विराटनगर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु प्रदेश १ कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै आज विराटनगरमा सडक बहस गरेको छ । विराटनगर ट्राफिक चौकमा आयोजित कार्यक्रमका बक्ताहरुले स्थानीय तहको निर्वाचन तत्काल घोषणा हुनुपर्ने बताएका छन् । निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको उनीहरुको भनाई छ । प्रदेश १ का पूर्व मुख्यन्यायाधिवक्ता चुडामणि आचार्यले […]
काठमाडौं– सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरुले अमेरिकी अनुदान सम्झौता (एमसीसी) का विषयमा अझै छलफल गरेर टुंगोमा पुग्ने समझदारी गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच बुधबार दिनभर विभिन्न चरणमा छलफल भएको थियो। छलफलका क्रममा नेताहरुबीच एमसीसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र […]
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न मातहत कमिटीलाई निर्देशन दिएको छ। बुधबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले पार्टी पंतिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको हो। सचिवालय बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचन पछि गर्ने निर्णय गरेको छ। जिल्ला अधिवेशनहरू भने स्थानीय तहको निर्वाचन अघि नै गर्ने निर्णय गरेको छ। […]
काठमाडौं– नेपाली कांँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन्। बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारको कामको समीक्षा गर्दै आवश्यक दिशानिर्देश गर्ने बताएका हुन्। कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उनले […]
काठमाडौ, सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरु फेरि छलफलमा जुट्ने भएका छन् । बुधबार बिहान ११ बजेदेखि एक घण्टा बालुवाटारमा छलफल गरेका तीन नेताहरु अहिले अपरान्ह ४ बजे बालुवाटारमा जुट्दैछन्। अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनले सत्ता गठबन्धनमा विवाद बढिरहँदा माओबादी केन्द्रमा अध्यक्ष पुस्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांँँग्रेसका सभापति एवं प्रधानमन्त्री […]
काठमाडौं। संसद्को चालु अधिवेशनबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) जसरी पनि पारित गर्ने मनस्थितिमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सक्रियता देखाएका छन्। उनले सत्ता गठबन्धनभित्र सहमति जुटाउन आफूनिकट नेपाली कांँग्रेसका नेताहरूलाई परिचालन गरेका छन्। एमसीसी पारित गर्न गठबन्धन दलभित्रैका नेताहरूबाट असहयोग हुने संकेत मिलेपछि प्रधानमन्त्री देउवाको दूत बनेर मंगलबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्र […]
सुर्खेत, कर्णाली प्रदेशमा सरकार र प्रमुख प्रतिपक्षी दल (एमाले) बीच सात बुँदे सहमति भएको छ। यो सहमतिसँगै त्यहाँको संसद् सुचारु हुने भएको छ। एमालेले आफ्ना माग पूरा नभएको भन्दै लामो समयदेखि संसद् अवरुद्ध पार्दै आएको थियो। सात बुँदे सहमतिसँगै एमालेले संसद् सञ्चालन गर्न दिने बताएको छ। सभामुख राजबहादुर शाही, मुख्यमन्त्री जीवनबहादुर शाही, प्रमुख प्रतिपक्षी दल […]
काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने एक नेताले बताए। एमाले सचिवालयमा पदाधिकारीहरु (१९ जना) सदस्य रहने व्यवस्था छ। बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विभागको भनाइ छ। साथै, बैठकमा विभाग गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायत विषयमा छलफल हुने कार्यसूची […]
झापा । झापाको कचनकवल गाउँपालिका वडा नं. ४ खुट्टामुनीमा निर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) केचनाको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संयुक्त रूपमा उद्घाटन गरेका छन् । बिओपी उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सशस्त्र द्वन्द्वको विषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षामा सशस्त्र प्रहरीले […]
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार १९.२९ अंकले बढेर २८९१.३३ को विन्दूमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ पनि ३.९८ अंकले बढेर ५४२.९० को विन्दूमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा बढेर साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ। बजार जानकार […]