Sajhamanch Archive

पार्टीभित्र कसैको असन्तुष्टि छैनः अध्यक्ष लिङ्देन

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पार्टीभित्र कसैको असन्तुष्टि छैनः अध्यक्ष लिङ्देन.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीका २४ जना मनोनीत पदाधिकारीलाई कार्यालयमा स्वागत गर्दै उनले पार्टीलाई बलियो र एकताबद्ध बनाउँदै अघि बढ्ने भन्दै पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको बताएका हुन् । उनले निवर्तमान अध्यक्ष कमल थापासँग धेरै विषयमा छलफल भएको […]

प्रदेश १ मा थपिए ८ मन्त्री, आजै लिए शपथ

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रदेश १ मा थपिए ८ मन्त्री, आजै लिए शपथ.

विराटनगर । मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश १ का प्रमुख पर्शुराम खापुङले ८ जना मन्त्रीलाई आजै शपथ ग्रहण गराएका छन् । थपिएका मन्त्रीहरुमा माओवादीका उपनेता रामकुमार राई खानेपानी, सिँचाइ तथा उर्जामन्त्री र माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगरलाई कृषिमन्त्रीमा नियुक्त गरिएको हो । यस्तै, सामाजिक विकास मन्त्रीमा नेकपा (एकीकृत समाजवादी) […]

माओवादी केन्द्रले आगामी केन्द्रीय समितिको बैठकबाट पदाधिकारी चयन गर्ने

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओवादी केन्द्रले आगामी केन्द्रीय समितिको बैठकबाट पदाधिकारी चयन गर्ने.

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी केन्द्रीय समितिको बैठकबाट पदाधिकारी चयन गर्ने भएको छ । दाबी गर्नेको सङ्ख्या धेरै भएपछि महाधिवेशन सकिएको एक महिनासम्म पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन् । यही माघ २७ गते हुने केन्द्रीय समितिको बैठकबाट पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र बाँकी केन्द्रीय सदस्य टुङ्गो लगाइने भएको छ । बैठकमा […]

प्रदेश १ सरकारले तीन महिनापछि मन्त्रिपरिषद् विस्तार गर्दै, यस्ता छन् सम्भावित मन्त्री

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश १ सरकारले तीन महिनापछि मन्त्रिपरिषद् विस्तार गर्दै, यस्ता छन् सम्भावित मन्त्री.

विराटनगर,  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्। मुख्यमन्त्रीमा नियुक्ति भएको तीन महिनापछि राईले मन्त्रालय थप गरी मन्त्रालय विस्तार गर्ने तयारी गरेका हुन्। नवनियुक्त मन्त्रीलाई बिहान ११ बजे शपथग्रहण गराउने कार्यक्रम तय भएको छ। श्रोतका अनुसार आइतबार कांग्रेसबाट तीन, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट दुईरदुई मन्त्री नियुक्त हुने भएका छन्। नेपाली […]

अमेरिकाले नेपाललाई दियो आगामी फागुन १६ गते भित्र एमसीसी अनुमोदन गरिसक्ने समयसीमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on अमेरिकाले नेपाललाई दियो आगामी फागुन १६ गते भित्र एमसीसी अनुमोदन गरिसक्ने समयसीमा.

काठमाडौं– अमेरिकाले नेपाललाई आगामी फागुन १६ गते (२८ फेब्रुअरी) भित्र एमसीसी अनुमोदन गरिसक्न समयसीमा दिएको छ। गएको सेप्टेम्बर २९ मा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ५ महिनाभित्र संसद्बाट एमसीसी अनुमोदन गरिसक्ने प्रतिवद्धता जनाएको स्मरण गराउँदै अमेरिकाले अस्ति शुक्रबार पत्र पठाएको हो। जानकार स्रोतका अनुसार शुक्रबार नै उक्त पत्र […]

स्थानीय तहको निर्वाचन समयमै नभए सरकारविरुद्ध जनपरिचालन गर्छौं : वरिष्ठ उपाध्यक्ष पोखरेल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तहको निर्वाचन समयमै नभए सरकारविरुद्ध जनपरिचालन गर्छौं : वरिष्ठ उपाध्यक्ष पोखरेल.

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा( एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन्। उनले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरे। सरकारले मिति घोषणा नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनको भनाइ थियो। एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी […]

कांँग्रेस प्रवेश गरे कपिलबस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख शाह

Published: (Updated: ) in प्रदेश तह, राजनीति, by . Leave a Comment on कांँग्रेस प्रवेश गरे कपिलबस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख शाह.

कपिलवस्तु, कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह नेपाली कांँग्रेसमा प्रवेश गरेका छन्। कृष्णनगरस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममार्फत् उनी कांँग्रेसमा प्रवेश गरेका हुन्। नगरप्रमुख शाह गत स्थानीय निर्वाचनमा स्वतन्त्र उमेद्वारका रूपमा विजयी भएका थिए। लुम्बिनी प्रदेशका कांँग्रेस सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य र साँसद अभिशेकप्रताप शाहले उनलाई कांँग्रेसमा स्वागत गरेका थिए।

कांँग्रेसले बोलायो कार्यसम्पादन समितिको पहिलो बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसले बोलायो कार्यसम्पादन समितिको पहिलो बैठक.

काठमाडौं- नेपाली कांँग्रेस कार्यसम्पादन समितिको पहिलो बैठक यही माघ २७ गते बस्‍ने भएको छ। कांँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दे पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाइएको बारे जानकारी गराएका हुन्। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाली कांँग्रेस कार्यसम्पादन समितिको बैठक २०७८ माघ २७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति […]

मतपत्र डिजाइनका लागि निर्वाचन आयोगद्वारा दरखास्त आह्वान

Published: in राजनीति, by . Leave a Comment on मतपत्र डिजाइनका लागि निर्वाचन आयोगद्वारा दरखास्त आह्वान.

काठमाडौं- आसन्न निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ। आयोगले मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त आह्वान गरेको हो। आयोगले शनिबार सूचना प्रकाशित गर्दै तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। आवेदन […]

३ महिनापछि टुंगियो कर्णालीमा मन्त्रालयको भागबन्डा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ३ महिनापछि टुंगियो कर्णालीमा मन्त्रालयको भागबन्डा.

सुर्खेत,  सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली कांँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कर्णाली प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा टुंग्याएका छन्। केन्द्रीय नेतृत्वसँगको समन्वयमा गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाएको हो । भागबन्डा अनुसार कांँग्रेसले सरकारको नेतृत्वसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय, माओवादी केन्द्रले उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, उद्योग पर्यटन वन तथा […]