Sajhamanch Archive

एमसीसी सम्झौता गर्नेलाई ढुङ्गा हान्दैनन्, मलाई हान्छन् : अध्यक्ष ओली

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी सम्झौता गर्नेलाई ढुङ्गा हान्दैनन्, मलाई हान्छन् : अध्यक्ष ओली.

पोखरा, नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारमा बस्ने र एमसीसीको विरोधमा उत्रने सत्ता गठबन्धन आवद्ध दलहरूको कार्यप्रति कटाक्ष गरेका छन्। ‘एमसीसीका लागि चिठी पठाउने झलनाथ खनाललाई ढुङ्गा हानिन्न। बाबुराम भट्टराईलाई हानिन्न। ठीक छ भनी सही गर्ने महरालाई हानिन्न्’, जसपाका नेता कार्यकर्ता एमालेमा भित्र्याउन पोखरा पुगेका ओलीले भने, कांँग्रेसले पास गर्नुपर्छ भन्छ। उसलाई ढुङ्गा हानिन्न। सम्झौता […]

सत्तारुढ दलहरुको नयाँ समझदारी : एमसीसी पास हुने, गठबन्धन पनि जोगिने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सत्तारुढ दलहरुको नयाँ समझदारी : एमसीसी पास हुने, गठबन्धन पनि जोगिने.

काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गठबन्धन जोगाउने र अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)ले अनुमोदन पनि गर्न दिने बाटो रोजेका छन् । एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि दुवै दल विपक्षमा मत दिने अडानबाट पछि हटेका हुन् र अब उनीहरुले एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेश गर्दा अनुमोदनका लागि सहज वातावरण […]

गठबन्धन बचाउन अन्तिम कोशिस गर्ने माओवादी बैठकको निर्णय

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गठबन्धन बचाउन अन्तिम कोशिस गर्ने माओवादी बैठकको निर्णय.

काठमाडौ, सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित छलफल सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको दाहालको निजी सचिवालयले जनाएको छ । बैठक दाहाल निवास खुमलटारमा बसेको थियो । बैठकमा केन्द्रीय कार्यालयका साथै पूर्वस्थायी समिति सदस्य तथा मन्त्रीहरूको पनि उपस्थिति थियो । बैठकले अमेरिकी सहयोग […]

एमसीसी पास फेल जे भएपनि गठबन्धन कायम राख्ने : अध्यक्ष नेपाल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी पास फेल जे भएपनि गठबन्धन कायम राख्ने : अध्यक्ष नेपाल.

धनगढी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पासरफेल जे भएपनि सत्ता गठबन्धन कायम राख्ने सहमति भएको बताएका छन् । ‘एमसीसी पास/फेल जे भएपनि राष्ट्रिय राजनीतिमा सत्ता गठबन्धन एक ठाउँमा छ’, समाजवादी प्रेस संगठनले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने । अध्यक्ष नेपालले कुनै पनि देशको सैन्य गठबन्धकको क्रियाकलापमा सहभागी हुन नसक्ने बताए […]

प्रतिनिधिसभा बैठक १५ गतेसम्म स्थगित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रतिनिधिसभा बैठक १५ गतेसम्म स्थगित.

काठमाडौ, प्रतिनिधिसभा बैठक आगामी १५ गतेसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ । आज पनि सरकारकै आग्रहमा बैठक स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ । कानूनमन्त्री दीलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक स्थगित गर्नका लागि आग्रह गरेका हुन् […]

संसद् बैठक दिउँसो एक बजे बस्ने, एमसीसीमाथि छलफल हुने

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on संसद् बैठक दिउँसो एक बजे बस्ने, एमसीसीमाथि छलफल हुने.

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बिहीबारका लागि तोकिएको बैठक अन्तिम समयमा आएर आजका लागि सारिएको थियो। संघीय संसद सचिवालयले प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक विशेष कारण देखाउँदै बैठक आजका लागि सरेको हो। आजको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल हुने उल्लेख छ। […]

एमसीसीबारे निर्णय गर्न जसपाको बैठक बस्दै

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीबारे निर्णय गर्न जसपाको बैठक बस्दै.

काठमाडौ, सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज काठमाडौंमा बस्दै छ। एमसीसीसहितका एजेण्डामा आवश्यक छलफल गर्न बिहान ११ बजे केन्द्रीय कार्यालय बालकुमारीमा जसपाको बैठक बस्न लागेको हो। एमसीसीका सम्बन्धमा जसपामा एकरुपता छैन। अध्यक्ष उपेन्द्र यादव एमसीसी संसदबाट पारित गर्न नहुने पक्षमा छन् भने संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टलाई एमसीसी जसरी पनि पारित […]

सत्तारुढ दल कांँग्रेस र प्रतिपक्ष एमालेबीच सकारात्मक छलफल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सत्तारुढ दल कांँग्रेस र प्रतिपक्ष एमालेबीच सकारात्मक छलफल.

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांँग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो। उनीहरुबीच एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने, […]

नेपाली कांग्रेसको विर्तामोडमा अन्तरक्रिया

Published: (Updated: ) in राजनीति by . Leave a Comment on नेपाली कांग्रेसको विर्तामोडमा अन्तरक्रिया.

विर्तामोड । नेपाली काङ्ग्रेस झापा क्षेत्र न.२ (क ) र बिर्तामोड नगरपालिका ५ न. वडा समितिले संगठन बिस्तार सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । टोल समितिका पदाधिकारी, वडा समितिका पदाधिकारी÷सदस्य, क्षेत्रीय प्रतिनिधिहरुको सहभागितामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसको सांगठनिक अवस्था, विस्तारका लागि गर्नुपर्ने कार्यका बारेमा समीक्षा गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस झापाका […]

पूर्वप्रधानमन्त्री ओलीका दृष्टान्त, भनाई र विचारको सङ्ग्रह ‘समवेत दृष्टि’ सार्वजनिक

Published: in राजनीति, राष्ट्रिय समाचार, साहित्य by . Leave a Comment on पूर्वप्रधानमन्त्री ओलीका दृष्टान्त, भनाई र विचारको सङ्ग्रह ‘समवेत दृष्टि’ सार्वजनिक.

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ७१औं जन्मोत्सवको अवसरमा उनका दृष्टान्त, भनाई र विचार समेटिएको पुस्तक ‘समवेत दृष्टि’ सार्वजनिक गरिएको छ । बुधबार भक्तपुरमा आयोजित एक समारोहमा ओली, उनका बुवा मोहनप्रसाद ओली र पत्नी राधिका शाक्यद्वारा संयुक्त रूपमा पुस्तक लोकार्पण गरिएको हो । संजय खड्का र लोग्शरी कुँवरद्वारा संकलक तथा […]