Sajhamanch Archive

पहिचान नखुल्दै कोरोना संक्रमितको अन्त्येष्टि

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पहिचान नखुल्दै कोरोना संक्रमितको अन्त्येष्टि.

वीरगञ्ज । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका अन्दाजी २५ वर्षीय मृत व्यक्तिको पहिचान नखुल्दै अन्त्येष्टि गरिएको छ । जेठ २८ गते वीरगञ्जको घण्टाघर अगाडिको वीपी उद्यान पार्कमा मृत भेटिएका बेवारिसे शवको अन्त्येष्टि नेपाली सेनाले शनिबार गरेको हो । सेनाको टोलीले इनर्वामा लगेर अन्तिम संस्कार गरेको थियो । वीरगञ्जस्थित चण्डीनाथ गणका गणपति मदनजंग राणाका अनुसार महानगरपालिकाले […]

आज सातै प्रदेशको बजेट आउँदै, प्रदेश १ मा कृषिलाई मुख्य प्राथमिकता

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार by . Leave a Comment on आज सातै प्रदेशको बजेट आउँदै, प्रदेश १ मा कृषिलाई मुख्य प्राथमिकता.

विराटनगर । प्रदेश सरकारहरुले आज तेस्रो पूर्ण बजेट प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले हरेक १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नु पर्छ । प्रदेश सरकारले तेस्रो बजेटमा स्रोत सुनिश्चितकाका बीच चालू वर्षमा विनियोजन गरिएको बजेटको अंक १० प्रतिशत बढीले घटाउँदै छन् । प्रदेश १ सरकारले कृषि, स्वास्थ्य […]

महिला विरोधी टुक्का प्रयोग गरेको भन्दै प्रदेशसभामा विरोध

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on महिला विरोधी टुक्का प्रयोग गरेको भन्दै प्रदेशसभामा विरोध.

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले गरेको टिप्पणीको विषयलाई लिएर महिला सांसदले विरोध जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता सत्यनारायण मण्डलले महिलामाथि विभेद जनाउने खालको टुक्का सुनाएपछि सत्तारुढ दलका महिला सांसदले विरोध जनाएका हुन् । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममाथिको […]

प्रदेश १ मा झापाका एकसहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा झापाका एकसहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि.

विराटनगर । आइतबार प्रदेश १ मा थप २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २५ जना मोरङका रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । आइतबार नै झापा र सुनसरीमा पनि एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । प्रदेश […]

प्रदेश १ मा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थप २७ जनामा कोरोना संक्रमण पुष्टि.

विराटनगर । आइतबार मोरङमा थप २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार नै झापा र सुनसरीमा पनि एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै आइतबार प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ पुगेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । रतुवामाई नगरपालिका– ८ सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका ५३ […]

स्थानीय तहले बनाएका क्वारेन्टिन व्यवस्थित भएनन् : मन्त्री कार्की

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on स्थानीय तहले बनाएका क्वारेन्टिन व्यवस्थित भएनन् : मन्त्री कार्की.

विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टिनहरु व्यवस्थित नभएको बताएका छन् । प्रदेश सरकारले बनाएका क्वारेन्टिनहरु भने विश्व स्वास्थ्य संगठनको मापदण्ड (डब्ल्यूएचओ) को मापदण्ड अनुसार नै भएको उनले बताए । शनिबार प्रेस संगठन मोरङले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘प्रदेश सरकारले जति क्वारेन्टिन निर्माण गरेको छ, […]

थुनुवा कक्षभित्रै मृत फेला परेका शम्भुको अझै भएन पोष्टमार्टम, मुसहर समुदायले गरे प्रदर्शन

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on थुनुवा कक्षभित्रै मृत फेला परेका शम्भुको अझै भएन पोष्टमार्टम, मुसहर समुदायले गरे प्रदर्शन.

जनकपुरधाम । धनुषास्थित इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्रै गत मंगलबार झुण्डिएको अवस्थामा मृत फेला परेका शम्भु सदाको अझै पोष्टमार्टम भएको छैन । सबैला नगरपालिका वडा नं.१२ बरकुवाका सदाको शवलाई बुधबार नै पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइए पनि अझै पोष्टमार्टम हुन सकेको छैन । मृतक पक्षले आफ्नो चिकित्सकको उपस्थितिमा पोष्टमार्टम गर्नुपर्ने बताएपछि धनुषाका प्रमुख […]

तीन महिनामा साढे २ लाख भित्रिए, ८ हजारको मात्र कोरोना परीक्षण

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on तीन महिनामा साढे २ लाख भित्रिए, ८ हजारको मात्र कोरोना परीक्षण.

कैलाली । भारतबाट सुदूरपश्चिम प्रदेशको नाका हुँदै ३ महिनाको अवधिमा साढे २ लाख भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार गत फागुन २३ गते यता सुदूरपश्चिम प्रदेशका चार नाकाबाट दुई लाख ६५ हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला […]

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो.

बिराटनगर । प्रदेश १ को ओखलढुंगा जिल्लाबाहेक सवै जिल्लामा कोरोनाको संक्रमण पुष्टि भएको छ । पछिल्ला दिन भेटिएका संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु हुन् । प्रदेशसमा सबैभन्दा धेरै संक्रमित झापामा १५४ जना भेटिएका छन् । त्यसबाहेक मोरङमा ३९, सुनसरीमा ४६, धनकुटामा ८, भोजपुरमा ६ र खोटाङमा ४ जना संक्रमित पहिचान भएको छ । यसैगरी […]

कोरोनाको अवस्थाबारे बुझ्न मन्त्रीसहितको टोली सुदूरपश्चिममा

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कोरोनाको अवस्थाबारे बुझ्न मन्त्रीसहितको टोली सुदूरपश्चिममा.

कैलाली । सुदूरपश्चिममा कोरोना परीक्षण र उपचार प्रभावकारी बनाउन भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुदूरपश्चिम आएका छन् । मन्त्री भट्टको नेतृत्वमा उद्योग सचिव चन्द्र कुमार घिमिरे, राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, लघु, घरेलु तथा साना उद्यमीहरूको प्रवर्द्धनमा सहकार्य गर्दै आएको युएनडिपीका प्रतिनिधिहरू सहितको एक उच्चस्तरीय टोली बिहीबार कैलालीको धनगढी आइपुगेको हो । […]