सोलुखुम्बु । प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो सोलु एफ.एम. १०१.२ मेगाहर्जको स्टुडियोमा आगलागी भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ६ दोर्पुबजारमा रहेको रेडियोको स्टुडियोमा गएराति साढे १२ बजे आगलागी भएको हो । स्टुडियोबाट सुरु भएको आगोले रेकर्डिङसहित भवनसमेत जलेर नष्ट भएको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले जानकारी दिएका छन् । आगलागीबाट […]
इटहरी । प्रेस संगठन नेपाल प्रदेश १ को इटहरीमा शनिबार ऐतिहासिक दोश्रो भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य तथा प्रेस संगठन इञ्चार्ज योगेश भट्टराईको प्रमुख आथित्यमा भएको भेलाले नौ बुँदे घोषणा पत्र पनि जारी गरेको छ । पत्रकारहरुको एकमात्र अब्बल संगठन निर्माण गर्नुपर्ने आजको आवश्यकता रहेको बताउँदै प्रमुख अथिति […]
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस भएसँगै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गते अर्को बैठक बोलाएका छन् । तर, त्यो बैठक बसे मुख्यमन्त्री राईले अविश्वास प्रस्तावको सामना गर्छन् अथवा त्यसअघि नै प्रदेशसभा विघटन गराउँछन् भन्ने आशंका चुलिन पुगेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपामा […]
जनकपुर । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत गरिएको छ । आइतबार जनकपुर आएका प्रदेश प्रमुख झालाई स्थानीय युवाको समूहले एक सय एक किलोको माला लगाइदिएर स्वागत गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको शुक्रवार तिलक परियारलाई बर्खास्त गरेर झालाई नियुक्त गरेकी थिइन् ।
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ । आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो । राईविरुद्ध प्रचण्ड–माधव […]
विराटनगर । प्रदेश १ को प्रदेशसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाए पनि निर्धारित समयमा बस्न सकेन । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको कार्यसूची सार्वजनिक गरेका छन्, तर दिउँसो २ बजेसम्म प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रमुख सचेतकहरु रहेको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन । आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वास […]
विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार गरेका छन् । आइतबार बिहान मुख्यमन्त्री शेरधन राईले सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए । तर सभामुख भण्डारीले राम्रो सन्देश नजाने भन्दै बैठक स्थगित गर्न अस्वीकार गरेका हुन् । प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक आज दिउँसो […]
काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुख झाले शपथ लिएका हुन् । नेपालको संविधानको धारा १६७ बमोजिम झाले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, […]
काठमाडौँ । प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार नै पदमुक्त गरेपछि झालाई नियुक्त गरिएको हो ।
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गर्ने उद्देश्यले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएको बताएका छन् । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध १२ पुसमा प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । तर ओली समूहले अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिएको छैन । सत्तारुढ दलले नै प्रदेशसभा बैठक अबरुद्ध […]