विराटनगर । नेपाली कांग्रेसको विरोधका बाबजुद प्रदेश १ को प्रदेशसभाले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेको छ । आज नेपाली कांग्रेसका सांसदहरुले प्रदेशसभामा नाराबाजी गरे पनि सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समय दिए । मन्त्री घिमिरेले पेश गरेको विधेयक प्रदेशसभाको बहुमतले पारित गरेको हो । […]
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। भालुको आक्रमणबाट मकालु–२ बुङ्गिमका ३४ वर्षीय दावा नुर्बु शेर्पा घाइते भएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए। आइतबार दिउँसो ४ बजे शेर्पालाई आफ्नै बारीमा घाँस काट्न गएको बेला भालुले आक्रमणबाट घाइते भएको प्रहरी निरीक्षक राईले बताए। भालुको आक्रमणबाट शेर्पाको दाहिने हातको […]
काठमाडौं ।नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन् । पढाइका विषय छन्–चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगिकरण, सहरीकरणलगायत । साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन् । ‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन् । युनान प्रान्तको कुनमिङस्थित ‘युनान युनिभर्सिटी […]
ओखलढुंगा । ओखलढुंगामा घरायसी विवादमा बन्चरो प्रहार गर्दा एक दम्पत्ति घाइते भएका छन् । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोली फस्कु बस्ने ५५ वर्षीय हर्कजित राईले घरायसी विवादको कारण धारिलो हतियार बन्चरो प्रहार गरेका हुन् । उनले शनिबार राति ११ बजेको समयमा सोही स्थान बस्ने वर्ष ७२ का बिश्रबहादुर राई र उनकै श्रीमती ६५ वर्षीय रत्नमाया राईलाई बन्चरोले […]
मोरङ । शनिबार राति ग्रामथान–७ स्थित बिचारी खनालको केराघारीमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा ग्रामथान गाउँपालिका–५ बस्ने २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी–५ बस्दै आएका २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षकै प्रकाशकुमार थारूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार किशोरीलाई युवकहरूले मदिरा सेवन गराइ करणी गरेको खुलेको छ । शनिबार […]
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले राज्य व्यवस्थाप्रति खतरा नरहेको बताएका छन् । व्यवस्थाप्रति खतरा नरहे पनि अराजक तत्वहरुको प्रतिवाद गर्नुपर्ने बेला आएको उनले बताए ।पछिल्लो केही दिनयता उच्छृंखल गतिविधिले व्यवस्थाप्रति नै प्रहार भएको प्रचण्डले बताउँदै आएका छन् । आज विराटनगर आइपुगेका प्रचण्डले व्यवस्थाप्रति अहिले नै खतरा नरहेको बताए । यद्यपि, अराजक […]
इलाम । इलाम कारागारका ७६ कैदीबन्दी एकसाथ बिरामी परेपछि उपचारमा समस्या भएको छ । कारागारका ७२ पुरुष र ४ महिला गरी ७६ जना कैदीबन्दी एकैपटक बिरामी परेका हुन् । बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिएको कारगार प्रमुख प्रदिप श्रेष्ठले जानकारी दिए । उनीहरु करिब ५ दिन अघिदेखि बिरामी […]
ताप्लेजुङ। रुवा बनाउने मेसिन पड्कदा एक जनाको मृत्यु भएको छ । पुराना कपडा पेलेर रुवा बनाउदै हिड्ने भारत बिहारका ३० बर्षीय युनुष मियाको रुवा पेल्ने मेशीन पड्केर मृत्यु भएको हो । बिहीबार बेलुका ६ बजेको समयमा कपडा पेलेर रुवा बनाउन ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ मा पुगेका थियो । मेसिनमा कपडा पेल्ने क्रममा मेशिन पड्केर छर्राले […]
बिर्तामोड। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले झापा स्पोर्टस् अवार्ड’ तेस्रो संस्करणको मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ । ‘झापा स्पोर्टस् अवार्ड २०७५’ का लागि विभिन्न चार विधामा प्रत्येक विधाबाट तीनतीनजना प्रतिभा शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । जसअनुसार ‘झापा स्पोर्टस् अवार्ड २०७५’ को मनोनयनमा पर्न […]
विराटनगर । संविधान दिवसको अवसर पारेर प्रदेश १ सरकारले विशेष कार्यक्रम गरी मनाएको छ । संविधान दिवस मनाउने तीन दिने कार्य योजना अनुसार आज विराटनगरको शहीद रंगशालामा औपचारिक कार्यक्रम गरियो । कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले संविधानले व्यवस्था गरेको जनताका अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने चुनौती भएको बताए । ‘संविधान प्रदत्त जनताका हक अधिकारलाई व्यवहारमा रुपान्तरण गर्नु […]