काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको पूर्वसन्ध्यामा भएका मत सर्वेक्षणहरुप्रति आपत्ति जनाएको छ । निर्वाचनलाई प्रभावित तुल्याउने र बदनियतका साथ हचुवा र प्रायोजित ढंगले मत सर्वेक्षण भएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनले यसलाई आचारसंहिता विपरीत भएको पनि बताएका छन् । आज शनिबार विज्ञप्ति जारी गरी उनले भनेका छन्, ‘यस्ता कार्यहरू अविलम्ब रोक्न, सार्वजनिक गरिएका सर्वेक्षण रेकर्डबाट […]
बिर्तामोड । झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले बिर्तामोड नगरपालिका वडा नं. ८ मा विगत केही वर्षदेखि सुरु भएको जंगली हात्तीको प्रताडना समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । अहिले वन जंगलको संरक्षण गर्नु र त्यही जंगलमा आश्रय लिने हात्तीबाट स्थानीयलाई सुरक्षित गर्नु एमालेको दायित्व रहेको बताउँदै नेता घिमिरेले […]
मेचीनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन राष्ट्रियता चाहने कि देशघाती, विकास चाहने कि विनास अनि स्थिरता कि अस्थिरता चाहनेका बीच हुने बताएका छन् । यस अघिका निर्वाचनभन्दा ४ मंसिरको निर्वाचन निक्कै महत्वपूर्ण भएकाले जनताले राष्ट्रियता, विकास र स्थिरता चाहने नेकपा एमालेका सबै उम्मेदवारलाई विजयी गराउनु […]
कनकाई । नेकपा एमाले झापा क्षेत्र नं. ४ का संयोजक तथा निर्वाचन परिचालन समिति क्षेत्र नं. ४ का सचिव खेमनाथ मिश्रले मंसिर ४ को निर्वाचनमा झापा क्षेत्र नं. ४ मा प्रगतिशील र राष्ट्रवादी उम्मेद्वारहरुको विजयी हुने बताएका छन् । राष्ट्रिय पर्वकै रुपमा लिइने यो निर्वाचनलाई सफल बनाउन आफूहरु लागि परेको बताउँदै उनले नेकपा एमालेका तर्फबाट […]
शिवसताक्षी । झापा निर्वाचन क्षेत्र नं. ४ का विविध समस्याहरुको समाधानका लागि एलपी साँवा लिम्बु दोस्रो पटक प्रतिनिधिसभा सदस्यका रुपमा रही जीतका लागि दौडिएका छन् । अघिल्लो निर्वाचनमा निर्वाचित भएर आफुले थालनी गरेका कामहरु कोरोना र सरकारले पाँच वर्ष काम गर्न नपाएका कारण पुरा नभएका योजनाहरु पुरा गर्न मतदाताका माझमा फेरी परीक्षाको घडिमा रहेका छन् […]
काठमाडौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट मौन अवधि सुरु हुँदैछ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको छ । यसअघि निर्वाचको समयमा प्रचारप्रसार गर्न नपाइने समयलाई मौन अवधि भनिन्थ्यो । यसपटक भने आयोगले यो अवधिलाई स्थिर समय भनेको छ । यो अवधि […]
बिर्तामोड । झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले बिर्तामोडबाट खुदुनाबारी जोड्ने बाटोमा पर्ने बिरिङ खोलाको पूल पाँच वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने प्रतिवद्वता जनाएका छन् । अर्जुनधारा नगरपालिका– ३ को चुनावी सभालाई सम्बोधन गर्ने क्रममा एमालेका स्थायी कमिटी सदस्य तथा एक नम्बर प्रदेशका इन्चार्ज समेत रहेका उम्मेदवार घिमिरेले राजनीतिको ऐतिहासिक क्षेत्र […]
विराटनगर । भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ । भोजपुरको पौवादुम्मा गाउँपालिका तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभामा विस्फोट भएको हो। सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम थियो। प्रचण्ड कार्यक्रम स्थल पुग्नु केहीबेरअघि मात्रै विस्फोट भएको प्रहरीले जनाएको छ। विस्फोटमा परी एक जना घाइते भएका छन् […]
मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमाले नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् । आज मोरङको विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनको आयु मंसिर ४ सम्म रहेको जिकिर गरे । चुनावपछि गठबन्धनको काम सकिने भन्दै उनले भने, ‘गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ । चुनावपछि […]
झापा । एउटा यस्तो ठाउँ, जहाँ पहिला कोही मान्छे पनि जाँदैनथे । दिउँसै अँध्यारो हुने त्यो स्थान अहिले मानिसहरूको आकर्षणको केन्द्र बनेको छ । त्यो स्थान हो, झापाको अर्जुनधारा नगरपालिका ९ मा रहेको सालबारी झिल । सुखानी शहीद स्मृति उद्यान (सालबारी झिल)मा साँझपख पुग्दा अति मनमोहक दृश्य देख्न पाइन्छ । म्युजिकल कलर फाउन्टेन जडान गरिएपछि […]