इनरुवा । कोशीबाट पीडित भएकाहरुले क्षतिपूर्तिको माग गर्दै ११ दिनदेखि कोशी ब्यारेजमा अनशन जारी राखेका छन् । कोशी नदी कटान डुबान संघर्ष समितिले आफ्ना तीन सूत्रीय माग राख्दै कोशी ब्यारेजमा रिले अनशन जारी राखेको संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीले बताए । कोशी ब्यारेज निर्माण भएका बेला सन् १९५४ मा भारत र नेपाल सरकारका प्रतिनिधिबीच भएको […]
ताप्लेजुङ । ताप्लेजुङबाट झण्डै ५ सय मेगावाट बिजुली उत्पादन गर्नको लागि विभिन्न आयोजनाहरुले काम सुरु गरेका छन् । केही आयोजना उत्पादनको अन्तिम तयारीमा छन् । केही आयोजनाबाट उत्पादन सुरु भएका छन् । हिमाली जिल्ला ताप्लेजुङ विद्युत हव नै बन्दै गएको छ । भदौ महिना भित्र नै ३५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको छ […]
तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका वडा नं.२ शेर्मा स्थित मध्य पहाडी राजमार्गमा लेन्डरोभर दुर्घटना हुदा ११ जना घाईते भएका छन् । सोमबार सम्दुबाट म्याङलुङतर्फ आउदै गरेको स १ ज २७२ नम्बरको लेन्डरोभर अनियन्त्रीत भई सडकबाट १० मिटर तल खस्दा ११ जना घाईते भएका हुन् । घाईते हुनेहरुमा तेह्रथुमको फेदाप गाउँपालिका वडा नं. ४ बस्ने ४० […]
विराटनगर । प्रदेश १ को प्रदेशसभाले प्रदेश भवन निर्माणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ । आज बसेको प्रदेश सभाको ३९औँ बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । यसअघि उक्त विधेयक दफावार छलफलको लागि प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा गएको थियो । समितिले आइतबारको प्रदेशसभा बैठकमा प्रतिवेदन प्रस्तुत गरिसकेको थियो । […]
विराटनगर । प्रादेशिक संरचनाले पूर्णता नपाइरहेको अवस्थामा १ नम्बर प्रदेश सरकारविरुद्ध अदालतमा मुद्दाको चाप बढेको छ । जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै प्रदेश सरकारलाई विपक्षी बनाएर उच्च अदालत विराटनगरमा मुद्दा दायर हुँदै आएको छ । डेढ वर्षको अवधिमा प्रदेश सरकार र त्यसमातहतका स्थानीय तहविरुद्ध ३९ वटा मुद्दा परेका उच्च अदालतले जनाएको छ । तीमध्ये आठ […]
काठमाडौं। विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्न तयार पारिएको डीपीआर संघीय सरकारले अस्वीकृत गरेपछि प्रदेश नं १ का पर्यटन व्यवसायी अन्दोलित भएका छन् । विराटनगर विमानस्थललाई क्षेत्रीय–अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन यो क्षेत्रका उद्योगी व्यवसायी र पर्यटन व्यवसायीले डेढ दशकभन्दा लामो समयदेखि माग गर्दै आएका थिए । प्रदेश सरकारले समेत यस विमानस्थलाई उच्च प्राथमिकतामा राखेको थियो । […]
कमल । कमल नगर जेसीजको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानमा ३० जना बढीले रगतदान गरेका छन् ।रक्तदानमा नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्राविधिक सहयोगमा कमल नगर जेसीजले जनाएको छ । कार्यक्रमको संयोजक विष्णुभक्त लामिछाने, प्रमुख अतिथि कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगालले केक काटेर संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन […]
बिराटनगर । एक नम्बर प्रदेशका बिभिन्न जिल्लामा शनिबार पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन । मोरङको रतुवामाई नगरपालिका वडा नं.७ सिँजुवा बस्ने शिव मुखीयाको १० वर्षिय छोरा आकाश मुखीयाको खोलामा डुबेर मृत्यु भएको छ । प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा उनि राती ९ बजे रतुवा खोला किनारमा मृत […]
बिर्तामोड । लिम्बुवानवादी पार्टीका नेताले प्रदेश १ को नामाकरण गर्दा ऐतिहासिकता र पहिचानलाई ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । शनिबार झापाको बिर्तामोडमा भएको छलफलमा लिम्बुवानवादी पार्टीका नेताहरुले ऐतिहासिकता र पहिचान जोडिएको नामले मात्र प्रदेश १ बासीलाई अपनत्वको अनुभूति हुने बताए । १ नं. प्रदेशको ऐतिहासिकता, भूगोल, भाषा, धर्म, पहिचानलाई आधार मान्दै प्रदेशका अल्पसंख्यक […]
कनकाई । आदिवासी जनजाति महासंघ झापा तथा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुले प्रदेश १ को नामाकरण गर्दा सबै पक्षको सहभागितामा सम्वाद र सहमतिबाट प्रदेशको नाम टुंगो लगाउन सुझाव दिएका छन् । आज सुरुङ्गामा भएको छलफलमा सहभागीहरुले प्रदेश १ को ऐतिहासिकता, भूगोल, भाषा, धर्म, पहिचान तथा आइएलओ १६९ ले दिएका अधिकारलाई मनन गरी सबैको सम्मान, पहिचान र […]