विराटनगर । सरकारविरुद्धको अविश्वास प्रस्ताव र नेकपाबीचको विवादका कारण प्रदेश १ को प्रदेशसभा बिजनेसविहीन बन्न पुगेको छ । विधेयक अधिवेशन भए पनि सरकारले विधेयक नै नदिएपछि प्रदेशसभा विधेयकविहीन बन्न पुगेको हो । प्रदेशसभा सचिवालयकी प्रवक्ता चमिला भट्टराईले हिउँदे अधिवेशन शुरु भए पनि हालसम्म जम्मा एउटा विधेयकमात्र दर्ता गराएको जानकारी दिएकी छन् । अर्को बैठक कहिले […]
विराटनगर । प्रदेश १ को प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । चैत २ गते सोमबारका लागि बोलाइएको प्रदेश सभाको हिउँदे अधिवेशनको चौथो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो। प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले आइतबार विज्ञप्ति निकालेर विशेष कारणबस अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन्। विशेष कारणबस […]
विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शेर्पा समुदायको महान चाड ग्याल्बो ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश दिदैँ उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगति र उन्नतिको कामना गरेका छन् । आफन्त भेटघाट, साँस्कृतिक मनोरञ्जन तथा धार्मिक […]
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले प्राणी लगायतका जीवहरुको अध्ययन, अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् । नेपालजुलोजिकल सोसाईटी प्रदेश १ ले विराटनगरमा आयोजना गरेको गोष्ठिमा मन्त्री कार्कीले प्राणीशास्त्रीले अनुसंधान गरेका प्राणीलगायतका जीवहरुको प्रतिवेदनहरु आफुमा मात्र सिमित नराखी समाज सहित अन्य क्षेत्रमा प्रसार गर्न […]
विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितलाई खाद्यान्नसहितका राहत सामग्री वितरण गरेको छ । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा आगलागी प्रभावित क्षेत्र पुगेको संसदीय टोलीले पीडित ८० परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो । प्रमुख सचेतक कार्कीका अनुसार सबै परिवारलाई २० केजीका दरले चामल […]
बिर्तामोड । पूर्वी नेपालकै सबैभन्दा ठूलो आकर्षक शिव प्रतिमा झापाको बिर्तामोडमा अनावरण गरिएको छ । बिर्तामोड नगरपालिका–१ स्थित देवी पञ्चकन्यामा स्थापना गरिएको उत्कृष्ट र भव्य शिव प्रतिमाको महाशिवरात्री पर्वको अवसर पारेर जगतगुरु शंकराचार्य हेमानन्द गिरीको बाहुलीबाट आज अनावरण गरिएको हो । जमिनबाट ९ फुट अग्लो आधारस्थल बनाएर त्यसमाथि २७ फिट अग्लो शिव प्रतिमा राखिएको निर्माण […]
सुर्खेत । जमिनको माग गर्दै आन्दोलन गरिरहेका वादी समुदाय र प्रदेश सरकारबीच पाँच बुदे सहमति भएको छ । गत फागुन १० गतेदेखि खेतीयोग्य जमिनसहितको माग राख्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा बसेका वादी समुदायसँग बुधबार बसेको वार्ताबाट पाँच बुदे सहमति भएको हो । सहमतिसँगै वादी समुदायको आन्दोलन स्थगित भएको छ । सहमतिपत्रमा प्रदेश सरकारका तर्फबाट कर्णाली […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ । पार्टीको विधानअनुसार अध्यक्षत्रयले उनीहरुलाई मनोनयन गरेको केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा तथा ध्रुवबहादुर प्रधानद्वारा जारी गरिएको विज्ञप्तिमा जानकारी दिइएको छ। प्रदेश १ को अध्यक्षमा रामकुमार थापा र उपाध्यक्ष सगुनसुन्दर लावली‚ प्रदेश २ को अध्यक्षमा रामरायचन्द्र राय र महेशलाल महासेठ तथा गण्डकी […]
विराटनगर । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जना महिलालाई सम्मानित गरिएको छ । सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड अस्पताल, प्रयोगशालामा कार्य गर्ने महिलालाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरुमा ११ जना स्वास्थ्यकर्मी र दुईजना महिला प्रहरी रहेका छन् […]
विराटनगर । यो वर्षको मार्च ८ अर्थात् १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ । कोभिड १९ को महामारीमा अग्रपंतिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिएकी हुन् । सामाजिक विकास मन्त्रालयमा […]