विराटनगर । अनिश्चिकालका लागि स्थगित भएको प्रदेश १ को हिउँदे अधिवेशन बैठक तत्काल सञ्चालन गर्न सांसदहरूले माग गरेका छन्। गत माघ ७ मा प्रदेशसभा बैठक तीन मिनेट बसेर स्थगित भएको थियो । मुख्यमन्त्रीविरुद्ध गत पुस १२ मा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको एक महिना बितिसक्दा पनि त्यसमाथि छलफल सुरु भएको छैन । तर, उक्त प्रस्ताव […]
विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठान, प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलबीच कार्यसम्पादन सम्झौता भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कार्यसम्पादन सम्झौता गरिएको हो । कार्यसम्पादन करारपछि प्रतिष्ठानले काम शुरुगर्ने कार्यकारी निर्देशक शर्माले बताएका छन् । उनले प्रशिक्षण कार्यविधि, सांगठानिक संरचना […]
विराटनगर । कोभिड–१९ विरुद्ध खोप ल्याउनुपर्ने बेलामा प्रदेश १ सरकारले कोरोना जाँच गर्ने पीसीआर मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अटोमेटिक आरटी पीसीआर मेसिन खरिदको प्रक्रिया सुरु गरेको हो । लगभग दुई करोड ५० लाख रुपैयाँमा मेसिन खरिदका लागि माघ ११ गते टेण्डर आह्वान गरिएको छ । प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामै […]
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशसभाको अबको बैठकमा उक्त प्रस्ताव पारित हुने बताए । गत पुस १२ गते नेकपा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा आचार्यलाई मुख्यमन्त्रीको […]
भद्रपुर । प्रदेश जनता आवास कार्यक्रम अन्तर्गत भद्रपुर नगरपालिका वडा नं. ४ मा निर्माण गरिएका ७ वटा आवास गृह विपन्न परिवारलाई आज हस्तान्तरण गरिएको छ । गतवर्ष प्रदेश सांसद बसन्त बानियाले शिलान्यास गरेका ती आवास गृहको निर्माण सम्पन्न गरी तोकिएका विपन्न परिवारलाई आज घरको साँचो हस्तान्तरण गरिएको हो । ती आवास गृहहरु प्रत्येकको निर्माण लागत […]
जनकपुरधाम । सरकारी मापदण्डलाई उल्लंघन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना खोप लगाएका छन् । बुधबारदेखि सुरु भएको कोरोना खोप अभियानमा पहिलो चरणमा फ्रन्टलाइनलाई खोप दिने सरकारी मापदण्ड छ । त्यसअनुसार अधिकांश ठाउँमा फ्रन्टलाइनरले खोप लगाए । तर प्रदेश २ को राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालमा पहिलो खोप फ्रन्टलाइनको साटो मन्त्रीले […]
विराटनगर । प्रदेश नम्बर–१ मा कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोप लगाउन सुरु गरिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप आजबाट लगाउन सुरु गरिएको हो । सामाजिक विकासमन्त्री हिक्मत कार्कीले प्रदेशमा खोप अभियान सुरु गरेका हुन् । विराटनगरको कोसी कोभिड–१९ अस्पतालमा कोसी अस्पतालका मेसु चुमनलाल दास र डा. दीपक सिग्देलले पहिलो खोप लगाएर अभियान सुरु […]
विराटनगर । सङ्घीय सरकारले पठाएको ९६ हजार डोज कोरोनाविरुद्धको भ्याक्सिन विराटनगर आइपुगेको छ । पहिलो चरणमा अभियान सञ्चालनका लागि सोमबार नौ हजार ६ सय भाइल ९एक भाइलमा १० जनालाई पुग्ने० कोरोनाविरुद्धको खोप विराटनगर आइपुगेको हो । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीका अनुसार सोमबार नै खोप मोरङ र सुनसरीमा पठाइएको छ […]
विराटनगर । संघीय सरकारले प्रदेश १ का लागि पठाएको कोरोना विरुद्धको भ्याक्सिन विराटनगर आइपुगेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीका अनुसार प्रदेश १ मा पहिलो चरणमा ३५ हजार ५७६ जनालाई खोप लगाउने कार्यक्रम छ । विराटनगर आइपुगेको खोप बुधबारबाट लगाउन सुरु गरिने उनले बताए । कुन जिल्लामा कति ? […]
विराटनगर । हालसम्म ३० हजार १ सय २१ जना संक्रमित फेला परिसकेको र ४ सय ६५ जनाको ज्यान लिइसकेको प्रदेश १ मा कोरोना संक्रमणविरुद्ध बुधबारदेखि खोप लगाउन सुरु गरिने भएको छ। तर, पहिलो चरणमा सर्वसाधारणले यो मौका नपाउने भएका छन्। स्वास्थ्यकर्मी, प्रहरी, शव व्यवस्थापन र फोहोर व्यवस्थापनमा खटिएकाहरु गरी पहिलो चरणमा ३५ हजार ५ सय […]