Sajhamanch Archive

वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री राई

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज by . Leave a Comment on वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री राई.

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग आज बिवाह गरेका हुन् । मुख्यमन्त्री राईको वैवाहिक समारोहमा पार्टीका सीमित नेता र आफन्तहरुको सहभागिता रहेको थियो । मुख्यमन्त्री राईले ४९ वर्षको उमेरमा विवाह गरेका हुन् भने बेहुली जाङमु शेर्पा २३ वर्षीया हुन् । […]

एक सातामा ४९ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on एक सातामा ४९ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा एक साताको अवधिमा ४९ जना कोरोना संक्रमित थपिएका छन् । माघ ४ गते आईतबार देखि माघ १० गते शनिबार सम्म ४९ जनामा संक्रमण देखिएको हो । एकसाताको अवधिमा मोरङमा १६, झापामा १०, सुनसरीमा ९, संखुवासभा र भोजपुरमा २–२ र इलाम र पाँचथर १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण […]

बागमतीका मुख्‍यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेस

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on बागमतीका मुख्‍यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेस.

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रस्तावको पहिलो हस्ताक्षरकर्ता अरुण नेपालले आज बसेको प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव प्रस्तुत गरेका हुन् । नेकपा विभाजन भइसकेपछि प्रचण्ड–नेपाल पक्षका ४५ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए । बागमती प्रदेशमा १ सय १० जना प्रदेशसभा […]

संसद सचिवालयको वेभसाइटमा रङ नम्बर राखिएपछि ….

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, रोचक कुरा / टिप्स, समाज by . Leave a Comment on संसद सचिवालयको वेभसाइटमा रङ नम्बर राखिएपछि …..

बिर्तामोड । झापा बिर्तामोडका डिल्लीराम श्रेष्ठ सवारी भाडामा लगाउने काम गर्छन् । सवारी भाडामा लगाउने उनलाई पछिल्लो समय गाडी खोज्नेभन्दा माननीयज्यू भन्दै फोन गर्नेको सङ्ख्या धेरै छ । फोन गर्ने क्रममा उनलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि फोन गरे । नेकपा विभाजन पछि उनलाई माननीयज्यू भन्दै फोन आउने क्रम बढेको हो । नयाँ नम्बरबाट फोन […]

बाग्मती प्रदेशसभाको आज बैठक बस्दै, पौडलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on बाग्मती प्रदेशसभाको आज बैठक बस्दै, पौडलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने.

हेटौँडा। बाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने सो सचिवालयले जनाएको हो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गए राति […]

प्रदेश १ मा ६ महिना भित्रै तीन हजार ३ सय मुद्धा दर्ता, १ लाख २४ हजार सवारी कारवाहीको घेरामा

Published: in प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश १ मा ६ महिना भित्रै तीन हजार ३ सय मुद्धा दर्ता, १ लाख २४ हजार सवारी कारवाहीको घेरामा.

विराटनगर । प्रदेश १ मा पछिल्लो ६ महिना भित्रैमा तीन हजार ३ सय १४ मुद्दा दर्ता भएका प्रदेश १ प्रहरी कार्यालय विराटनगरले बताएको छ । गत आर्थिक वर्ष सोही अवधीमा ३ हजार ८ सय २९ वटा मुद्दा दर्ता भएको थियो । प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखबिच कार्य सम्पादन सम्झौताको प्रभावकारी […]

उच्च हिमाली भूभागमा हिमपातको सम्भावना साथै, तराईमा हुस्सु

Published: in प्रदेश तह, विविधा, समाज by . Leave a Comment on उच्च हिमाली भूभागमा हिमपातको सम्भावना साथै, तराईमा हुस्सु.

काठमाडौं । आज उच्च हिमाली भूभागका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ । यस्तै आज धेरैजसो भूभागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र […]

भित्र प्रदेशसभा बैठक जारी, बाहिर प्रधानमन्त्रीविरुद्ध नाराबाजी

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on भित्र प्रदेशसभा बैठक जारी, बाहिर प्रधानमन्त्रीविरुद्ध नाराबाजी.

विराटनगर । प्रदेशसभाको सातौं अधिवेशनको पहिलो दिन प्रदेशसभामा बैठक बसिरहँदा बाहिर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विद्यार्थीले नाराबाजी गरेका छन् । संसद् विघटन गराउने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै बुधबार प्रदेशसभा बाहिर युवा विद्यार्थीहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको राजीनामा समेत मागेका थिए । प्रदेशसभा भित्र र बाहिरसमेत खतराको सम्भावना रहेको भन्दै  बाहिरी परिसरमा प्रहरीको बाक्लो […]

तीन मिनेटमै स्थगित, प्रदेशसभाको बैठक

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on तीन मिनेटमै स्थगित, प्रदेशसभाको बैठक.

विराटनगर । प्रदेश नं १ को बुधबारको प्रदेशसभा बैठक स्थगित भएको छ । आज तीन मिनेट बसेर प्रदेशसभाको बैठक स्थगित भएको हो । प्रदेश प्रमुखले पठाएको पत्र सभामुख प्रदीप भण्डारीले बाचन गरेपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो । अब, अर्को बैठक माघ १५\१६ गते सभामुख भण्डारीले बोलाउने सम्भावना छ । आजबाट […]

आजबाट प्रदेश १ र वाग्मती प्रदेशमा हिउँदे अधिवेशन सुरु हुँदै

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on आजबाट प्रदेश १ र वाग्मती प्रदेशमा हिउँदे अधिवेशन सुरु हुँदै.

झापा । आजबाट प्रदेश १ र वाग्मती प्रदेशमा हिउँदे अधिवेशन सुरु हुँदैछ । प्रदेश १ को हिउँदे अधिवेशन दिउँसो २ बजेबाट सुरु हुने भएको छ । त्यसअघि सभामुख प्रदीपकुमार भण्डारीले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रदेश १ मा नेकपा का दुबै समूहले संसदीय दलको बैठक बसेर एक समूहले अर्को समूहलाई निलम्बन गरेको […]