Sajhamanch Archive

लागुऔषधसहित उदयपुरमा दुई जना पक्राउ

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on लागुऔषधसहित उदयपुरमा दुई जना पक्राउ.

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ६ लालपत्तामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय मुकेशकुमार यादव र २३ वर्षीय रमेशकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको […]

बुद्धशान्तिकी दिलमाया छमछमीको ११ स्थानमा , भोटको अपिल

Published: (Updated: ) in टिप्स/जानकारी, प्रदेश तह by . Leave a Comment on बुद्धशान्तिकी दिलमाया छमछमीको ११ स्थानमा , भोटको अपिल.

बुद्धशान्ति । झापा बुद्धशान्ति–४ की दिलमाया लिम्बु रियो छमछमी नृत्य प्रतियोगीताको टप ११ मा छनौट भएकी छिन् । प्रदेश एकबाट एकमात्र प्रतियोगिको रुपमा उनी टप १२ बाट टप ११ मा आएकि छिन् । उनले सर्बाधिक मत ल्याउँदै उत्कृष्ट ११ मा आउन सफल भएको दिलमाया जिताउँ अभियानकर्ता तथा गायक सत्य प्रकाश लिम्बुले बताए । त्यसैले उत्कृष्ट […]

वडा सदस्यका छोरा घुससहित रंगेहात पक्राउ

Published: in प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on वडा सदस्यका छोरा घुससहित रंगेहात पक्राउ.

जनकपुरधाम  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको भंगाहा नगरपालिका-८ का वडा सदस्य कारी साहका छोरा मुकेशलाई एक लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गर्दा मुकेश पक्राउ परेका हुन्। वडाध्यक्ष मो रफिक आलमसँग मिलेर वडा सदस्य कारीले छोरा मुकेशलाई […]

प्रदेश १ मा साउन २७ गते सार्वजनिक विदा छैन

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ मा साउन २७ गते सार्वजनिक विदा छैन.

झापा । भोलि साउन २७ गते, मुसलमान समुदायको पर्व इद–उल–अजाह । प्रदेश २ र प्रदेश ५ सरकारले सार्वजनिक विदा दिए पनि प्रदेश १ मा विदा दिइएको छैन । विभिन्न स्कूल, क्याम्पस, स्थानीय तहले विदा दिएको सूचना सामाजिक सञ्जालमा आएका छन् । केही न्यूजपोर्टलमा पनि सार्वजनिक विदा भनी समाचार आएपछि प्रदेश १ का आन्तरिक मामिला तथा […]

पाथीभरा गोल्डकपको तयारी तिव्र

Published: in खेलकुद, प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on पाथीभरा गोल्डकपको तयारी तिव्र.

ताप्लेजुङ । सदरमुकाम फुङलिङमा सञ्चालन हुन लागेको चौथो संस्करणको पाथीभरा गोल्डकपको तीव्र तयारी भइरहेको छ। साउन ३० देखि भदौ ६ सम्म सञ्चालन हुने प्रतियोगितामा दर्शकका लागि बाँसको प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। सात हजार दर्शक अटाउन सक्ने क्षमताको प्याराफिट निर्माण भैरहेको आयोजक लाखेजात्रा सञ्चालन समितिका सचिव लक्ष्मी काफ्लेले जानकारी दिए। मैदानमा […]

जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई करको करकर

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई करको करकर.

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६र७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा चटपटे बिक्री गर्नेलाई ७५ रुपैयाँ कर तोकिएको छ । अनुसूची– ८ (दफा ९ सँग सम्बन्धित) बहाल विटौरी […]

प्रदेश १ का विभिन्न सहर जोड्ने गरी विद्युतीय बस सञ्चालनको तयारी सुरु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ का विभिन्न सहर जोड्ने गरी विद्युतीय बस सञ्चालनको तयारी सुरु.

विराटनगर। झापाको काँकडभिट्टा र दमक सहितका प्रदेश १ का विभिन्न सहर जोड्ने गरी विद्युतीय बस सञ्चालनको तयारी सुरु भएको छ । प्रदेश १ सरकारको समन्वयमा निजी क्षेत्रले विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको हो । बस सञ्चालन गर्नेबारे निजी क्षेत्रले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रह समेत गरेको छ । प्रदेश सरकारको समन्वयमा झापा, […]

पाँचथरमा पनि डेंगु भेटियो

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाँचथरमा पनि डेंगु भेटियो.

पाँचथर। सुनसरीको धरान लगायतका विभिन्न ठाँउमा फैलीएको डेंगु रोगका विरामी पहाडी जिल्ला पा“चथरमा समेत देखिएका छन् । पछिल्लो हप्ता जिल्ला अस्पताल फिदिममा उपचारका लागि आएका विरामी मध्ये ५ जनामा डेंगुको संक्रमण देखिएको हो । पाँचथरमा पनि रोग भेटिएको पुष्टि भएको पाँचथर जिल्ला अस्पलतालको निमित्त प्रमुख डा. मुकेश कुमार झाले जानकारी दिए । पाँचथर अस्पतालमा विरामी […]

‘कालो दिन’ भन्दै पूर्वका नौ जिल्ला बन्दको आब्हान

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘कालो दिन’ भन्दै पूर्वका नौ जिल्ला बन्दको आब्हान.

बिर्तामोड। राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । वन्दको प्रभाव बिहानैबाट परेको छ । परिषदको बन्दका कारण पूर्वका ताप्लेजुङ पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात र बजार ठप्प रहेका छन् । प्रेस, कूटनीतिक नियोगका गाडी, […]

एकै परिवारमा सात जनामा डेङ्गुको सङ्क्रमण

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on एकै परिवारमा सात जनामा डेङ्गुको सङ्क्रमण.

सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ […]