Sajhamanch Archive

चतरामा विपद पूर्वअभ्यास, मन्त्री कार्की भन्छन्ः विपत देख्नेहरु उद्धारमा लाग्न छाडेर सामाजिक सञ्जालमा गाली गर्न थाल्छन्

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चतरामा विपद पूर्वअभ्यास, मन्त्री कार्की भन्छन्ः विपत देख्नेहरु उद्धारमा लाग्न छाडेर सामाजिक सञ्जालमा गाली गर्न थाल्छन्.

सुनसरी । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद हुनपूर्व नै नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि जोखिम क्षेत्रको नक्साङ्कनको काम अन्तिम चरणमा पुर्याएको बताएका छन् । बिहीबार सुनसरीको चतरामा आयोजित विपदका समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा मन्त्री कार्कीले सधैँको वर्षा पछि आउने समस्यालाई समाधान गर्नका लागि सरकारले बजेटको व्यवस्थापन […]

झापामा बाढीको वितण्डा सुरु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापामा बाढीको वितण्डा सुरु.

चाँजु खोलाले सुँगुरको खोर बगायो, बनियानीले गौरीगञ्ज १ बस्तीहरु डुबानमा दमक । गएराति देखिको भारी वर्षाका कारण झापाको कमल गाउँपालिका ५ स्थित चाँजु खोलामा आएको बाढीले सुँगुरका दुईवटा खोर बगाएको छ भने करिब आधा दर्जन घर कटानको उच्च जोखिममा परेका छन् । स्थानीय सुँगुरपालक दुईजना किसानहरु घनश्याम धिमाल र धनमाया तामाङले बनाएका दुईवटा खोर बगाएको […]

प्रदेश सहकारी मन्त्रालयको चासो : सहकारी अभियानमा तपाईंका समस्या के छन् ?

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on प्रदेश सहकारी मन्त्रालयको चासो : सहकारी अभियानमा तपाईंका समस्या के छन् ?.

झापा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रदेश १ को आयोजनामा आज झापाका अभियन्तासँग सहकारी क्षेत्रका समस्याका बारेमा अन्तरक्रिया गर्दै जानकारी आदान प्रदान गरिएको छ । मन्त्रालयले झापाको बिर्तामोडमा आयोजना गरेको ‘झापा जिल्लाका सहकारी संघ–संस्था तथा सहकारी अभियानसँगको अन्तरक्रिया’ मार्फत् जिल्लामा सहकारी संस्थाहरुको समस्याका बारेमा जानकारी लिएको हो । झापा जिल्ला सहकारी संघ […]

अर्थमन्त्रीको राजीनामा माग्दै मोरङका उद्योगी र मजदूर सडकमा

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on अर्थमन्त्रीको राजीनामा माग्दै मोरङका उद्योगी र मजदूर सडकमा.

विराटनगर । मोरङका उद्योगी र मजदूरले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । स्यानेटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित स्टील उद्योगको संरक्षणको माग गर्दै बिहीबार प्रदर्शन गरेका उद्योगी र मजदूरहरुले शर्माको राजीनामा माग गरेका हुन् । यसअघि उद्योगीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर भन्सार नीति परिवर्तन गर्न आग्रह गरेका थिए । शर्माले आश्वासन […]

प्रदेश नं १ का दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग

Published: (Updated: ) in प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश नं १ का दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग.

कमल । प्रदेश नं १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तहअनुसारको दज्र्यानी चिह्न अङ्कित पोशाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग पेश गरेका छन् । आगो नियन्त्रणमा खटिनुपर्ने जस्तो जोखिमपूर्ण जिम्मेवारी भएका अग्नि नियन्त्रक तथा दमकल चालकको समस्याबारे स्थानीय पालिका उदासिन भएपछि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ज्ञापनपत्र […]

विराटनगर विमानस्थल पीडितद्वारा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विराटनगर विमानस्थल पीडितद्वारा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन.

विराटनगर । विराटनगर– ४ का विमानस्थल प्रभावित साढे तीन सय परिवार मुआब्जा वा जग्गा फुकुवाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री कार्यलय अगाडि केहीबेर धर्ना दिएर सडक आन्दोलन गरेका हुन् । उनीहरुले मुख्यमन्त्री राजेन्द्र राई र प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहाललाई ज्ञापनपत्र बुझाउँदै एकसाता भित्रमा मुआब्जाको व्यवस्था […]

संखुवासभाको बरुण कलेज सूर्योदय क्विज सिजन–६ को विजेता

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on संखुवासभाको बरुण कलेज सूर्योदय क्विज सिजन–६ को विजेता.

बिर्तामोड । संखुवासभाको खाँदबारीमा रहेको वरुण मल्टिपल कलेज प्रदेश स्तरीय सूर्योदय क्विज सिजन–६ को विजेता बनेको छ । जनता मल्टिपल कलेज इटहरीलाई पछि पार्दै वरुण मल्टिपल कलेज खाँदबारी क्विज च्याम्पियन बनेको हो । सिजनको फाइनल राउन्ड निकै रोचक भएको थियो । फाइनलमा वरुण र जनता मल्टिपल कलेजबिच ट्राइबे्रकर पछि वरुण मल्टिपल कलेजले उपाधि हात पारेको […]

मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन.

झापा । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको थियो । […]

साकेला सिलि समापन कार्यक्रममा सामाजिक विकास मन्त्री राई शनिबार झापा आउदै

Published: in प्रदेश तह, लोकप्रिय, समाज by . Leave a Comment on साकेला सिलि समापन कार्यक्रममा सामाजिक विकास मन्त्री राई शनिबार झापा आउदै.

दमक । किरात राई यायोक्खा जिल्ला कार्यसमिति झापाको आयोजनामा हुने साकेला सिलि समापन कार्यक्रमलाई सम्बोधन गर्न प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राई २१ गते शनिबार झापा आउने भएका छन् । किरात राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताए अनुसार कमल गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा रहेको सितापुरी साकेला चौक […]

परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी झापाका पत्रकारसँग अन्तरक्रिया

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज by . Leave a Comment on परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी झापाका पत्रकारसँग अन्तरक्रिया.

विर्तामोड । वुद्ध हेल्थ प्रोमोशन एण्ड एजुकेशन सेन्टर राजविराज सप्तरीले स्वास्थ्य कार्यालय झापाको सहयोगमा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी अन्तरक्रिया कार्यक्रम विर्तामोडमा सम्पन्न गरेको छ । सञ्चार माध्यमहरु मार्फत जनचेतना अभिबृद्धि गर्न सरोकारवालाहरुसँग समन्वय गर्दै उपलब्ध स्वास्थ्य सेवा प्रयोग गरी परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु मातृ, मुत्युदर, शिशु मृत्युदर, बालमृत्युदर […]