Sajhamanch Archive

सामाजिक विकास मन्त्रालयद्वारा पत्रकार महासंघका नवनिर्वाचितलाई बधाई

Published: in प्रदेश तह, समाज by . Leave a Comment on सामाजिक विकास मन्त्रालयद्वारा पत्रकार महासंघका नवनिर्वाचितलाई बधाई.

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले नेपाल पत्रकार महासंघ प्रदेश र जिल्ला शाखाको निर्वाचनबाट निर्वाचित भएका पदाधिकारी, सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्यहरुलाई बधाई तथा नयाँवर्ष २०७८ को शुभकामना आदान प्रदान गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री उषाकला राई, मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नवनिर्वाचितलाई बधाई ज्ञापन गरेका थिए । […]

फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति.

खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । स्थानीय हर्कराज राईले सञ्चालन गर्नुभएको फर्निचर उद्योगमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान […]

प्रदेश १ मा २५ कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य, by . Leave a Comment on प्रदेश १ मा २५ कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा सोमबार २५ जना कोरोना संक्रमित थपिएका छन् । ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषमा संक्रमण रहेको पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयकाअनुसार मोरङमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । विराटनगरमा ११, सुनसरीको इनरुवा र […]

कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौः मन्त्री राई

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on कोभिड अस्पताललाई तयारी अवस्थामा राखेका छौः मन्त्री राई.

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताएकी छिन् । सोमबार विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको जानकारी दिइन् । तत्कालका लागि १८० वेड तयारी अवस्थामा रहेको […]

प्रदेश १ मा ७ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ७ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ माआज७जनाकोरोना संक्रमितथपिएका छन् । १६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो । सामाजिकविकास मन्त्रालयकाअनुसार आजमोरंगमा ३, सुनसरीमा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरंगको विराटनगरमा २, धनपालथानमा १, सुनसरीको दुहवी र इटहरीमा १–१, उदयपुरको चौदण्डीगढीमा १ र प्रदेश १ […]

प्रदेश १ मा शनिबार थप २१ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा शनिबार थप २१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा आज शनिबार २१ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार मोरङमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जनामा कोरोना संक्रमण भएको हो । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६, पथरी शनिश्चरे, सुन्दरहरैंचा, केराबारी र स्थानीय तह नखुलेका १–१ जना, झापाको दमकमा […]

स्व. कर्णबहादुर स्मृति प्रदेश स्तरीय प्रथम भेट्रान कपको उपाधि आयोजक दूधे भेट्रान क्लबकोे पोल्टामा

Published: (Updated: ) in खेलकुद, प्रदेश तह, मुख्य समाचार by . Leave a Comment on स्व. कर्णबहादुर स्मृति प्रदेश स्तरीय प्रथम भेट्रान कपको उपाधि आयोजक दूधे भेट्रान क्लबकोे पोल्टामा.

शिवसताक्षी । शिवसताक्षीमा जारी स्व.कर्णबहादुर नेम्वाङ्ग स्मृति प्रथम भेट्रान कपको उपाधि आयोजक दूधे भेट्रानले हात पारेको छ । एभरेष्ट भेट्रान मोरङ्ग क्लबलाई ६–२ गोल अन्तरले हराउँदै आयोजक दूधे भेट्रानले उपाधि हात पारेको हो । खेलको १७औं मिनेटमा दूधे भेट्रानका जर्सी नं. ५ का भुपेन लिम्बुले पहिलो गोल गरेका थिए । खेलको २४ औं मिनेटमा एभरेष्ट […]

प्रदेश नं.१ सरकारद्वारा विदाको सूची सार्वजनिक

Published: (Updated: ) in प्रदेश तह, विविधा, समाज by . Leave a Comment on प्रदेश नं.१ सरकारद्वारा विदाको सूची सार्वजनिक.

इटहरी । प्रदेश १ सरकारले बिदाको सूची सार्वजनिक गरेको छ । प्रदेश १ ले प्रदेश राजपत्रमा केन्द्रले दिनेभन्दा अतिरिक्त बिदा सार्वजनिक गरेको हो । २०७८ वैशाख १ देखि चैत मसान्तसम्म प्रदेश सरकारले दिने बिदाको सूची सार्वजनिक गरेको छ । प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल सरकार गृह मन्त्रालयबाट प्राप्त गत ९ चैतमा […]

बोलेरो दुर्घटना हुँदा ओखलढुङ्गामा तीन जनाको मृत्यु

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बोलेरो दुर्घटना हुँदा ओखलढुङ्गामा तीन जनाको मृत्यु.

ओखलढुङ्गा । ओखलढुङ्गामा आज दिउँसो बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मानेभञ्ज्याङ–४ धुसेनीस्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा चारजना सवारमध्ये तीनजनाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बोलेरोमा सवार मानेभञ्ज्याङ–४ धुसेनी बस्ने ७१ वर्षीया विनामाया आलेमगर, सोही स्थान […]

प्रदेश १ मा नेपाल पत्रकार महासंघको अध्यक्ष बन्न तीन जनाको उम्मेदवारी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ मा नेपाल पत्रकार महासंघको अध्यक्ष बन्न तीन जनाको उम्मेदवारी.

विराटनगर । नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनका लागि प्रदेश १ का पत्रकारहरूले मनोनयन पत्र दर्ता गराएका छन् । प्रदेश १ को अध्यक्ष बन्नका लागि अग्रज पत्रकार झापाका मोहनकाजी न्यौपानेसहित तीन जनाले उम्मेदवारी दिएका छन् । मोहनकाजीको प्रतिष्पर्धाीका रुपमा लीलावल्लभ घिमिरे र सोमनाथ सुसेलीको पनि उम्मेवारी परेको हो । प्रदेश समितिको उपाध्यक्ष […]