भद्रपुर । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले झापामा सरकारको विरुद्ध दिनहुँ जसो विरोध प्रदर्शन गरिरहेका छन् । यसै क्रममा युवा संघ नेपाल भद्रपुर नगर कमिटीले परमादेश सरकारको गलत रवैयाविरुद्ध भद्रपुरमा विरोध प्रदर्शन गर्दै कोण सभा सम्पन्न गरेको छ । युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्न माग […]
विराटनगर, नेपाली कांँग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। विराटनगरस्थित कोइराला निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिए। उनले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानुन परिवर्तन गरेर […]
काठमाडौ, नेपाल कम्युनिष्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीबाटै निष्कासन गरेको छ । पार्टीको अहितमा काम गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले कट्टेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । अध्यक्ष कट्टेललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै कार्यबाहक अध्यक्षको जिम्मेवारी लोकनारायण सुवेदीलाई दिइएको नेपाल कम्युनिष्ट पार्टीले १३ माघमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ […]
काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले शहीदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ-आफ्नो तर्फबाट इमानदारीका साथ भूमिका खेल्नुपर्ने बताएकी छन् । आज शहीद दिवसको अवसरमा सन्देश जारी गर्दै उनले शहीदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ-आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमानदारीका साथ पूरा गर्नुपर्ने बताएकी हुन् । राष्ट्रपति भण्डारीले शहीद दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई राष्ट्र […]
काठमाडौं । कोरोना जोखिमको कारण देखाउँदै आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । १० दिन पर सारिएको बैठक अब माघ २६ गते बस्नेछ । शनिबार संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ […]
काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुनले शहीदको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्ने बताएका छन् । शहीद दिवस २०७८ का अवसरमा आज सन्देश दिँदै उनले नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेका तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेकाले शहीदका सपना पूरा गर्न सबैको ध्यानाकर्षण गराएका छन् । प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरू […]
काठमाडौं– व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। सहिद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले सहिदहरुकै कारण जनताको शासन स्थापित हुन सकेको उल्लेख गरेका छन्। विसं २००७ को एकतन्त्रीय जहानिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका […]
काठमाडौं, जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनको निर्णय सकारात्मक भएको निर्वाचन आयोगले जनाएको छ। आज बसेको पाँच दलीय गठबन्धनको बैठकले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि त्यसलाई आयोगले सकारात्मक रुपमा लिएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गठबन्धनको निर्णय सकारात्मक भएको बताए। जेठभित्र चुनाव गर्ने सहमति भएको भन्ने कुरा सुनिएको छ। तर, यस […]
काठमाडौ, नेपाली कांँग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गरिसक्ने गरि प्रक्रिया अघि बढाउने निर्णय लिएको छ। आगामी जेठभित्रै स्थानीय तह निर्वाचन गर्ने गरी संविधानसँग बाझिएका कानुन संशोधन गर्न पनि गठबन्धनले सुझाव दिने निर्णय गरेको छ। शनिबार दोस्रो पटक बसेको सत्ता संयन्त्र र कानुनविदसहितको बैठकपछि सञ्चारकर्मीसँग बालुवाटारमा कुरा गर्दै […]
काठमाडौ, सत्तारुढ राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । शनिबार कृष्णराज पौडेलको नेतृत्वमा नयाँ पार्टी गठन भएको हो । मोहनविक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलले पार्टीलाई कांँग्रेसको पिछलग्गु बनाएको आरोप लगाउँदै उनीहरुले नयाँ पार्टी गठन गरेका हुन् । राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको विशेष राष्ट्रिय भेलाले पौडेललाई केन्द्रीय समन्वय समितिको अध्यक्ष चयन गरेको छ । उपाध्यक्षमा […]