Sajhamanch Archive

प्रतिनिधिसभामा ढ्यापढ्यापे होइन आकस्मिक समय, सांसदले ३ मिनेट पाउने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रतिनिधिसभामा ढ्यापढ्यापे होइन आकस्मिक समय, सांसदले ३ मिनेट पाउने.

काठमाडौं । प्रतिनिधिसभामा आकस्मिक समयको अभ्यास सुरु भएको छ । विगतमा प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ सांसदहरूले टेबुलमा ढ्यापढ्याप गरेर सभामुखसँग समय लिएर बोल्ने गर्दथे । त्यसलाई ढ्यापढ्यापे समयको रुपमा लिइन्थ्यो । सोही ढ्यापढ्यापे समयको अभ्यासलाई प्रतिनिधिसभा नियमावली २०७९ ले आकस्मिक समयको रुपमा नामकरण गरेको छ । साथै आकस्मिक समयमा कस्ता विषय उठाउने भन्ने पनि नियमावलीले […]

बिर्तामोडमा चैत २५ गते जनवादी सांगीतिक कार्यक्रम हुने

Published: in गीत/संगीत/मनोरञ्जन, राजनीति, समाज by . Leave a Comment on बिर्तामोडमा चैत २५ गते जनवादी सांगीतिक कार्यक्रम हुने.

बिर्तामोड । “राष्ट्रका लागि संगीत अभियात्रा” अभियान अन्तर्गत जनवादी कलाकार जीवन शर्मा लगायत दर्जनौं कलाकारहरुको सहभागितामा २५ गते शनिबार बिर्तामोडमा सांगीतिक कार्यक्रम हुने भएको छ। बिर्तामोडस्थित अतिथि सदनको भवनमा आज पत्रकार सम्मेलन गर्दै अभियात्राको टोलीले जनवादी कलाकारहरु सहितको टिमले २५ गते बिर्तामोडस्थित सिटी सेन्टरको पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि सांगीतिक कार्यक्रम गर्ने जानकारी दिएको छ। […]

राष्ट्रिय युवा संघको सचिवमा झापाका भण्डारीको उम्मेदवारी घोषणा

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on राष्ट्रिय युवा संघको सचिवमा झापाका भण्डारीको उम्मेदवारी घोषणा.

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवमा झापाका युवा पर्वत भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । नेपालगञ्जमा हुन गइरहेको ९औं राष्ट्रिय महाधिवेशनका लागि भण्डारीले उम्मेदवारी घोषणा गरेका हुन् । पूर्वी नेपालमा सक्रिय युवा नेताका रुपमा स्थापित भण्डारीले औपचारिक रुपमा सचिवको उम्मेदवारी घोषणा गरेको जानकारी दिएका छन् । उनले आमयुवा साथीहरुको भावना अनुरुप सचिवमा उम्मेद्वारी […]

व्यक्तिगत गालीगलौज होइन एजेन्डा केन्द्रित बहस गरौं : एमाले अध्यक्ष ओली

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on व्यक्तिगत गालीगलौज होइन एजेन्डा केन्द्रित बहस गरौं : एमाले अध्यक्ष ओली.

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावमा व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन् । बिहीबार आफ्नो सामाजिक सञ्जालमा अपील जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले स्वस्थ बहसमा उत्रिन भनेका हुन् । ‘युवामय उपचुनाव !’ भन्दै ओलीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डा केन्द्रित बनाउनै पर्ने उल्लेख गरे । ‘वैशाख १० गते […]

साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक हुने

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक हुने.

काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदैछ । साँझ ५ बजे सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ । सो कार्यक्रमलाई आज साँझ ५ बजे सार्वजनिक गरिने […]

उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, आजै चुनाव चिह्न दिइने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, आजै चुनाव चिह्न दिइने.

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदै छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार आजै चुनाव चिह्न वितरण गरिनेछ । चुनाव चिह्न वितरणपछि उपनिर्वाचनको प्रसारप्रसार सुरु […]

बिर्तामोडका वडावडामा एमालेको मिसन ग्रासरूट

Published: in राजनीति by . Leave a Comment on बिर्तामोडका वडावडामा एमालेको मिसन ग्रासरूट.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका १० वटै वडामा नेकपा एमालेले मिसन ग्रासरूट अभियान सञ्चालन गरिरहेको छ । वडाको बिस्तारित बैठकबाट प्रारम्भ भएको ग्रासरूट अभियानले सबै टोल कमिटीहरूमा भेला र बैठक गर्दै जनसंगठन एवम् जनवर्गीय संगठनहरूको अधिवेशन गरी गठन, पुनःगठन र पुनःताजगी गराइएको नगर किमटी अध्यक्ष सुवास भट्टराई बताउँछन् । आज बुधबारमात्र तीनवटा वडामा विस्तारित बैठक […]

लामिछानेविरुद्ध राहदानी विवादमा सर्वोच्चले माग्यो मुद्धा नचलाउनुको कारण

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on लामिछानेविरुद्ध राहदानी विवादमा सर्वोच्चले माग्यो मुद्धा नचलाउनुको कारण.

काठमाडौं । सर्वोच्च अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको छ । बुधबार न्यायाधीश हरि फुयालको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसहितका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । अब अदालतले तोकेको समयभित्र महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गर्नुको कारण लिखित रुपमा पेश गर्नुपर्नेछ । […]

स्वर्णिम वाग्लेको अपरिपक्व राजनीति

Published: in राजनीति, विचार/ब्लग, by . Leave a Comment on स्वर्णिम वाग्लेको अपरिपक्व राजनीति.

यो साता नेपाली काँग्रेस पार्टीभित्रको राजनीतिमा युवा अर्थशास्त्री स्वर्णिम वाग्लेले काँग्रेस पार्टी परित्याग गरेको घटनाले खुब चर्चा पायो । नेपाली काँग्रेस पार्टीबाट उप चुनावमा टिकट लिएर सांसद बन्ने सोचाईमा रहेका वाग्लेको त्यो इच्छा पूरा नहुने भएपछि रवि लाकिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर तनहुँबाट चुनाव लड्ने भएका छन् । हुन त वाग्लेले २०७९ मंसिर […]

उपनिर्वाचन: तीन निर्वाचन क्षेत्रका लागि ६९ जनाको उम्मेदवारी दर्ता

Published: in राजनीति by . Leave a Comment on उपनिर्वाचन: तीन निर्वाचन क्षेत्रका लागि ६९ जनाको उम्मेदवारी दर्ता.

काठमाडौं। आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ३ निर्वाचन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार मनोनयन दर्ता गराउनेमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालकाअनुसार चितवन निर्वाचन क्षेत्र नं २ मा २४ जना, तनहुँ निर्वाचन क्षेत्र नं […]