Sajhamanch Archive

एमालेसँग चुनावी तालमेलको ढोका खुलै छ : वर्षमान पुन

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमालेसँग चुनावी तालमेलको ढोका खुलै छ : वर्षमान पुन.

बुटवल, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूहरूले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् । पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धन आवद्ध कांँग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरूको रहेको बताए । ‘सत्ता गठबन्धनका दलहरू बीचमै चुनावी तालमेल गर्नेमा […]

कमल थापाको पार्टीले पायो निर्वाचन चिह्न तीर

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कमल थापाको पार्टीले पायो निर्वाचन चिह्न तीर.

काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तीर निर्वाचन चिह्न पाएको छ। गाई निर्वाचन चिह्न दावी गरिरहेको थापा नेतृत्वको पार्टीले उक्त चिह्न नपाउने आयोगको भनाइपछि भएकामध्ये तीर रोजेको हो। पार्टी अध्यक्ष थापाले आज जिल्ला अध्यक्षसँग भएको भर्चुअल साक्षात्मकारमा उक्त कुरा जानकारी गराएका हुन्। उनले आफूहरुले मागेको […]

कार्यकर्ता जस्तो भएर घरदैलोमा जान ओलीले दिए सांसदहरुलाई निर्देशन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कार्यकर्ता जस्तो भएर घरदैलोमा जान ओलीले दिए सांसदहरुलाई निर्देशन.

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सांसदलाई कार्यकर्ता जस्तो भएर स्थानीय तहको निर्वाचनमा खट्न निर्देशन दिएका छन्। देशभरि एमाले एक्लै चुनाव लड्ने बताउँदै सांँसद नेता जस्तो नभइ कार्यकर्ता जस्तो भएर घरदैलोमा पुग्न निर्देशन दिएका हुन्। अध्यक्ष ओलीको भनाइ उद्घृत गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, अध्यक्षज्यूले सांसदहरुलाई नेता जस्तो भएर होइन, कार्यकर्ता जस्तो […]

गठबन्धनको भर नपरौं, आफ्नै बलमा चुनाव जित्ने प्रयत्न गरौं : अध्यक्ष दाहाल

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गठबन्धनको भर नपरौं, आफ्नै बलमा चुनाव जित्ने प्रयत्न गरौं : अध्यक्ष दाहाल.

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा भर नपरेर आफ्नै बलमा चुनाव जित्ने प्रयत्न गर्नुपर्ने बताएका छन्। बुधबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यो चुनावलाई जीवन मरणको अवस्थाको रुपमा लिन आग्रह गरे। ‘हामी अहिले जीवन मरणको लडाईंमा छौं। स्थानीय चुनाव र पछि हुने प्रदेश र संघको चुनाव जित्नै पर्ने छ। […]

संसद अधिवेशन हठात् अन्त्य गरिनु संशयपूर्ण : एमाले

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on संसद अधिवेशन हठात् अन्त्य गरिनु संशयपूर्ण : एमाले.

काठमाडौं– नेकपा एमालेले प्रतिनिधि सभाको चालू अधिवेशन हठात रुपमा अन्त्य गरिएको भन्दै संशय व्यक्त गरेको छ। संसदीय दलको बैठकको सुरुवात गर्ने क्रममा प्रमुख सचेतक विशाल भट्टराईले सरकारले हठातमा अधिवेशन अन्त्य गरेको बताए। ‘प्रमुख प्रतिपक्षी दलसँग र अन्य कसैसँग छलफल नै नगरी हठात रुपमा अधिवेशन अन्त्य गरिएको छ,’ उनले भने, ‘छलफलका महत्त्वपूर्ण विषय थिए।’ उनले आजको […]

एमाले संसदीय दलको बैठक बस्दै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले संसदीय दलको बैठक बस्दै.

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बुधबार दिउँसो ३ बजेपछि बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सरकारले मङ्गलबार सङ्घीय संसद्को दुवै अधिवेशन अन्त्य गरिसकेको छ । राजनीतिक दलहरु स्थानीय तहको चुनावमा केन्द्रित छन् । एमाले बैठकमा समसामायिक […]

अभिनेत्री करिश्मा मानन्धर वैशाखमा एमाले प्रवेश गर्ने

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on अभिनेत्री करिश्मा मानन्धर वैशाखमा एमाले प्रवेश गर्ने.

काठमाडौं, सदाबाहर अभिनेत्री मानिने करिश्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्दैछिन्। पार्टीको स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते आयोजना गर्न लागिएको एक विशेष कार्यक्रममा मानन्धर एमाले प्रवेश गर्न लागेकी हुन्। उनलाई पार्टी अध्यक्ष केपी ओलीले स्वागत गर्ने कार्यक्रम तय भएको बताइएको छ। एक साताअघि पनि अभिनेत्री मानन्धरले अध्यक्ष ओलीलाई निवासमै पुगेर भेट गरेकी थिइन्। अभिनेत्री […]

इन्जिनियरको चुनावमा कांँग्रेस निकट सिडेनको प्यानल नै विजयी

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on इन्जिनियरको चुनावमा कांँग्रेस निकट सिडेनको प्यानल नै विजयी.

जनकपुर, नेपाल इन्जिनियर एसोसिएनको निर्वाचनमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन)को प्यानल नै विजयी भएको छ। कांग्रेस निकट इन्जिनियरहरूको संस्था विजयी भएको हो। डा.हरिबहादुर दर्लामीको नेतृत्वमा ३३ औँ केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दिएका २३ जना नै विजयी भएका छन्। दर्लामीको प्यानलबाट उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा रविभुषण झा, उपमहासचिवमा सरोज धिताल,कोषाध्यक्षमा दिनेश त्रिपाठी र सह-कोषाध्यक्षमा दीपक […]

सडक र विद्युतको विकासका लागि एमसीसी˸ महामन्त्री शर्मा

Published: in राजनीति by . Leave a Comment on सडक र विद्युतको विकासका लागि एमसीसी˸ महामन्त्री शर्मा.

भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसी परियोजना विद्युत र सडकको विकासका लागि आएको अमेरिकी सहयोग रहेको प्रष्ट पारेका छन् । नेपाली काँग्रेस भद्रपुर १० ले आयोजना गरेको परिचयात्मक तथा प्रशिक्षण कार्यक्रमलाई चन्द्रगढी स्थित प्रशिक्षण केन्द्रमा आज सम्पन्न कार्यक्रममा बोल्दै शर्माले झलनाथ खनाल प्रधानमन्त्री भएयताका सवै प्रधानमन्त्रीले अमेरिकी सरकारसित मागेको सहयोग परियोजना विद्युत र […]

एमाले सिद्धियो भन्ने नसोचौं, अझै सशक्त छ: देउवा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on एमाले सिद्धियो भन्ने नसोचौं, अझै सशक्त छ: देउवा.

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको समयमा आफ्नो पार्टीभित्र एकता नदेखिने गरेको गुनासो गरेका छन् । उनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमालें) एकताबद्ध पार्टी भएको पनि बताएका छन् । आज (बिहीबार) वीरगञ्ज पुगेर उनले सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूलाई चिढ्याउने र चिसो पसाउने भाषण र व्यवहार प्रस्तुत नगर्न पार्टीका नेताहरूलाई उनले […]