पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा […]
बुद्धशान्ति । प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की झापाको बुद्धशान्तिमा सोमबार अभिनन्दित भएका छन् । उनलाई जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्र बुद्धशान्तिले अभिनन्दन गरेको हो । केन्द्रका अध्यक्ष लीलाशरण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा चताराधाममा सम्पन्न कुम्भ मेलामा सरकारका तर्फबाट कुम्भ मेलाको संयोजकको भूमिका निर्वाह गरेर महत्वपूर्ण योगदान गरेको, राजनीतिक तथा […]
विराटनगर । प्रदेश १ को सरकारले समग्र कृषि क्षेत्रको प्रबर्धन र बजारीकरणका लागि कृषकहरुलाई २२ करोड ४० लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपन्छी व्यवसाय प्रबर्धन कार्यक्रम, मिल्क एनालाइजर वितरण कार्यक्रम र पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा आवद्ध कृषक, कृषक समूह, सहकारी, व्यवसायी फर्मलाई ७० प्रतिशतसम्म […]
काठमाडौं । प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको सुचनामा सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाको अतिरिक्त प्रदेश सरकारले आ आफ्नो प्रदेशमा प्रचलित धर्म, […]
प्रदेश १ सरकारले बजेट अधिवेशनमा तीन वटा विद्येयक ल्याउने तयारी गरेको छ । प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोक सेवा आयोग, प्रदेश निजामती विद्येयक र क्षमता विकास प्रतिष्ठान विद्येयक ल्याउने तयारी गरिएको जानकारी दिए । प्रदेश १ का प्रादेशिक कार्यालयमा २ हजार ४ सय कर्मचारीको दरबन्दी छ । तर, १ हजार ५ सय मात्रै कार्यरत […]
झापा । झापाका जनप्रतिनिधिहरुले संसदबाट विनियोजित बजेटलाई व्यवहारिक कार्यान्वयन गर्न थालेका छन् । आज वैशाख ३० गतेमात्र क्षेत्र नं. ३ का प्रदेशसभा सदस्य बसन्त बानियाँले क्षेत्र पूर्वाधार कोषबाट विनियोजन गरेको १९ लाख रुपैयाँले भद्रपुर ४ मा सडक निर्माणको शिलान्यास गरिएको छ । भद्रपुर ४ को मन्त्रीचोक (साविक महेशपुर) बाट ज्ञानेचोक (साविक पृथ्वीनगर) जोड्ने सडक निर्माणको […]
हेटौंडा । प्रदेशको राजधानी र नामकरणको विषय नटुङ्ग्याएसम्म संसद चल्न नदिने भन्दै नेपाली कांग्रेसले ३ नम्बर प्रदेशसभा अवरुद्ध गरेको छ। यसअघि हिउँदे अधिवेशनमा राजधानीको विषयले प्रवेश पाउने भनिए तापनि प्रवेश नपाउँदा प्रमुख प्रतिपक्षी दल आक्रामक बनेको हो। दलका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेपछि संसद अवरुद्ध भएको हो। यस अघि सरकारका तर्फबाट संसदीय दलका उपनेता तथा […]
धनकुटा । प्रदेश १ का मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले हिजो सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री राईले अबको निकास आर्थिक विकास भएकोले विकासको नयाँ मोडल आवश्यक रहेको बताए । स्थायी राजधानीको माग गरिरहेको धनकुटामा केही दिन पहिले प्रदेश सरकारले मुख्यमन्त्रीको सम्पर्क […]
धनकुटा । धनकुटाबासी धनकुटालाई प्रदेश एकको राजधानी नबनाएको भन्दै आन्दोलित भएका छन् । धनकुटाको अस्तित्त्व, पहिचान र इतिहासलाई समाप्त पार्ने कार्य भएको भन्दै धनकुटाबासी आन्दोलित बनेका हुन् । धनकुटालाई प्रदेश राजधानी बनाइनुपर्ने माग राख्दै विगतदेखि आन्दोलन गरिँदै आएको थियो । तर, हिजो मात्र विराटनगरलाई स्थायी राजधानीको घोषणा गरिएपछि धनकुटालाई उपेक्षा गरिएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका […]
विराटनगर । प्रदेशसभा गठनको १६ महिनापछि प्रदेश १ को राजधानी टुंगो लागे पनि नाम भने सभाले टुंग्याउन सकेको छैन । प्रदेशसभाको सोमबारको बैठकले विराटनगरलाई स्थायी राजधानी घोषणा गरेको हो । सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक साँझ ६ बजेपछि सुरु भएको थियो । विराटनगरलाई स्थायी साजधानी तोक्नेसम्बन्धी प्रस्ताव सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले […]