Sajhamanch Archive

प्रधानमन्त्री देउवाले गरे स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने प्रस्ताव

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवाले गरे स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने प्रस्ताव.

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने गरी तयारी गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन्। मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ गते गर्नु नै उपयुक्त हुने भन्दै प्रस्ताव गरेका हुन्। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार देउवाको प्रस्तावमा निर्वाचन आयोगका पदाधिकारीहरु पनि सकारात्मक देखिएका छन्। […]

निर्वाचन मितिबारे आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on निर्वाचन मितिबारे आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा.

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग भेट्ने भएका छन्। स्थानीय तहको निर्वाचनको मितिका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई बोलाएका हुन्। दिउँसो ३ बजे प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच बालुवाटारमा छलफल हुने भएको छ। जेठमा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति बनेपछि देउवाले मितिका सन्दर्भमा छलफल गर्न आयोगका पदाधिकारी डाकेका हुन्। जेठको पहिलो साता एकै […]

कांँग्रेसले स्थानीय निर्वाचनमा तालमेलको अधिकार तल्लो संरचनालाई दिने !

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसले स्थानीय निर्वाचनमा तालमेलको अधिकार तल्लो संरचनालाई दिने !.

काठमाडौं- नेपाली कांँग्रेसले स्थानीय तहमा चुनावी तालमेल गर्नेरनगर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिने संकेत गरेको छ। स्थानीय तहको आवश्यकता अनुसार चुनावी गठबन्धन बनाउने अधिकार मातहतका कार्यसमितिलाई नै प्रत्यायोजन गर्ने तयारीमा कांग्रेस लागेको हो। घोषित रुपमा देशभर चुनावी तालमेल नगर्ने पक्षमा रहेको कांँग्रेसले ठाउँ विशेषमा भने गठबन्धन बनाउने रणनीति बनाउने भएको छ। गत निर्वाचनमा उम्मेदवार चयन प्रक्रियामा […]

अब बामदेबको पनि नयाँ राजनीतिक दल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on अब बामदेबको पनि नयाँ राजनीतिक दल.

काठमाडौ, नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन्। एमालेका पूर्वउपाध्यक्ष गौतमले यही माघभित्रै एउटा नयाँ पार्टी खोल्ने जानकारी गराएका हुन्। राष्ट्रियसभा सदस्यसमेत रहेका गौतम नयाँ पार्टी दर्ताका लागि केही दिनभित्रै निर्वाचन आयोग जाने तयारी रहेको बताइएको छ।

बिर्तामोड एमालेले जिल्ला पदाधिकारीसहित सदस्यलाई गर्यो सम्मान

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड एमालेले जिल्ला पदाधिकारीसहित सदस्यलाई गर्यो सम्मान.

बिर्तामोड । नेकपा एमाले झापाको हालै सम्पन्न १०औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा बिर्तामोडबाट निर्वाचित सदस्यहरुलाई आज यहाँ सम्मान गरिएको छ । नेकपा एमाले बिर्तामोड नगर कमिटीले जिल्ला कमिटीका अध्यक्ष दिपक कार्की, उपाध्यक्ष प्रेम गिरी, सचिव शिव ढुंगेल, उपसचिव असारु राजवंशीसहित बिर्तामोड नगरको भूगोलबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने २९ जनालाई सम्मान गरेको हो । नगर […]

परमादेश सरकार विरुद्ध शिवसताक्षीको दूधेमा विरोध प्रदर्शन

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on परमादेश सरकार विरुद्ध शिवसताक्षीको दूधेमा विरोध प्रदर्शन.

शिवसताक्षी । परमादेश सरकार विरुद्ध शिवसताक्षीको दूधेमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी र अनेराश्ववियु शिवसताक्षी नगर कमिटीद्वारा विरोध प्रदर्शन गरिएको हो । सरकारले गरेको मृल्यबृद्धि, असंविैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने चलखेलका विरुद्ध राष्ट्रिय युवा संघ र अनेराश्ववियुले संयुक्त रुपमा विरोध प्रर्दशन गरेका हुन् । विरोध र्यार्लीले दूधे बजार परिक्रममा गरी कोष […]

एमाले स्थानीय निर्वाचन तयारीका लागि सबै जनसंगठन परिचालन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले स्थानीय निर्वाचन तयारीका लागि सबै जनसंगठन परिचालन गर्ने.

काठमाडौ, प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न पाँच दलीय गठबन्धन सरकारलाई दबाब दिने निर्णय गरेको छ। थापाथलीमा सोमबार बसेको एमाले केन्द्रीय कार्यालयको बैठकले आगामी वैशाखभित्रै स्थानीय तह निर्वाचन मिति घोषणा गराउन सबै शक्तिका साथ सरकारलाई दबाब दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले बताएका छन्। सरकारमाथि दबाब बढाउन पार्टीका सबै जनसंगठनलाई […]

एमसीसी पारित गराउन ओलीले राखे ३ सर्त

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी पारित गराउन ओलीले राखे ३ सर्त.

काठमाडौ, लामो समयदेखि जारी विवादित अमेरिकी परियोजना एमसिसीको बारेमा फेरि एकपटक बहस सतहमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी परियोजना छिटोभन्दा छिटो संसदबाट पारित गराउने तर्कसहित अघि बढेपछि यो बहस सतहमा आएको हो । सत्ता गठबन्धनमा रहेका अन्य दलहरूले यथास्थितिमा एमसिसी परियोजना पारित गराउन नहुने तर्क अघि सारेपछि तीव्र मतभेद सुरु भएको छ । […]

एमाले केन्द्रीय कार्यालयको बैठकमा स्थानीय निर्वाचनबारे छलफल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले केन्द्रीय कार्यालयको बैठकमा स्थानीय निर्वाचनबारे छलफल.

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक केन्द्रीय कार्यालय, थापाथलीमा जारी छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बैठक बसेको हो । एमाले विधानमा महासचिव नेतृत्वको कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ । बैठकले पार्टी र जनसंगठनको आन्तरिक अधिवेशन र आगमी स्थानीय चुनावबारे छलफल गर्ने छ ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेट

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेट.

काठमाडौं, प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । यसअघि सत्तागठबन्धनका दलहरुबीच स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्ने सहमति जुटेको छ । पछिल्लो समय अमेरिकी […]