पार्टीको हिजो आइतबार बसेको केन्द्रीय समितिको बैठकमा रवीन्द्र मिश्रले एकलौटी निर्णय गर्दै २६ जनाको कारबाही सदर गरेसँगै पार्टीमा उत्पन्न विवादलाई निर्वाचन आयोगमा पुर्याउन लागिएको हो । आज सोमबार बिहान ९ बजे केन्द्रीय सदस्यहरुको बैठक […]

शेखर कोइराला पक्षका तरुण र विद्यार्थीको बैठक १ बजेदेखि

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on शेखर कोइराला पक्षका तरुण र विद्यार्थीको बैठक १ बजेदेखि.

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट तरुण र विद्यार्थी नेताहरुको आज अलग्गै बैठक बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल र नेविसंघमा एकलौटी नियुक्त गरेको भन्दै असन्तुष्ट कोइराला पक्षले काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज आफू निकट नेताहरुको छुट्टै बैठक बोलाएको हो । दिउँसो १ बजे सुरु बैठकमा संघर्षलाई कसरी अघि बढाउने […]