काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय र प्रदेश सभा चुनावको तयारी भइरहेको बताएका छन्।कात्तिक मसान्त वा मंसिर पहिलो साता संघीयरप्रदेश सभा चुनाव हुने भएकोले तयारी गर्न उनले नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। आज बर्दिया पुगेका उनले पत्रकारहरूसँग कुराकानी गर्दै स्थानीय चुनावजस्तै एकै चरणमा संघीयरप्रदेशको चुनाव गर्ने तयारी रहेको बताए।‘संघीय र […]
झापा । कडा अभ्यास र कसरत एवम् लामो समयको अन्तरालपछि नेपालकै अग्रणी सहकारी सहारा नेपाल साकोसले आफ्नो नेतृत्व सर्वसम्मत चयन गरेको छ । करिब एक वर्षदेखि पूर्ण कार्यकारी अधिकार बिना नै सहारा नेपाल साकोसको सञ्चालक समिति रहेको थियो । संस्थाका अधिकांश सञ्चालक तथा कर्मचारीहरुले चुनावको विधिबाट नेतृत्व चयन गर्दा संस्था सञ्चालनमा कठनिाइ हुने निश्कर्ष निकाल्दै […]
काठमाडौं । राष्ट्रियसभामा चार प्रतिवेदन पेस गरिएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा.नारायण खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७–२०७८ पेस गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्नेछ ।
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा १३ सिट रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०लाई पनि सत्ता गठबन्धनमा जोड्ने गृहकार्य थालेका छन् । एमाले अध्यक्ष केपी ओलीले संघ र प्रदेश निर्वाचनमा लोसपासँग सहकार्यको प्रस्ताव अघि सारेपछि देउवाले पनि सक्रियता बढाएका हुन् । ‘गठबन्धन गर्ने प्रस्ताव ओली र देउवा दुवै पक्षबाट आएको छ । पहिला […]
झापा । नेपाल कम्युनिष्ट पार्टी एमालेले जिल्ला समन्वय समिति झापाको प्रमुखमा दमकका विश्वनाथ बराल र उपप्रमुखमा बिर्तामोडका शान्ता रोकालाई उम्मेदवार लाई बनाउने भएको छ । नेकपा एमोले प्रदेश १ कमिटीका सचिव चिन्तन पाठकले झापा, मोरङ र धनकुटामा जिल्ला समन्वय समितिमा पार्टीको तर्फबाट तय गरिएको उम्मेदवारको नाम फेसबुक स्टाटस बनाउँदै सार्वजनिक गरेका हुन् । प्रमुखमा उम्मेदवार […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादी एसले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै त्यसलाई अस्वीकार गरिदिएका छन् । बजेटको विषयमा संसद्मा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै नेकपा एसका मन्त्रीहरुले प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए । यस्तै उनीहरुले आइतबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]
काठमाडौं । प्रतिनिधि सभाबाट यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको उक्त प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरिएको थियो । सभामुखले निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको हो । छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको […]
झापा । सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोपोइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको […]
शिवसताक्षी । स्थानीयतहको निर्वाचन परिणामलाई शिवसताक्षीमा नेकपा माओवादी कन्द्रले समिक्षा गरेको छ। शनिबार दूधे स्थिति सामुदायिक अध्ययन केन्द्रको भवनमा भएको समिक्षा बैठकले नेपाली कांग्रेसको आन्तरिक खिचतानी र गुटबन्दीको कारण अपेक्षित परिणाम नआएको निष्कर्ष निकालेको हो । निर्वाचनमा शिवसताक्षी नगरका सबै वडाहरुको मत परिणामहरुको समिक्षा गरी उक्त निष्कर्ष निकालिएको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराईले […]
काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम मतगणना परिणाम आएर जनप्रतिनिधिले काम सुरु गरिसक्दा पनि मत बदरको विवरण आउन सकेको छैन । निर्वाचन आयोगले यसको विवरण आउन अझै केहि दिन लाग्न सक्ने बताएको छ । आयोगको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भने– ‘अहिले मतगणनामा के ट्रेन्ड देखिएको छ भने त्यस्ता ठाउँहरुमा मत बदर बढी भएको छ, जहाँ दुई […]