Sajhamanch Archive

बोक्सी लागेको भन्दै युवतीलाई यातना दिएको आरोपमा दुई पक्राउ

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बोक्सी लागेको भन्दै युवतीलाई यातना दिएको आरोपमा दुई पक्राउ.

विर्तामोड। बोक्सीको आरोप लगाउदै यातना दिने दुई जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । झापाको अनारमनीमा बोक्सीको आरोपमा यातना दिने २ जनालाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय ४० वर्षीया कुमारी बुढाथोकि र ३१ वर्षीय दिनेश दर्जीले गत भदौ १९ गते राती पौने ११ बजे एक स्थानीय २२ वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै पून्यु तताएर […]

मजदुरले आफ्नै शरिरमा आगो लगाएर गरे आत्महत्या

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मजदुरले आफ्नै शरिरमा आगो लगाएर गरे आत्महत्या.

बिर्तामोड ।  झापाको अर्जुनधारा ६ मा रहेको फर्निचर उद्योगमा कार्यारत एकजना मजदुरले आफ्नै शरिरमा तारपिनको तेल र स्प्रिट खन्याई आगो लगाएर आत्महत्या गरेका छन् । भारतको पश्चिम बंगालस्थित पानीट्यांकी बस्ने बर्ष २३ का बिश्वनाथ बरमनले आफु कार्यारत फर्निचर उद्योगको ट्वाइलेटमा पसी आगो लगाई आत्महत्या गरेको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । प्रदिप गिरीले […]

सबैभन्दा बढी अपराध हुने जिल्ला : काठमाडौं पहिलो, मोरङ दोस्रो

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सबैभन्दा बढी अपराध हुने जिल्ला : काठमाडौं पहिलो, मोरङ दोस्रो.

काठमाडौ‌ं । मुलुककै सबैभन्दा बढी अपराध हुने जिल्लाको अग्रपंक्तिमा काठमाडौं देखिएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनले राजधानीमा सबैभन्दा बढी अपराध हुने गरेको देखाएको हो । विभागका एक अधिकृतका अनुसार आर्थिक वर्ष ०७५/७६ मा गरिएको वार्षिक अध्ययनमा काठमाडौंमा सबैभन्दा बढी ८ हजार ५ सय ५९ मुद्दा दर्ता भएका छन् । राजधानीपछि […]

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on उपनिर्वाचनका लागि दल दर्ता आह्वान.

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ का लागि तय स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो । आयोगले उप–निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ । यो अवधिमा दलको लेखापरीक्षणलगायतका आवश्यक […]

झापाली र्यापर ढुंगानाको नयाँ एल्बम

Published: in टिप्स/जानकारी, प्रदेश तह, समाज by . Leave a Comment on झापाली र्यापर ढुंगानाको नयाँ एल्बम.

विर्तामोड । र्यापर फरेन्द्र ढुंगानाले आप्नो नयाँ एल्वम ‘पूर्व’ सार्वजनिक गरेका छन् ।झापाली ढुंगानाले जम्मा पाँचवटा गीत समेटेर आप्नो नयाँ एल्बम ‘पूर्व’ बजारमा ल्याएका हुन् । उनको एल्बममा ब्रो ब्रो बढी भो, आइ डन्ट वाना फेल इन लभ, म्यासेज, खिच्चा र दुई दिमाग भन्ने गीतहरु समावेस गरिएका छन् । गायनको क्षेत्रमा फरक ढंगले पहिचान बनाउँदै […]

श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाइते

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाइते.

विराटनगर । श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाइते भएका छन ।मोरङको लेटाङ नगरपालिका– ४ मा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाइते भएका हुन। शुक्रबार साँझ ५ बजे समयमा बर्ष ५१ की मगमाया राईले घरायसी बिवाद हुँदा आफ्नै श्रीमान बर्ष ५१ को सुनबहादुर राईलाई खुकुरीले हात र खुट्टामा काटी घाइते बनाएकी हुन् । घाईते सुन बहादुरको स्थानिय मेडिकलमा […]

जंगली च्याउ खादा चारजना विरामी

Published: in प्रदेश तह, समाज by . Leave a Comment on जंगली च्याउ खादा चारजना विरामी.

ताप्लेजुङ । जंगली च्याउ खादा चारजना विरामी परेका छन । ताप्लेजुङको मेरिङदेन गाउँपालिका– २ सानथाक्रामा जंगली च्याउ खादा ४ जना विरामी भएका हुन । शुक्रबार बिहान साढे ८ बजेको समयमा घर नजिक रहेको उतिसको रुखमा रहेको जंगली च्याउ खाई बर्ष ५५ को पुर्ण बहादुर कामी, निजको श्रीमती बर्ष ५३की दिलमाया कामी, निजको छोरा बर्ष १८ […]

एक नम्बर प्रदेशका मुख्यमन्त्रिबाट आफनै सरकारको आलोचना

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एक नम्बर प्रदेशका मुख्यमन्त्रिबाट आफनै सरकारको आलोचना.

विराटनगर । एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले भाषण र बैठकहरुमा बोल्दै आएपनि प्रदेशमा शुसासनको अवस्था गन्जागोल रहेको बताउदै आफैले आफनो सरकारको आलोचना गरेका छन । आज एक नम्बर प्रदेश सभाको शुसासन तथा योजना समितिले आयोजना गरेको अन्र्तक्रियामा बोल्दै मुख्य मन्त्री राईले बोल्ने शैलीमा भ्रष्टचार र अनियमिता अन्त भएपनि व्यवहारको शैलीमा तालमेल मिल्न नसकेको […]

प्रदेश १ मा कर्मचारी भर्नाको बाटो खुल्यो

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ मा कर्मचारी भर्नाको बाटो खुल्यो.

विराटनगर ।  प्रदेशमा कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ। मंगलबार प्रदेश १ सभाबाट प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक बहुमतले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत साउन ५ गते प्रदेशसभामा उक्त विधेयक पेश भएको थियो। उक्त विधेयक सुशासन समितिमा भएको छलफलपछि पारित भएको हो। लोकसेवा आयोग ३ सदस्यीय हुनुपर्ने प्रावधानमा समाजवादी […]

प्रदेश १ काे सार्वजनिक लेखा समिति रकमान्तर भएकाे २ अर्ब ४४ करोडकाे हिसाब खोज्दै

Published: in अर्थतन्त्र, प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ काे सार्वजनिक लेखा समिति रकमान्तर भएकाे २ अर्ब ४४ करोडकाे हिसाब खोज्दै.

माेरङ । सार्वजनिक लेखा समितिले प्रदेश सरकारले रकमान्तर गरी गरेको खर्चको हिसाब खोज्न थालेको छ । रकमान्तर गरेर ठूलो रकम खर्च गरेको आरोप लागेपछि समितिले त्यसबारेमा सोधिखोजी गरेको हो । सार्वजनिक लेखा समितिका सभापति शिवनारायण गन्गाईको सभापतित्वमा बसेको बैठकले प्रदेश सरकारले गरेको रकमान्तरको बारेमा मन्त्रालयगत रुपमा सचिवहरुबाट विस्तृत जानकारी लिने निर्णय गरेको छ । रकमान्तरको […]