बिर्तामोड । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले आफ्नो सिङ्गो पार्टी समयमा नै चुनाव गराउन गठबन्धन सरकारलाई दबाव दिइरहेकाे बताएका छन् । प्रेस चाैतारी नेपालकाे २४ओं स्थापना दिवस मनाउन झापामा आयाेजित कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला अध्यक्ष कार्कीले यस्ताे बताएका हुन् । आवधिक निर्वाचन गर्न गराउन दबाव दिइरहनुपर्ने अवस्था आउनुमा परमादेशी सरकारकाे अकर्मण्यता हाे भन्दै […]
काठमाडौं– १५ वर्षअघिको गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसँग राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण लिएको छ। मन्त्री यादवलाई बिहीबार केन्द्रीय कार्यालयमा बोलाएर स्पष्टीकरण लिइएको आयोगले जनाएको छ। त्यसक्रमा आयोगका अध्यक्ष तपबहादुर मगरले यादवलाई उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति नदोहोर्याउन निर्देशनसमेत दिएका छन्। ‘अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भए पनि त्यो अनियन्त्रित […]
काठमाडौ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार अपरान्ह सुटुक्क भेटेका छन्। अध्यक्ष ठाकुर एक्लै बालुवाटार पुगेर देउवासँग आधा घण्टा लामो संवाद गरेका हुन्। भेटका क्रममा ठाकुरले दुईवटा कुरा उठाएको उनीनिकट एक नेताले बताएका छन्। देउवासँगको संवादका क्रममा उनले मधेस आन्दोलका क्रममा चलाइएका मुद्दा फिर्ता र टीकापुर हत्यकाण्डका मुख्य दोषी […]
काठमाडौं– सत्तारुढ गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता सम्झौता एमसीसी संशोधन नगरी संसद्बाट पारित नहुने बताएका छन्। बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले यथास्थितिमा एमसीसी पारित नहुने स्पष्ट पारेका हुन्। उनले भने, हामीले अमेरिकी सहयोग लिनै हुन्न भनेका छैनौं। अन्य सहयोग लिइराखेका पनि छौं। तर, एमसीसीमा […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेससँग गठबन्धन टुटेमा नेकपा (एमाले)सँग चुनावी तालमेल हुनसक्ने बताउनुभएको छ । गठबन्धन आफूहरूका लागि मात्रै नभई कांग्रेसका लागि पनि अपरिहार्य भएको जिकीर गर्दै वरिष्ठ नेता खनालले केहि गरी कांग्रेससँगको सम्बन्ध टुटेमा अरु विकल्पमा जाने बताउनुभएको हो । ईमेज च्यानलको कार्यक्रम हट सीटसँग कुरा गर्दै नेता […]
काठमाडौं– नागरिक समाज तथा विभिन्न संघसंस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन्। नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, मानव अधिकार एलाइन्ससहित २२ वटा नागरिक समाज तथा विभिन्न संघसंस्थाले आगामी जेठ ४ गते निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएकोले सोही अनुसार मिति घोषणा गर्न आह्वान गरेका […]
झापा– नेकपा (माओवादी केन्द्र) दमकले पहिलोपटक संगठनमा मूल्यांकन पद्धतिको सुरुवात गरेको छ। केही दिनअघि एक वर्षे कार्ययोजना पारित गर्दै संगठन सुदृढीकरणमा लागेको माओवादीले मूल्यांकन पद्धतिको सुरुवात गरेको हो। पार्टी हितविपरीत काम गरेको भन्दै पार्टीका नेता नरहरि दाहाललाई ‘रातो कार्ड’ दिने निर्णयसमेत गरिएको छ। पार्टीका दमक नगर पूर्वअध्यक्ष तथा तत्कालीन कोचिला राज्य समिति सदस्यसमेत भइसकेका दाहाललाई […]
काठमाडौं– नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांँग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांँग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन्। उनले सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यसबारेमा पार्टीमा थप छलफल गरेर अघि […]
काठमाडौ, डिभिजन वन कार्यालय कैलाली अन्तर्गतको पचमुडिया सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले मोसो दले। ६/७ जनाको समूहमा कार्यालय पुगेका उनीहरुले सहायक वन अधिकृत पण्डितलाई कार्यकक्षभित्र मोसो दलेर थुनिदिएका थिए। र, अन्तिममा मार्ने धम्की दिएर गए। सामुदायिक वनबाट चन्दा उठाएको कुरा सार्वजनिक गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका […]
सप्तरी, सीके राउत नेतृत्वको जनमत पार्टीले आज (बिहीबार) बिहानैदेखि सप्तरीमा टायर बालेर प्रदर्शन गर्दै राजमार्ग बन्द गराएको छ। सीके राउतको सचिवालयका किसान आन्दोलनअन्तर्गत अनुसार सप्तरी–रुपनीमा चक्काजाम गरिएको हो।